भारतको विदेश सचिवमा जयसशंर नियुक्त

भारत सरकारले गत बुधबारदेखि लागू हुने गरी भारतको विदेश सचिवमा सुव्रमन्यम जयशंकरलाई नियुक्त गरेको
छ ।
पूर्ववर्ती विदेश सचिवललाई हाटाएर भारत सरकारले जयशंकरलाई विदेश सचिव नियुक्त गरेको हो । नेपाल मामला सम्बन्धी जानकार समेत मानिनु हुने जयशंकर परमाणु कुटनीतिज्ञ समेत हुनुहुन्छ । भारत र अमेरिकाबीचको परमाणु सम्झौताका उहाा चर्चामा हुनुहुन्थ्यो ।
सन् १९७७ मा विदेश सेवामा प्रवेश गर्नुभएका जयशंकर न्युक्लियर डिप्लोम्याटको उपनामले चिनिनु हुन्छ । उहााले सन् २००९ मा भारत
अमेरिकाबीच आणविक सम्झौता हुादा अत्यन्तै महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । जवाहरलाल विश्व विद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा अध्ययन गर्नुभएका जयशंकरले परमाणु कुटनीतिमै विद्यावारिधी गर्नुभएको छ । उहाा भारतको विदेश सचिवमा नियुक्त हनु भन्दा पहिला अर्थात सन् २०१३ देखि अमेरिकाका लागि भारतीय राजदुत हुनुुन्थ्यो । २६ जनवारी सन् २०१५ अर्थात
भारतको ६६ आंै गणतन्त्र दिवसका अवसरमा अमेरिकी राष्ट्रपति वाराक ओवामालाई प्रमुख अतिथिका रुपमा भारत ल्याउने कार्यमा समेत उहाा संलग्न हुनुहुन्थ्यो । उहाा चीनको सबैभन्दा लामो समयसम्म भारतीय राजदुत समेत रहनुभयो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बन्नासाथ जयशंकरलाई विदेश सचिवमा ल्याउने चाहना राख्नुभएको थियो ।
जयशंकरको कामबाट मोदी प्रभावित बन्नुभएको भारतका विभिन्न सञ्चारमाध्यमहरुले जनाएका छन् ।

तपाईको प्रतिक्रिया