किन उफ्रिया होलान् ठेट्नाहरु ?
सत्तासीन कमाउन्सिटहरका ठेट्नाहरु दुई चरा दिनदेखि सर्वाङ्ग नांगो भएर सडकमा उफ्रिएको देख्दा घण्टाघरलाई ख्याल रमाइलो लाग्या छैन । किन त्यरी उप्रिया भनेर यसो गोजे कान थालेर सुन्या त मेरीवास्सै वातै कअर्को रै’छ । पर्धानमन्री खपैओलाई सत्ताबाट नि हँटाउने अनि अध्येक्षेबाट पनि मुन्ट्याउने भनेर कमाउनिस्टकै पार्टिभित्र ज्वारभाटा चलेसी’ जसरी भेनि खप्रओ चाहिन्छ भनेर ठेट्नाहरु सडकम आ’मका रै’छन् । सत्तामा बसेर खप्रओ दुनियाँ हँसाउने सडकमा उफ्रेर ठेट्नाहरुले हँसाउने । नेपालको कम्युनिस्ट राजमा जन्ताहरु पेट बाउडिउनज्याल हास्न पाउने पक्का देखिएको छ । जहिल्यै उल्टो उल्टो बोल्ने, भ्रष्ट र माफिया नदीभृंगीहरुलाइ दाया बाया राखेर बस्ने, एउटा छिमेकीले पिँधमा चाडी लगाएर उचालेको भरमा अर्को छिमेकीलाई धारे हात लगाएर बसी टिक्क नदिएसी अरु कमाउनिस्टहरुले खपैओको पर्धानमन्तरी र अध्येो खोस्न लाग्या सुइँको बेला बेलामा टिकी ट्याँसहरुबाट दिइने दान दक्षिणबाट पालिदै आएकाहरु पो सडकमा उपै्रmेका रै’छन । गोडादसेक ठेट्नाहरु जम्मा भएर खपैओ अको अनुहार सहितको व्यानर बोकेर माइतीघर मण्डलातिर उफ्रनेहरुको आफ्नै पीडा छ हजुर आफ्नै पीडा छ । कि कसो हौ ?
स्यालबहादुरको स्याल हुइøया“
आरजु मैया, बूढानिलकण्ठे निवासी स्यालबहादुर अस्तिका दिन आफ्नै पार्टीको भातृ संगठन नेपाल विद्यार्थी सघको दोहोलो काढेछन् । छायाँ प्रधानमन्तरी, पर्तिपक्षे दलको नेता, लाँग्रेसको सभापति समेत भइटोपल्या विचारा स्यालबहादुरका आँखा पनि बिेकामे भएछन् कि क्या हो ? नेविसंघले आयोजना गरेर कार्जेक्रममा भाषन गर्ने अनि नेविसंघ कहाँ छन् भनेर सुरुवालको इँजार चुडाउँला झै गरेर उफ्रनु त भएन नि । दायाँ बायाँ, अगाडि पछाडि सबैतिर नेविसंघ भए पनि विचराले नेविसंघ नै देखेनछन् । दृष्टि कमजोर भएर पनि न देख्या होलान् स्यालबहाुरले । उन्ले नेविसंघ कहाँ छ भनेर सोधछन् । आm्नै कोटको खल्तिभित्र नेविसंघलाई जाक्ने, निकाल्नु प¥यो भनेर भन अरुले खोस्दिन्छ कि भनेर ज्यान गए ननिकाल्ने । अनि कहाँ छ भनेर भाषन ठोक्ने ? स्यालबहादुुरले खल्तिबाट निकाल्ने छाटकाटै छैन । अब त उही लाँग्रेसको महाधिवेशन पछि नै निकाल्लान् ।
युवाहरुलाई विदेश पठाउने रे
हैन हौ हामकम्रो द ेशका शासकहरु एक एक गर्दै सबै खुस्कन थाले कि क्या हो ? अस्तिका दिन र अरथमन्तरीले भन्या अन्तर्राष्ट्रिय श्रम बजार खोलिदै गएकोले विदेश जान युवाहरलई प्रोत्साहन गर्ने रे । ुवाहरुे रेमिट्यान्स पठाएर चलखेल गरेर ढलीमली गर्दै बसेका अरथतथमन्तरीले कसरुी भन्न सकेका यवाहरलई विदेश पठाउँछाौ भनेर ? त लेखपालाको जतिको बुद्धि नभएका अरथ मन्तरी खातौडा रेमिट्यान्स घटेर मुलुक थला पर्न आँटेसीङ्घ यसो बँचे खुँचेका युाहरलई नि विदेशपठाउने भन्छन् । यही उद्योग धन्दा खोल्छौं, राृजगारी दिन्छौ त खतौडाले भनेको कहिल्यै सुनिएन । कोरोनाको यत्रामहामारी छ कुनै युवालाई नि श्रम गर्न बाहिर पठाउनु हुँदैन भन्नुपर्नेमा प्रोत्साहन गर्छौ रे । मुखाँ कुविन्डो खाँदिदिनु जस्तो ।
सिके राउतले जलाएछन्
स्वतन्त्र मधेश अभियान चलाउदै आएका डा. सिके राउतले अस्तिका दन जनकपुरमा माकुने, खप्रओ, प्रचण्डाउको पुत्लामा आँगो ठोसेछन् । अहिले जनमत पार्टीको संयोजक समेत रहेका राउतले नागरिकता विद्येयक समेत जलाएछन् । नागरिकता विद्य ेयक ल्याएर कमाउनिस्ट सरकारले मधेशका छोरी,बुहारीमाथि अन्याये गरे रे । चिरा पर्धानमन्तरीआmपै गलेर हैरान भएका छन् । एकातिर आफ्नो र अर्काको समेत गरी चार÷चार वटा किड्नी बोक् दाबोक्दालखतराान परेकाछन् । यही बेला उन्लाई अध्येक्षे र पर्धानमन्तरी हँटाउने चलखेल भा’छ । कमसेकम यस्ता बेलामा त पुत्ला सुत्ला नजलाई दिनु नि † त्यतिका पुत्लामा आगो ठोस्दा पनि नेपाल प्रहरी के भा’का हँ ? ट्वाँ परेर पर बसेर पो हेर्छन् । भमाभक निभाउनु पर्दैन ? अरु बेला त बडो फूर्तिफार्ती देखाउँथे । हुन त ओरालो लागेको मृगलाई गाईको बाच्छाले पनि लखेट्छ भन्थे ।
फोगटिया गनगने
धेरै बोल्ने तर केही लछारपाटो नलागाउने गनगने मने गगन थापाले अस्तिका दिन भन्या बूढा नेताहरुले अब सन्यास लिनुपर्छ र य ुवाहरुर्ल देश चलाउन दि नुपर्छ रे । हैन तिन्का दिमागका बल्ु ढिला भएको क्याहो ।? कस्लाई बुढा भन्या ? वित्यास पार्लान नि † बोल्दा थुतनो जोगाउनुपर्छ भन्ने
कुरा थाहा छैन ? जता गए पनि वेÏवाँकमा बोल्या छ, उफ्रिएको छ तर वरको सिन्को पर सार्ने होइन । एकपटक सत्ताको स्वाद चाखिसकेका गनगने कहिले आफू भन्दा अग्रजले छोड्देलान् र बुर्कुसी मारेर जाम्लाभनेर वकुल्लाले किनारमा बसेर माछो ढुकेझै ढुकेर बस्या छन् । उमरकै कारणले कसैले सत्ता छोड्छ ? अबुझ † उमर चढेकाहरुले अझ कति गरमला भन्ने छ । सात पुस्तालाई पुग्ने अकुत कमाउला भन्ने कत्रो चाहना छ । वित्थाँ सत्ता छोड न त भन्नु भएन नि † बूढाहरुले तै धर्म थामेर बस्या छन् । युवाहरु त सडलै भैसक्या कसलाई थाहा छैन ।
गोफ्लेको घोषणा
आएकै घझट्कामा ७० करोड आर्जन ग र्न सक्ने खुबी भएका गोफ्ले वास्कोटा आच्या गोकुल बास्केटाले नेकपाका अध्ेक्षे प्रचण्डाउ सिद्धिने घोषना गरेछन् । पार्टीभित्रको झिँना मसिना कुराहरुलाई पहाड बनाउने खुबी भएका गोÏलेले पहिला देखि नै खपओको मलद्वारलाई हरिद्वार देख्दै आएका थिए । त्सैले खप्रओको घर रुँगेर बसेका छन् । माने खप्रओको घर रेखदेख गव र्ने हेरालु । खप्रओपरी र अध्येक्षेबाट हँट्ने विवित्तिकै प्रचण्उलाई दशा लाग्छ रे । प्रचण्डाउ सिद्धिन्छन रे । अर्काको भविष्ये यतिविघ्न हेर्नेले आफ्नो भविष्यचाहिँ हेर्न भुसुक्कै विर्सेछन् । सत्तरी करोड भ्रष्टाचारमा जाकिँदा पदै चैट हन्छ भनेर तिन्लाई आफ्नै भविष्य थाहा रैन’छ । अरुको भविष्यको कुरा गर्दा अलिकति कुरीकुरी लाग्नुपर्ने हो । प्रचण्डाउबाट जंगलबाट आएका सिंह हुन् भन्ने कुरा विचारा गोÏलेलाई के थाहा ?
आफ्नै छोरी नक्कली
झालेमाले र जंगली जोडएर बन्या नेकपाभित्र यतिबेला दुई अध्येक्षेको न्वारान देखिको बललगाएर पिङ्ग मच्चाएका मच्चायै छन् । एएटा रोगी, पिलन्धरे, पद भनेसी चप्रासीको समेत नछोड्नेले अर्के जंंगलीलाई साइजमा ल्याउन महाभारत सच्चाएका मच्चाई छन् । उता जंगली पनि के कम यसपटक खुइल्याएरै छोड्ने् ध्याउन्मा लागेका छन । एउटाका अगिालले छाउरा सडकमा उफ्रन्दै हडेका छन् भने अर्काका अरिंगाले छाउरा पी बजाएर गाना बजानामा मस्त छन् । पिलन्धरे बाजे आफूलाई भारतले निकाल्न आँट्यो भनेर लम्पसारे राष्ट्रवादीको गुड्डी हाक्दैछन् । नेपाली एउटा उखान ्नै छोरी नक्कलीअनि गाउँका तन्नेरीर्ला दोष । आफू क्यै गर्न नसक्ने अनि अरुलाई दोष दिएर ठालुपल्टेर कतिञ्जेल झुक्याउने ? तर यपटक वारपारको फैसला भएरै छाड्ने भएछ । दुवै पक्षेका अरिंगाललाई बधाई ।
अन्तेमा
नेपालीमा एउटा उखान छ आफ्नै हात जगन्नाथ । वेइमानको हातमा ढुकुटीको चापीपुगेसी उसले अनेकौ वहानामा मु¥क्याउने, सोहर साहर पार्ने काम गर्ने नै भयो । अब हेरम न जन्ताको काम गर्छु, किासको काम गछृर्) भनेर स्थानीय,प्रदेश र संघमा निर्वाचित भएर गएका प्रतिनिधिहरु यतिबेला धमाधम आफ्नो सेवा सुविधा बढाउँदैछन् । हुन त हो पनि जन्ताको काम गरेर, देश विकास गरेर कोचाहिँ ठूला भएका छन र ? अहको पटककेह हो के हो ? बाचिन्छ कि मरिन्छ, हारिन्त कि जितिन्छ । केही टुंगो छैन । मौकामा यसो फाइदो लिन सकिएनभने जिन्दगीभरि पछुताउनु पर्छ । आखिरी ढुकुटीकोतालाबाजी आफ्नै हातमा छ । यतिबेला पनि अक्टेपस झै नसोहोरे पछि थकथपक मानेर पछुताउनबाहेक केही हुँदैन । त्यसैले तनै तहका भजन प्रतिनिधिहरु अकेपसझै सोहोरेका छन् सोहोरेका छन् ।
