धरान÷ धरानमा साहसिक खेल प्याग्लाइडिङको विकास गर्दे साहसिक पर्यटकीय क्षेत्र बनाउने धरान उपमहानरपालिकाको योजना भएपनि यसलाई व्यवस्थित गर्न नसक्दा अन्यौलमै रहेको छ ।
धरानमा दूईवटा कम्पनीले हालसम्म प्याराग्लाइडिङको उडान भरिरहेका छन् । धरान २० चिण्डे चाडा र धरान ४ बाट उडान गरिने गरिएको भएपनि दीर्घकालीन ल्याण्डडिङ साइड नहुदा प्याग्लाइडिङ सेवा प्रभावित हुदै आएको थियो । तर अहिले नेपाल प्याग्लाइडिङ एण्ड हेण्ड ग्लाइडिङ संघ प्रदेश नं. १ को पहलमा स्थानीय सरकार धरान उपमहानगरपालिका वडा नं. १ समिति, खेलसम्बद्ध विभिन्न व्यक्तित्वहरुको सामुहिक प्रयासमा प्याराग्लाइडिङको दीर्घकालीन ल्याण्डिङ स्थलको खोजी कार्यलाई तिब्रता दिएको छ । मन्त्रालयबाट एयर स्पेशको स्वीकृति समेत लिइसकेको संघले प्याराग्लाइडिङको लेन्डिङ साइडको पहिचान गरी स्थानीय, प्रदेश र संघमा पठाएको छ ।
विगतमा बुढासुब्बा प्राग्लाइडिङ र धरान स्काई एड्भान्चरले अस्थायी रुपमा उडान गरे पनि स्थायी रुपमा उडान र ल्याण्डिङ नहुदा समस्या रहेको थियो । धरान ४ गढी थुम्कीलाई टेकअफ ल्याण्ड निश्चित भइसकेको र अहिले ल्याडिङ साइडका लागि धरान १४ विजयपुरको बमधारा तल रहेको सेउती खोलाको छेउमा रहेको जग्गालाई पहिचान गरी सम्बन्धित निकायमा अनुरोधका लागि पठाइएको छ ।
०७२ सालमा अस्थायी रुपमा टेकअप र ल्याण्डिङ साइडमा राष्टिूय स्तरको प्याग्लाइडिङ प्रतियोगिता आयोजना गरिसकेको नेपाल प्याग्लाइडिङ एण्ड हेण्डि ग्लाइडिङ संघ प्रदेश नं. १ ले प्याराग्लाडिङ उडानका लागि दीर्घकालीन स्थानको खोजी गरेको संघ प्रदेश न.. १ का अध्यक्ष भुपाल राईले बताउनुभयो । विगतमा धरान २० चिण्डे डाडा र धरान ४ गढी थुम्कीलाई उडान स्थल बनाएका उनीहरुले धरान १७ एन्फा एकाडेमीको खेल मैदान र धरान १४ मा रहेको बुढासुब्बा मन्दिर छेउमा रहेको फुटबल मैदानलाई ल्याण्डिङ साइडलाई प्रयोग गरेका थिए । धरान ४ गढी थुम्की टेकअपका लागि प्रयोग गरिने निश्चित भएपनि ल्याण्डिङ साइडका लागि समस्या भएको थियो । धरान १४ को यो ठाउ दीर्घकालीन ल्याण्डिङका लागि सम्बन्धित पक्षमा पहल गर्ने निर्णय गरिएकोे अध्यक्ष राईले बताउनुभयो ।
धरानलाई पर्यटकीय स्थलको रुपमा तीन तहकै सरकारले प्राथमिकतामा राखेको बताउदै धरान उपमहानगरपालिका वडा नं. १४ का वडा अध्यक्ष कृष्णप्रसाद भट्टराईले प्याग्लाइडिङको दीर्घकालीन उडान क्षेत्र भएपनि ल्याण्डिङ गर्ने स्थान खोजी गर्ने क्रममा यो स्थान उपयुक्त भएकोले वन कार्यालय,स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारमा पत्राचार गर्ने सहमति भएको बताउनुभयो ।
प्रदेश नं. १ पर्यटकीय गन्तव्य स्थल हुदा हुदा पनि पर्यटनलाई प्रवद्र्धन हुने खालका कुनै पनि काम हुन नसकेको पूर्व संविधनसभा सदस्य किरण
राईले बताउनुभयो । पूर्वमा यस्ता खालका साहसिक खेललाई भित्र्याउदै यसको प्रवद्र्धन गर्न सके आन्तरिक तथा वाह्य पर्यटक बढ्ने बताउनुभयो ।
