नोबेल कोरोना भाइरस (कोभिड १९) बाट नेपालमा संक्रमितको संख्या १ सय ३४ पुग्यो बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्याब परीक्षणबाट पूर्वका १४ जिल्लाका १४ जना संक्रमित

धरान÷कोरोना भाइरस (कोभिड १९) को विश्वव्यापी रुपमा देखिएको संक्रमण कम गर्ने उद्देश्यले नेपालमा समेत विगत दुई महिनादेखि लकडाउन गरिए पनि पछिल्लो पटक संक्रमितको संख्या ज्यामितीय हिसाबले ह्वात्तै बढेको छ ।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सह प्रवक्ता डा. समिरकुमार अधिकारीद्वारा मंगलबार जारी गरेको विज्ञप्ती अनुसार एकैदिन ५७ जनामा कोरोना भाइरस पुष्टि भएको जनाइएको छ । विज्ञप्तीमा भनिएको छ हालको अध्यावधिक विवरण अनुसार कोभिड १९ भएकाहरुको जम्मा संख्या १ सय ९१ पुुगेको छ ।


विज्ञप्तीमा भनिएको छ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौमा गरिएको परीक्षण अनुसार नयाँ पुष्टि भएकाको संख्या मंगलबार मात्र ५७ जना पुगेको छ । पछिल्लो पटक कपिलवस्तु जिल्लाको यसोधरा गाउँपालिका वडा नं ८ र बुद्धभूमि नगरपालिका वडा नं. ७ निवासी बर्ष १५, १९, २३,३०, ३२ र ३८ बर्षीय पुरुषहरु, स्पन्देही सगर गाउँपालिका वडा नं ७ र लुम्बिनी साँस्कृतिक गाउँ पालिका ६ निवासी २४, २६, २७, ३०, ३२ र ४० बर्षीय पुरुषहरु, बर्दिया राजापुर वडा नं ५ निवासी ११ बर्षीय बालिकामा समेत कोरोना पुष्टि भएको छ । प्रदेशगत हिसाबले भन्ने हो भने सोमबार एकै दिन प्रदेश नं. ५ १३ र मंगलबार १७ जना र सोमबार प्रदेश नं. २ मा १ जनामा र मंगलबार ४० जनामा कोरोना पुष्टि भएको छ । प्रदेश नं. १ मा हालसम्म संक्रमितको संख्या ३५ जना पुगेको छ । प्रदेश नं. २ मा संक्रमितको संख्या ७२, बागमती प्रदेशमा ७ जना, गण्डकी प्रदेशमा २, प्रदेश नं. ५ मा ७० र सदुरपश्चिम प्रदेशमा ५ जना संक्रमित फेला परेका छन् ।
यता बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोभिड १९ अस्पताल सञ्चालनमा आएपछि प्रदेश नं. १ का १४ जिल्ला ताप्लेजुङ्ग, पाँचथर, इलाम, झापा, मोरङ्ग, सुनसरी, धनकुटा, संखुावासभा, उदयपुर, भोजपुर, तेह्रथुम, ओखलढुंगा, सोलुखुम्बुबाट शंकास्पद नमूना परीक्षणका लागि पठाइएकाहरु मध्ये १४ जनामा संक्रमण पुष्टि भएको छ । सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं ५ पातो स्थित चन्द्रकान्त माविको क्वारेन्टाइनमा राखिएका नसिव हुसैनमा कोरोना पुष्टि भएपछि हाल उनलाई राजविराजस्थित गजेन्द्र नारायण अस्पतालको आइसोलेसनमा राखिएको छ ।
सप्तरी प्रहरीले उपलब्ध गराएको सूचना अनुसार लकडाउनका समयमा संक्रमित १८ बर्षीय युवा चितवनबाट हिडेर पैदलै वैसाख ९ गते सप्तरी आइपुगेका थिए । उनी सहित अन्य १३ जना पनि संगै हिडेर सप्तरी आइपुगेका थिए । वैसाख ९ गते सप्तरी आइपुगे पनि उनीहरुको थ्रोट स्वाव संकलन वैसाख २५ गते मात्र गरिएको थियो । हुन त सप्तरीका विभिन्न क्वारेन्टाइनमा रहेका ६८ जनाको थ्रोट स्वाव बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानको माइक्रो वायलोजी ल्यावमा शुक्रबार पठाइएको थियो । पठाइएका थ्रोट स्वाव संकलन ्मध्ये हुसैनमा मात्र कोरोना पुष्टि भएको थियो । वडा नं ३ का वडा अध्यक्ष प्रदीप साहका अनुसार वीच वीचमा संक्रमति युवा क्वारेन्टाइनबाट तरहीस्थित घर जाने गरेका थिए । उनलाई क्वारेन्टाइनमा १९ दिन राखिएकोले स्वास्थ्यमा कुनै समस्या नहुँदा हिडडुल गर्न दिइएको थियो । कोरोना संक्रमण पोजेटिव आउँदा उनी क्वारेन्टाइनबाट विदा भइसकेका थिए । सुरक्षाकर्मी र स्वास्थ्यकर्मीले उनको खोजी गर्दै घरमा पुग्दा समेत उनी घरमा भेटिएनन । अन्तत उनलाई सप्तरीको पातो बजारमा आफ्नी हजुरआमासँग फेला पारिएको थियो । हाल उनका हजुरआमा, हजुर बुबा र उनका सम्पर्कमा आएका व्यक्तिहरुको पहिचान गरी थ्रोट स्वाव संकलनसँगै क्वारेन्टाइनमा पठाउने व्यवस्था गरिएको छ ।

तपाईको प्रतिक्रिया