समयममै पुल नबन्दा स्थानीयहरुलाई सास्ती

धरान÷धरान ५ देउराली र धरानका मुख्य बजार जोड्न् पुल चार बर्षसम्म पनि नबन्दा स्थानीयहरुले सास्ती भोग्नुपरेको छ ।
सात कारोड ५० लाख रुपैयाू लागत स्टिमेटको धरान(५ मा पर्ने अँधेरी खोला शुरु भएको पुल २५ चार बर्षमा २५ प्रतिशत पनि बन्न नसक्दा सुविधा सम्पन्न नगरपालिकाको वडा नं. ५ देउराली धरानबाट अलग्एिको आवास हुने गरेको छ । सुनसरी(मोरङ पुल आयोजनासँग गरेको सम्झौताअनुसार दुई वर्षमा पुल निर्माण गरिसक्नु पर्नेमा सो पुल ०७४ कार्तिकमा सञ्जिवनी एच के विलव्डर्ठ जेभी कम्पनीले दुई बषभित्रमा निर्माण सम्पन्न गर्ने सम्झोता थियो ।
नेपाल सरकारको भौतिक पूर्वाधार निर्माण मन्त्रालयको बजेटमा निर्माण हुने सो पुलको लम्बाई १ सय २५ मिटर र चौडाई ११ मिनटर रहेको छ । ०७६ साल असार २५ गतेसम्म निर्माण गर्ने भनिएको सो पुलको काम २५ प्रतिशत समेत काम नसकिदा बर्षादको समयमा सर्वसाधारणले हैरानी व्यहोर्नु परेको छ ।्
समयमै पुल निर्माण नहुदा धरान बजारसम्म आउने ४ किमी दूरीको बाटो घुरेर धरान १५ बगरकोटको पुल तरेर करिब १० किमीको बाटो तय गर्नुपर्ने बाध्यता भएको स्थानीय आकाश लिम्बु बताउनुहुन्छ ।
पुल निर्माण सहजीकरण समन्वय समितिका संयोजक पदम कार्कीले ठेकेदार सम्पर्कविहीन बताउनुभयो् । मयमै पुल नबन्दा खोलामा आएको बाढीका कारण सबैभन्दा बढी प्रभावित विद्यालय जाने बालबालिका मार्कामा परेकोको मात्र हैन धरानका सर्वसाधारणमात्र हैन मोरङका केराबारी, याङशिला लगायतका सर्वसाधारणलाई धरान आवातजावतमा समस्या हुने गरेको कार्कीले
बताउनुभयो ।
पटक पटक सम्झौता गर्दै अलपत्र पारेर छाड्ने काम भएको स्थानीय बसन्त राईले बताउनुभयो । उहाले पुल निर्माण नहुदा समस्या भएको बताउनुभयो ।
ठेक्का लिएका ठेकेदार हसमुल मन्सुरी मिया अहिले इनरुवामा बस्नुहुन्छ यस विषयमा उहासंगको सम्पर्कमा कोरानाको संक्रमणका कारण ठेकेदार कम्पनीले पुल निर्माण नगर्नु भनेकाले समयमै पुल निर्माण हुन नसकेको बताउनुभयो ।
सुविधान सम्पन्न धरान उपमहानगरपालिकाको बर्षादको समयमा पुल निर्माण नहुदा एक ठाउबाट अर्को स्थानमा पुग्न जटिल हुन्छ भने दुर्गम पहाडी क्षेत्रको अवस्था कस्तो होला भन्ने कुरा सहजै अनुमान गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया