महिला संघको पदस्थापना

धरान/नेपाल महिला संघ सुनसरी क्षेत्र नं. १ क्षेत्रीय समितिको पदस्थापना कार्यक्रम सम्पन्न भएके छ ।
नेपाल महिला संघको विधान र नियमावली अनुसार पौष ३ गते सम्पन्न क्षेत्रीय अधिवेशनले अधयक्षमा नेत्रकुमारी राई, उपाध्यक्षमा रत्न सुब्बा, सचिवमा अनिता राई (लिम्बु), कोषाध्क्षमा सरस्वती बराइली तथा सदस्यहरुमा निर्मला नेपाल, लेखादेवी लिथेप, उषा श्रेष्ठ, चित्रकुमारी राई, हेमकुमारी विकलाई आगामी चरा बर्षे कार्यकालका लागि निर्वाचित गरेको थियो ।
सो अवसरमा पूर्व महासमिति सदस्य गिरिराज आचार्य, क्षेीय सचिव सुजेन्द्र गोले, महाधिवेशन प्रतिनिधि श्यामा रेग्मी, नेपाल महिला संघ सुनसरी सभापति विजया कटुवाल, नेपाली कााग्रेसकी केन्द्रीय सदस्य मिना सुब्बा, उर्भिला प्रधान, नेपाली कााग्र्ेस धरान नगर सभापति किशोर राई, नेपाली कांग्रेस सुनसरीका सह सचिव विकास आचर्या, पूर्व क्षेत्रीय अध्यक्ष हेमलाल सुब्बा र नेपाल महिला संघ सुनसरी क्षेत्र नं. ६ की क्षेत्रीय सभापति कल्पना कार्कीले शुभकामना मन्तव्य दिनुभएको थियो ।

तपाईको प्रतिक्रिया