घण्टाघरबाट हेर्दा

लकडाउनमा सवारी भत्ता बुझे रे
कोरोनाले त्राहीमम मच्चाएसी’ सरकारले लकाउन गर्दियो । माने आफनो घरमा ताला लाएर भित्रै बसे । कोरानाको त्रास फैलाएर सरकार मन्त्री, सांसद, स्थानीय निकायका मुखियाकहरुचाहिँ कमाउ धन्दोमा
लागे । कोही औषधि किनेर मु¥क्याउनेतिरलागे, कोही पिपिईको व्यापारमा लागे, कोही मास्कको व्यापारमा लागे कोही सेनिटाइजरको धन्दामा मस्त भए । जनताचाहिँ डल्लो परेर घरैभित्र थुनिए । अरुबेला कमाउ धन्दामा गति छाडेर लाग्दा जनता सडकमा नाच्दै र उफ्रदै आइहाल्थे । यतिबेला कोही नआउने भएकोले आफनो हात जगन्नाथ त गर्नै प¥यो । मन्त्रीको अलेल भएर सुन्निएको भुँडी घटाउन करोडौको जिमखाना, सुकुमार परेका पाउमा
रत्तिभर धुलो नपरोस भनेर करोडौको गलैचा, सभामुख र मन्त्रीहरुलाई करोडौको गाडी किन्ने सौभाग्यसमेत सरकारलाई प्राप्त भयो । खादा पनि यसो दायाँ बायाँ हेरेर खाइदिया भए हुने थियो तर गति नै छाडेर खाएको देख्दा जनताको मन कुटुक्क दुख्नु स्वभाविक हो । कतिसम्म भ्याई दिएछन भने लकडाउनका बेला गाडी नै नलचलाई मन्त्री र सांसदहरुले सवारी भता समेत……। आखिरी गनतन्त्र न ठहरियो । गनतन्त्रले नै हिजोका सुकेनासहरुलाई फुकेनास बनाइदिया छ । जै होस गनतन्त्र ।
चीनस“ग मिल्यो रे
भकाभक हिजो आज एउटा समाचार आउन थाल्या छ । सत्तासीन नेकपा चिकपासँग मिल्यो, चिकपाको नेकपा भातृ सँगठन बन्यो, नेकपा चिकपाको भातृ संगठन भयो भनेर हिजो आज सञ्चार माध्यममा सम्चार आको आइ छ । हैन हौ नेकपा चिकपाको लभ पर्दा किन त्यति साह«ो कोकोहोलो मच्चाएको होला ? मुसा मुसाकै बथानमा जान्छ, भेडा भेडाकै बथानमा जाान्छ, बाख्रा बाखाकै बथानमा जान्छ । नेकपा चिकपाको लभ पर्दा के आपत्ति मान्नु ? धर्म, संस्कार, विचार मिलेपछि जान्छन् त ? नेकपालाई चिकपाले कम्ता सहयोग ग¥या नै न । चिकपा सरकारकी नेपालमा बसेकी प्रतिनिधिले पूर्व एमाले र पूर्व माउवादीलाई मिलाइदिइन्, नेपालको नक्सामा एकलखे तान्न सिकाइ दिइन् । केही प¥यो भने म छु भनेर ढाडस दिएको दियै छिन् । यत्रो भाँडिम गरेसी मान्छेको मनै त हो नि भनेजस्तै चिकपासँग लभ नपरेर फुइøया हुन्छ त ? अबुझहरु बुझ्नुसुझ्नु छैन । एकोहोरो खुट्टा बजारेको छ बजारेको छ ।
घर र बाहिरबाट बेसार वेपत्ता
हाम्रा डाक्टर पर्धानमन्तरीले बेसार कोरोनाको औषध हो भनेर पत्ता लगाएसी’ एकाएक बेसार गायव हुन थाल्या छ ।
रक्तचन्दान तस्करी भएजस्तै बेसाको तस्करी हुन थाल्या छ रे । खप्रओ पर्धानमन्तरी मात्र होलान, राजनीति मात्र गर्छन् भनेर सोच्नेहरु यतिबेला उनको बहुमतमा देखेर आश्चर्यमा परेका छन् । विश्व स्वास्थ्य संगठनले समेत कोरोनाको औषधि पत्ता लगाउन नसकेको अवस्थामा नेपालका डाक्टर पर्धानमन्तरीले पत्तो लगाइदिएपछि विश्व स्वास्थ्य संगनका प्रमुख समेत से्न्टीÏल्याट परेका छन् रे । अर्थोक कुरा त्यस्तै हो खप्रओ डाक्टर साहवले बेसाको कोरोनाको औषधि हो, तातोपानीसँग खाँदा कोरोना चैट्ट भनेर खाने विधिसमेत सिकाइदिएपछि नेपालीहरुलाई घर र बारीको बेसार जोगाउनै हम्मे हम्मे प¥या छ । आखिरी नागरिकको सुरक्षा गर्ने सरकार नै हो । त्यसैले हिजोआज राति १० बजेदेखि विहान ५ बजेसम्म हिडडुल गर्न नपाइने सरकारले कडा नियेम बनाइदिया छ ।
एमसिसी जसरी भएपनि पास हुन्छ
नेपालका विदेश मन्तरी के भा’का हँ ? अमेरिकी सहयोग एमसिसी मिलेनियम चयालेन्ज कर्पाोरेशन माने गरिबी
निवारणका लागि आउने सहयोग संसदबाट पास गराएरै लिने भन्दै बुरुक बुरुक उफ्रिरहेका छन् । त्यो सहयोग लिन कसैले रोक्न सक्दैनन् पो भन्छन् त गाँठे । हैन उनैका अरिंगालहरु नो एमसिसी भनेर नाराबाजी गरिरहेका छन् तर ज्ञवालीचाहि संसदबाट पास गराउन कसैले रोक्दैन भन्छन् । गाँठी कुराचाहिँ के हो ? कही तँ कुटेजस्तो गर म रुहेजस्तो गर्छु भनेर आफ्ना अरिंगालहरुसँग भित्री कुरा मिलाएका त होइनन् ? अम्रिकाले झण्डै ५५ अर्ब दिने भा’छ । संसदबाट पास गरेसी’ यस्तो सहयोग आगामी दिनमा समेत लुतुलुतु आइरहन्छ । खप्रओबाकै सल्लाहमा प्रदीप बा’ले त्यसो भन्या होलान् । जतिसुकै उपं्रmे पाफ्रे पनि एमसिसीचाहिँ पास भएरै छाड्ने भयो ।
निःशुल्क उद्वार गर्ने रे
कोरोना भाइसरसले सबैलाई इन्तु न चिन्तु मात्र बनाएको छैन रोजगारी समेत खोसिदिएको छ । विदेशमा रोजगारी गर्न गएकाहरुको त झन कन्तविजोग भएको छ । रोजगारी नि छैन, पेटमा चारो पनि छैन, रोजगारी दिनेले पनि फर्कि जा भन्छ । विचराहरु कति त उतै परमधाम भएका छन् । परिवारले सास र लास दुवै देख्न नपाउने अवस्थामा भैसक्यो । सरकार भने उनेरले पठाएको रेमिट्यान्स ख्वाप्प ख्वाप्प खाएर बस्या छ । सबैतिरबाट ठुंग्न थालेपछि सरकारका कानमा बतास लागेछ कि क्या हो ? विदेशमा भएकाहरुलाई खप्रओ सरकारले निःशुल्क ल्याउने भनेर मन्तरीका प्रवक्ताले धक्कु लगाउन थाल्या छन् । यसभन्दा अगाडि नि निःशुल्क ल्याउने भन्दै ३० हजार भाडा लाग्ने ठाउँमा ७० हजार असुलेकै हो । घण्टाघरलाईचाहिँ सरकारले निःशुल्क ल्याउला भनेर साह«ै पत्यार लागेको छैन । हेरम ल्या पो हाल्छ कि ?
एमसिसी पढेकै भेटिएन
हिजोआज पर्धानमन्तरी खपओ बडो टेन्सनमा छन् । एकातिर आफनै आसेपासेले कुनै कुराको जानकारी नदिएर लाटो बनाएका छन् भने अर्कातिर एमसिसीले विचरा बूढाको टाउको कुटुकुटु खाइरहेको छ । जस्ता गए नि एमसिसीकै विरोध । एमसिसी पास नगरी पनि भा’छैन । विपक्षी दलले समेत एमसिसी पास गर्नैपर्छ भनेर दबाब दिइरहेका छन् । तर आफन्तहरु ठ्याकै कुरा बुझ्दैनन् । अस्तिका दिन विचरा बूढालाई साह«ै झ्वाँक चलेछ ब्वाङ्ग पड्किए । नेपालाँ एमसिसीका बारेमा बुझेको, पढेको मान्छे नै छैनन् रे । खप्रओबाले भन्या । साह«ै काइदाको गफ गरे । नेपालमा एमसिसी पढेका मान्छे छैनन । एमसिसी पढेका भए यत्रो विरोध गर्ने नै थिएनन् । नो एमसिसी भनेर सडकमा उफ्रने नै थिएनन् । एमसिसी पास भयो भने अमेरिकी सेना नेपालमा आउँछ भनेर हल्ला गर्ने नै थिएनन् । अमेरिकी सेनादेखि लगभग काँप्ने नै थिएनन् । त्यही नबुझेर त विरोध ग¥या हुन् । कि कसो हौ ?
घरेलु मन्तरीलाई चिन्ता
घरेलु मन्तरी रामबहादुर मगरलाई हिजोआज भयंकर चिन्ता थपिएको छ । उन्को चिन्ता नेपाललाई लिएर नभई चीनलाई लिएर भा’रैछ । हुन त मगर वा अन्तर्राष्ट्रिय स्तरका भएकोले आफ्नो देशको भन्दा पनि अरु देशको चिन्ता गर्नु स्वभाविक हो । चिन्ता पनि सानो हो र ? एमसिसी नेपालको संसदबाट पास भयो भने त्यो पनि चीन सिध्याउने रणनीति बन्छ रे । नेपालचाहिँ के बन्छ त्योे चाहिँ पत्तै छैन । किन त्यतिसाह«ो चिन्ता लाग्या होला मगर बालाई । हुन त यिन्ले हिजो जनयुद्ध लड्दा पनि नेपालको चिन्ता कहाँ ग¥या थिए र ? आफनै दाजुभाई सिध्याउथे । नेपालको चिन्ता भा’भे त अरुलाई सिध्याइहाल्थे नि ? जे होस् हाम्रा घरेलु मन्तरीको सोचचाहिँ उच्च स्तरको छ । उच्च तरको भएकैले उनले. चीनको चिन्ता ग¥या होलान् । यस मानेमा घरेलु मन्तरी बालाई साधुवाद दिनैपर्छ ।
अन्तेमा
कोरोना भाइरसको औषधि पत्ता लगाएर नेपालमा मात्र नभएर विश्वभरि नै वाही कमाएका हाम्रा पर्धानमन्तरी खप्रओले चाँडै नै आफनो नयाँ योजना सावजनिक गर्ने भएका छन् । सबैलाई कौतुहल लाग्न सक्छ नयाँ योजना के हो भनेर । तर बूढाले अचुक योजना बनाएकोले अब कोरोना मुक्त नेपाल बन्ने पक्का भएको छ । बढाको चिकित्सा विज्ञानमा राम्रै दख्खल रहेको छ प्रमानित भइसकेको छ । यही
रफ्तारमा प्रगति हुँदै गजने हो भने अबको दोस्रो या तेस्रो हप्तामा खप्रओ बाले कोरोनाको भाले पोथी छुट्याएर परिवार नियोजन गर्दिन्छन् त्यसपछि टन्टै साफ । कोरोनाको सन्तान नै बृद्धि नभएसी कसैलाई सर्ने कुरा पनि भएन । क्वारेन्टाइन, आइसोलेसन बनाउने र कसैलाई
राख्ने झन्झट पनि भएन । कि कसो हौ ?

तपाईको प्रतिक्रिया