सञ्चारकर्मीबाट धरान उपमहानगरपालिकाको फुडबैंकमा राहत प्रदान

धरान÷ धरानबाट विगतदेखि निरन्तर रुपमा प्रकाशित हुदै आएको दिव्यरोशनी साप्ताहिकले आफ्नो १६ औ बार्षिकोत्सवको अवसर पारेर धरान उपमहानगरपालिकाले स्थापना गरेको फुड बैंकमा राहत प्रदान गरेको छ ।
पूर्वाञ्चलको धरानबाट हरेक आइतबार प्रकाशित हुदै आएको दिव्य रोशनी साप्ताहिकले प्रत्येक बर्ष आफ्नो बार्षिकोत्वको अवसरमा यहाँका जुझारु सञ्चारकर्मी तथा समाजसेवीलाई सम्मान गर्दै आएकोमा यस बर्ष कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गरेर सम्मान कार्यक्रमलाई थाति राखेर थोरै भएपनि गरिब तथा असहायहरुलाई राहत पुगोस् भन्ने उद्देश्यले बार्षिकोत्सवकै अवसर पारेर फुड बैंकमा ४ सय केजी चामल, २ बोरा न्युटेला प्रदान गरेको हो ।
विषम परिस्थितिमा बार्षिकोत्सवका अन्य कार्यक्रमलाई थाति राखेर संक्रमणको बेला थोरै भए पनि सहयोग पुग्ने हेतुले फुडबैंकमा सहयोग गरिएको दिव्य रोशनी साप्ताहिककी प्रधान सम्पादक मनिता चाम्लिङले बताउनुभयो ।
राहतसंगै साप्ताहिकले लामो समयदेखि भएको लकडाउनका कारण समस्या परेको भन्दै आफ्ना चार जना कर्मचारीहरुलाई
घरमै गएर प्रतिव्यक्ति २५ केजी चामल, एक केजी नुन, एक लिटर तेल, एक केजी दाल र एक पोका न्युटेलाको दरले वितरण गरेको साप्ताहिकका प्रबन्ध निर्देशक सागर सिंजालीले जानकारी दिनुभयो ।
राहत बुझ्दै धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईले धरानमा सक्रिय रहेका सञ्चारकर्मीलाई स्थानीय सरकारले हर तरहबाट सहयोग पु¥याउदै सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो ।
विगतका बर्षहरुमा बार्षिकोत्सवको अवसर पारेर साप्ताहिकले जनही ५ हजार ५ सय ५५ रुपैया बराबरको दरले सम्पादक÷प्रकाशक चाम्लिङका दिवंगत बुबा ्क्वीन गोर्खा इन्जिनिरिङ सार्जेन्ट स्व. प्रभुराम राईको स्मरणमा प्रत्येक बर्ष २ जना र सम्पादक÷प्रकाशक चाम्लिङकै कान्छा दाजु वाजुन राईको स्मृतिमा एक जना पत्रकारलाई सम्मान गर्दै आइरहेको छ । अहिलेसम्म आइपुग्दा २१ जना सक्रिय पत्रकारलाई दिब्यरोशनीले सम्मानति गरिसकेको छ भने समाजमा अतुलनीय योगदान पु¥याउने १२ जना व्यक्तित्वलाई अभिनन्दन समेत
गरिसकेको छ । सोही कार्यक्रममा दिव्यरोशनीको एप्स समेत डाउनलोड गरेर शुरुवात गरिएको थियो ।

तपाईको प्रतिक्रिया