पोयमाण्डुको २५ औं संस्करण राजधानीको नेपाल भारत लाइब्रेरीमा सम्पन्न

राजधानी/भारतीय राजदुतावास, बीपी कोइराला भारत–नेपाल फाउन्डेशनको आयोजनामा नेपाल भारत लाइब्रेरी न्यूरोडमा शुक्रबार पोयमाण्डुको २५ औं संस्करण सम्पन्न भएको छ ।
सम्पन्न पोमाण्डुको २५ औं संस्करणमा अतिथि हुनुहुन्थ्यो प्रदिप गिरी । नेपाली कााग्रेसका प्रखर व्यक्तित्व, लेखक एवम् चिन्तक प्रदीप गिरीले प्रारम्भमै भन्नुभयो बीपी कोइराला सेक्सपियर र ब्लेकको प्रशंसक
हुनुहुन्थ्यो । गिरीले त्यति भनिसकेपछि बीपी कोइराला भारत नेपाल फाउन्डेशनका सचिव अभयकुमारले पोयमाण्डुको २५ औं संस्करणमा भाग लिन आउनु भएका दिनेश अधिकारी, डा. गार्गी शर्मा, डा. ज्ञान पाण्डेय, अशेष मल्ल, डा. उषा ठाकुर, चिराग वाग्लेलाई हार्दिकतापूर्वक स्वागत गर्नुभएको थियो भने त्जभ कभमगअतष्यल या म्भजिष् पुस्तक भित्रका केही कविताहरु सुनाउनु भएको थियो । उहााले भन्नुभयो, पोयमाण्डुले तेस्रो बर्षमा आफ्नो कदम बढाएको छ । हामी २५ औं संस्करणमा आउनु तपाईहरु सबैको अमूल्य सहभागिता नै हो ।
कार्यक्रमका प्रमुख अतिथि एवम् नेपाली कााग्रेसका विद्वान विश्लेषक प्रदीप गिरीले नेपालका विख्यात कविहरुद्वारा लेखिएका कविता सुन्न पाउादा अत्यन्तै गौरव लागेको र आफू २५ औं संस्करणमा आउन पाउादा खुशी लागेको छ । पोयमाण्डु तेस्रो बर्षमा प्रवेश गरेको श्रेय म बीपी कोइराला
भारत–नेपाल फाउन्डेशनका सचिव अभयकुमारलाई बधाई दिन्छु । गिरीले भन्नुभयो कविताको सन्दर्भमा म स्वयम् एउटा लेखक पाठक जस्तै भएा । एउटा राजनैतिक व्यक्तिका रुपमा मैले विश्वेश्वरप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराईको अत्यन्तै नजिक भएर बसें । दुवैजना जेलको चार दिवारीभित्र बसेर लेख्ने काम गर्नुभएको थियो । म अहिले पनि विलियम सेक्सपियर र विलियम ब्लेक पढ्नेलाई बीपीले स्नेह गरेको सम्झन्छु । यस अवसरमा म म अभयकुमारलाई बधाई दिन्छु र कविता दिल्लीको लालचपन जुन हालसालै प्रकाशित भएकोमा बधाई दिन चाहन्छु ।

तपाईको प्रतिक्रिया