खानेपानीमा एडिवी पूर्ण रुपमा असफल ः जबरजस्ती संस्थान हस्तक्षेपको दुस्प्रयास गरे प्रत्युत्पादक हुने चेतावनी

धरान÷ सन् २०१७ देखि धरानमा थप एक करोड ५२ लाख २० हजार लिटर पानी उत्पादन गरी धरानबासीलाई २४ सै घण्टा पानी उपलब्ध गराउने नाममा एसियाली विकास विकास बैंकबाट २ अर्ब १६ करोड ४ लाखमा सञ्चालन हुने खानेपानी परियोजना पूर्ण रुपले असफल भएसँगै आयोजनामा संलग्न मतियारहरु यतिबेला अनेकौ छलकपट गर्दै नेपाल खानेपानी संस्थान कब्जाको रणनीतिमा लागेका छन् ।
धरानको खानेपानी आयोजनाको टेष्ट, ड्रिलिङ्ग, सर्भे, डिजाइन, कार्ययोजना, निर्देशिका, बोलपत्र तयार पार्न निर्माण सुपरिभिजन आदि कामहरु २०७० वैसाख २ गते अर्थात १५ अप्रिल २०१३ बाट शुरु गरी जुन २०१७ सम्ममा पूरा गर्न एडिवीसँगको सम्झौतामा धरान उपमहानगरपालिका कार्यालय एकीकृत सहरी विकास आयोजनाले गरेको थियो । २०७१ कार्तिक २२ गते सर्वदलीय तथा सर्वपक्षीय खानेपानी संयुक्त संघर्ष समितिसँग वार्ता र सहमतिमा उल्लेखित ११ बुँदामध्ये बुँदा नं. ९ मा आयोजनाले भूमिगत स्रोतबाट १ करोड ५२ लाख २० हजार लिटर (१५.२२ MLD ) उत्पादन गर्ने भनेको थियो ।


सम्झौता अनुसार तीन बर्षपछि सम्म पनि पानी उत्पादन गर्न नसकेको, उल्टै धरानको ५ सय भन्दा बढी सुकुम्बासीहरुलाई पानी उपलब्ध गराउने आश्वासनमा १० देखि १५ हजार असुलेको, सम्झौता अनुसार पानी उत्पादन गर्न नसकेपछि सम्झौता विपरीत नगरपालिकाको बजेटबाट २ वटा वेल खनिए पनि सफल हुन नसकेको, सस्थानमा गाभ्न गठन गरिएको कथित बोर्डमा दर्जनौ आफना नजिकका आसेपासेहरुलाई नियुक्ति गरिएको, आइयुडिपीले विछ्याएका पोलिथिनका पाइप कमसल भएको, पानी उत्पादान गर्न नसकेपछि जरबजस्ती सस्थानका पाइपमा इन्टर कनेक्सन गरेपछि आयोजना पूर्ण रुपले असफल भएको भन्दै धरानका राजनैतिक दल, सामाजिक संघ संस्थाहरु, सामाजिक अभियन्ताहरु, भ्रष्टाचार विरुद्धका अभियन्ताहरु संस्थान जोगाउँ अभियानमा उभिएका छन् । एडिवी धरानमा पूर्ण रुपमा असफ भैसक्यो । जबरस्ती संस्थानमा हस्तक्षेप गरी बोर्डमा लैजाने दुस्प्रयास गरिए त्यो प्रत्युत्पादक हुने उनीहरुले चेतावनी दिइसकेका छन् ।

रगत बगाउनु परे बगाइन्छ तर सस्थान कब्जा गर्न दिइँदैन

पर्वत राई –नेपाली काँग्रेसका युवा नेता तथा महासमिति सदस्य
एडिवीको योजना असफल भइसक्यो । यसले सम्झौता अनुसार पानी उत्पादन गर्नै सकेन । हामी सबैले बुझ्नुपर्ने कुरा के छ भने कमसल पोलिथिन पाइप गाडेको छ । सस्थानले २०–३० बर्ष अगाडि गाडेको पाइप हालसम्म खिया लागेको छैन । त्यो जिआइ पाइप थियो । अहिलेको किटको र कमसल पोलिथिन पाइप लगाएको छ । एडिवीले सुद्ध पानी दिने कुरा सम्भवै
छैन । उसले गााडेका त्यस्ता पाइप कैयौ ठाउँमा फुटिसकेको छ ।
अहिले आयोजना भागिसकेको छ । धरानका मेयर तिलक राईले जिम्मा लिइसकेका छन् । पाटीमा चाहिँ के भन्नुहुन्छ भने जिम्मा लिएको छैन । तर नगर समिति बैठकमा उहाँले यो नौ महिने परीक्षण कालमा हामी कोही बोल्ने होइन हेर्ने हो भन्नु भएछ । नौ महिना पछि के हुन्छ त्यसपछि बोल्नुपर्छ भन्नु भएछ ।
ठेकेदारहरु हिडिसके । वेल खन्नेहरु एक बर्ष बस्ने रहेछन् । ठेकेदारहरुले एक बर्ष उत्पादन गर्ने रैछ । त्यपछि उसको कुनै जिम्मेवारी नहुने रैछ । आज एडिवी इलाम, धनकुटा, भरतपुर, बुटवल, बनेपा सबैतिर असफल भएर भागिसकेको छ । हामी २०३१ सम्मको कुरा गर्दै छौ तर
ठेकेदारको दायित्व त एक बर्षको मात्र हुने रैछ । कसरी पानी खुवाउछन ? मेरै घर अगाडि कमसल पाइप ल्याएर विछ्याए तर त्यो कहाँ कनेक्सन गर्ने ठाउँ नै छैन । पानी नै छैन । पानी नभएपछि जता पाइप गाडे पनि भयो । देशीलाईनमा त्यस्तै अवस्था छ । हामी धरानका बासिन्दा हौ सबै कुरा विचार गर्नुपर्छ । गाडेको पाइप पनि ३ फुट खन्नुपर्छ तर धरानमा कही पनि तीन फुट खनिएको छैन । प्रत्येक एक फुटमा माटो, गिट्टी हालेर कम्प्याक्ट गर्नुपर्छ । तर त्यो गरिएको छैन । एकैपटक पुरेको कारण हेभिलोड भएका गाडीले पिच धसाएका छन् । कतिपय ठाउमा पाइपै बाहिर छ कतिपय ठाउँमा दुईतिर पाइप गाडेको छ र बीचमा त्यतिकै छाडिदिएको छ । जहाँ उसले पिचिङ्ग गर्नपर्ने हो त्यो पनि गरेको छैन । यस्तो अवस्थामा नगरपालिकाले जिम्मा लिएर गैह्र जिम्मेवारी बन्यो कि बनेन ? अर्को कुरा धराने जनतामाथि २ अर्ब २० करोड ऋण थोपिरएको छ । तर त्यत्रो पैसा कहाँ खर्च भयो ? त्यसको लेखा परीक्षण हुनुप¥यो । तिलक राईले जानी जानी गल्ति गरेका छन् । अधुरो अपुरो आयोजना भन्दै आफ्नै हातले ४ बुँदे ज्ञापनपत्र बुझाएको हैन ? एक करोड ५२ लाख २० हजार लिटर पानी आउनुपर्छ भनेर मञ्जु भण्डारीलाई बुझाएको हैन ? उहाँले त आउने वित्तिकै जिम्मा लिनु भयो । यसमा चलखेल भएको छ । मेयर उपमेयरलाई जनताले मत दिएर जनप्रतिनिधि बनाएका हुन् । उनीहरुले जबरजस्ती कब्जा गर्न खोजे जनताले छोड्दैनन् । नगरपालिकाभित्र उनीहरु ठूला होलान तर जनता भन्दा ठूला त हैनन् । उहाँहरु सफल सफल भन्नुहुन्छ तर ६०–७० लाख लिटर भन्दा बढी पानी निकाल्न सक्नु भएको छैन । असफल भएपनि पुन दुई वटा वेल नगरपालिकाको बजेटबाट थपेका छन । त्यो पनि असफल भएर भासिएको छ । मंसिर ७ र ८ गते टेन्डर आव्हान गरेछन् र ९ गते निर्णय गरेर काम गर्न दिएको रहेछ । यसमा स्पष्ट भष्ट्राचार भएको छ । २२–२५ लाखमा खनिने वेल ३ करोडमा खनिएको छ ।
धरानमा ५ सय भन्दा बढी घरले अग्रिम पैसा बुझाएकाहरुले पानी पाएका छैनन् । अहिले वेमौसमी पानी परेकोले धरानका मानिसले राहत महसुस गरेका छन् । तर पनि दिन विराएर मात्र पाएका छन् आयोजना आएपछि २४सै घण्टा पानी दिन्छु भनेको थियो ।
जडान नगरेको अवस्थामा त पानीको हाहाकार छ । २०३१ सम्ममा धरानमा ५ हजार घर बनिसक्छन् । त्यसबेला उहाहरुले महिनामा एक दिन पानी दिने ? बोर्डको सम्पत्ति धरान नपाको सम्पत्ति हुन्छ भन्छन् । अहिले नै धेरैलाई जागिर लगाइसकेका छन् । २० बर्ष अगाडि मैले गाउँ छोड्दा तामा, पित्तल,सिल्भरका गग्राी हुन्थे । आज धरानमा सुगुरको चारो बोक्ने ग्यालेन, रंगको वाल्टिन बोकर पानी थाप्न घर घर चहार्नु परेको छ । बोर्डमा सिधा भ्रष्टाचार हुन्छ । त्यसबेला बोर्ड डुब्दा बोर्डका मान्छेले राजीनमा दिन्छन्, कर्मचारीहरुले छोड्छन् । त्यसबेला खानेपानीको समस्या यथावत रहन्छ । संस्थान रहिरहयो भने नेपाल सरकारले बजेट दिन्छ । नागरिकलाई पानी खुवाउने दायित्व सरकारको हुन्छ । बोर्ड भनेको गैर जिम्मेवार संस्था हो । बोर्ड गैर जिम्मेवार संस्था भएकोले बोर्डमा घाटा भयो भने घरवार बेचेर पुर्ताल गर्दैनन् । तर संस्थान भएमा सरकारले पैसा छुटयाएर पनि खुवाउँछ । अबको १० बर्ष पछि धरानको अवस्था कस्तो होला ? हेटौडा कपडा उद्योग, विराटनगर जुट मिल, वीरगञ्ज चिनी काराखाना, बासबारी छाला जुत्ता कारखाना लगायत जसरी डुब्यो भोलि त्यसैगरी धरानको खानेपानी डुब्छ यदि बोडमा लग्यो भने । यो फेल भएको आयोजनालाई बोर्डमा लानु हुँदैन । यो असफल भइसकेको छ । संस्थान कायमै राख्न संघर्ष समिति बनिसकेको छ । संस्थान कब्जा गर्न कुनै हालतमा दिइदैन । रगत,पसिना बगाउनु परे पछि पर्दैनौं । अब पार्टी छोड्नु परे पनि पछि हँटदैनौं ।

धरानमा खानेपानी संस्थानको विकल्प छैन

चन्द्रप्रसाद श्रेष्ठ : प्रदेश सांसद, प्रदेश नं. १
–मैले पहिला नै यहाँ आउनु भन्दा अगाडि असफल हुने योजना हो भनेर भनेको थिएँ । त्यसबेला पार्टीका धेरै साथीहरु रिसाए पनि । जुन सोचले एडिवी ल्याए त्यो आज पूर्ण रुपमा असफल भइसकेको छ । सि एण्ड वाचको रुपमा म हेरिरहेको छु । यस्तो असफल योजनालाई बोर्डमा कुनै हालतमा गाभ्नु हुँदैन । यस सम्बन्धमा हामीसँग न नगर न क्षेत्रले छलफल
गरेको छ । प्रदेशमा मैले पहिला पनि कुरा उठाएको थिएँ । अब पनि यो कुरा उठाउँछु । पछिल्लो पटक खनेको दुई वटा वेल पनि धसिसकेको रहेछ । चालु नै नभई असफल हुनुले आर्थिक अनियमितता प्रष्ट
देखिन्छ । धरानमा खानेपानी संस्थानले सीमित स्रोत साधनबाट पनि मिलाएरै खुवाएको थियो । यो एडिवी आएपछि संस्थानले पनि सुधारको काम गर्न सकेको छैन । धरानमा कोशीबाटै पानी ल्याउनुपर्छ । तत्कालीन संस्थानका प्रमुख दिपक श्रेष्ठले सम्पूर्ण सर्भे गरेका थिए । चतराबाट सस्तोमा दीर्घकालीन रुपमा पानी आउँछ भन्दा उसैलाई यहाँबाट सरुवा गरे । एउटा कुराचाहिँ पक्का हो बोर्डले पानी खुवाउन सक्दैन । त्यैसले खानेपानी संस्थान बोर्डमा गाम्भ दिनुहुदैन ।

राजु पोख्रेल लगायतको चलखेलले आयोजना असफल भएको हो

मुरारी भट्टराई (नेपाली काँग्रेस प्रदेश नं. १ सुनसरी क्षेत्र नं. १ का सचिव)
मेरो आफनो बुझाईमा बोर्डले पानी खुवाउन सक्दैन । २०१७ सालदेखि नै पानी खुवाउने भनेको थियो तर अलिहेसम्म पानी उत्पादनै सम्झौता अनुसार गर्न सकेन । पाइप लाइनहरु त्यो पनि कमसल पोलिथिनको पाइप विस्तार ग¥यो ।
तर कही पनि कनेक्सन मिलेको छैन । झन सुकुम्बासी बस्तीका बासिन्दाहरुसँग तीन चार बर्ष अगाडि नै दश पन्द्र हजार रुपैयाँ लिएर पानी दिन्छु भनेर अग्रिम असुल गरेको छ तर कही पनि पानी दिन सकेको छैन । अब धरान उपमहानगरपालिकाले बरु संस्थानलाई नै जिम्मा दिनुपर्छ । संस्थानले नै बन्दोबस्त गर्न
सक्छ । संस्थानले पनि यहाँ कलेक्सनबाट उठेको रकम पानीका लागि यही खर्च गर्नुपर्छ । केन्द्रमा पठाउनु हुदैन । एडिवीको ऋणको दायित्व संस्थानले नै लिनुपर्छ ।
अर्को कुरा सस्ंथानले पनि दिगो पानीको स्रोत खोज्नुपर्छ । चतराबाट ल्याउनुपर्छ । जमिन मुनिको पानीको स्रंोतले यहाँ पानी पुग्दैन । बोर्डले कुनै पनि हालतमा धराने जनतालाई पानी खुवाउन सक्दैन । बोडले पानी खुवाउन सक्दैन भनेर धराने जनताले पहिल्यै बुझेका थिए । एडिवी असफल हुनुको प्रमुख कारण चलखेलको राजनीति हो । चलखेलले आयोजना सफल होस्, असफल होस कसैको सरोकारभित्र परेन । आयोजना ल्याउन पाइयो भने कमिशन पाइन्छ भनेर मात्र आयोजना ल्याइएको हो । त्यतिबेलै विरोध भएको थियो । आयोजना कोशीबाट ल्याउनुपर्छ भनेर आवाज उठ्यो, आन्दोलन भयो तर अयोजना ल्याउनेहले चतराका मानिसले ल्याउन दिदैनन् भनेर भ्रममा पारे । अरु देशबाट पाइप लाइन विछ्याएर पानी ल्याइन्छ भने चतराका मानिसले किन अवरोध गर्थे ? आज
धराने जनताले पानीको लागि दुर्दसा भोग्नु परेको छ । दुर्दशा भोगाउनेहरुले एक दिन सजाय भौग्नै पर्छ । धरानमा दीर्घकालीन रुपमा पानी ल्याउने भनेको कोशी बाटै हो । कोशीमै पाइप गाड्नुपर्छ भन्ने छैन । केही वर गाडेर पानी ल्याउन सकिन्छ । त्यसैले दश बाह्र बर्ष भित्रमै कोशीबाटै पानी ल्याउने पहल गर्नुपर्छ । अहिलेको यही पानी संस्थानलाई जिम्मा दियो भने ८÷१० बष सम्म संस्थानले पानी खुवाउन राम्रोसँग सक्छ तर बोर्डले खुववाउन सक्दैन । संस्थान कब्जा गर्ने रणनीति धरान उपमहान नगरपालिककाले ग¥यो भने जनप्रतिनिधि, धरान नगरपालिका आफै फस्छन् । भोलि पानी खुवाउन सक्दैनन् त्यसबेला के हुन्छ ? आफ्नो खुट्टामा आफै बञ्चरो हानेसरह हुन्छ, सिद्धिन्छन् । सत प्रतिशत असफल आयोजना लागू गर्न खोज्नु मूर्खता हो । यिनीहरुसँग पानीका विज्ञ पनि छैन, म्यानेजमेन्ट गर्न जान्ने, मेन पावर पनि छैन, पानी सम्बन्धी जानेको मान्छे पनि छैनन् । हावाको भरमा पानी खुवाउछु भनेर हुँदैन , पानी खुवाउने भए तीन बर्ष अगाडि नै खुवाइ हाल्थे नि । आयोजनालाई तन्काएको तन्काइ गरेका छन् । जबसम्म जनताका घरका धारामा पानी आउदैन तबसम्म आयोजनाले जबरजस्ती लिने काम गर्नु हुँदैन । यसको अर्थात आयोजना असफल हुनुको मुख्य दोषी तत्कालीन राजनैतिक दलका प्रतिनिधिले आयोजना ल्याउपर्छ भने नगरपालिकामा कार्यकारिणी, राजुपाखे्रेल नै दोषी हुन् । जनतालाई नजर अन्दाज गरेर आयोजना ल्याएको हो । त्यत्रो पैसा ऋण लिने हो भने दुई चार सय बर्षका लागि पुग्ने चतराबाट ल्याउँ भनेकै हो । तर त्यहा“बाट ल्याउदा आम्दानीको चलखेल नहुने भएकोले यहाँबाट बोरिङ्ग गरियो ।
चतराबाट ल्याउन खानेपानी संस्थानले पनि डिपिीआर तयार पारेको थियो । आज दुई वटा वेल थपेको छ । त्यो पनि असफल भइसकेको छ । हिजोको आयोजनामा दुई वटा वेल थप्ने भन्ने छँर्दै थिएन । आयोजना असफल हो भन्ने कुरा दुई वटा वेल थप्नुले प्रष्ट पारिसकेको छ ।

विरोधीहरुलाई मिलाउन एउटा समूह परिचालित भएको छ

सागर प्रसाई–नेपाली काँग्रेस क्षेत्रीय कोषाध्यक्ष प्रदेश नं. १ एवम् सामाजिक अभियन्ता
–खानेपानीका नाममा धरानमा
चरम भ्रष्टाचार भएकै कारण एडिवीको आयोजना पूर्ण रुपले असफल भएको हो । असफलतालाई ढाकछोप गर्न कथित बोर्डका पदाधिकारीहरु संस्थान कब्जा गर्ने दुस्साहसमा लागेका छन् । यो उनीहरुको दिवास्पप्न हो । धराने जनताले संस्थान कब्जा गरेर कथित बोर्डमा गाम्भ दिने छैनन् । अब आयोजनामा संलग्नहरुमाथि आर्थिक अपचलनमा छानविन हुनुपर्छ । अर्को कुरा एडिवीको विरुद्धमा अभियान सञ्चालन गर्नेहरुलाई थाम थाम थुम थुम पार्न केही व्यक्तिलाई परिचालन गरिएको छ । चाडै नै ती नांगिने छन् । धरानबासीलाई विगत ४० बर्षदेखि खानेपानी खुवाउदै आएको संस्थानलाई नै एडिवीको असफल आयोजना जिम्मा दिनुपर्छ । संस्थानले मात्र यहाँ पानी खुवाउन सक्छ ।

असफल आयोजनालाई खानेपानी संस्था कब्जा गर्न दिँदैनौ

धनकुमार राइ, सामाजिक अयिन्ता
एडिवी परियोजना पूर्ण रुपमा असफल भइसकेको छ । यसले सम्झौता अनुसार पानी उत्पादन गर्न नसकेकैले पानी खुवाउन सक्छ भन्ने कुरा धराने जनतालाई विश्वास छैन । कथित बोर्डको नाममा संस्थान कब्जा गरी संस्थानकै पानी वितरण गरेर अफूले गरेका भ्रष्टाचार ढाकछोप पार्ने चलखेलमा मेयर, उपमेयर, कथित बोर्डका निर्देशक राजु पोख्रेल सबै लागेका छन तर धराने जनताले त्यो हुन दिदैनन् ।असफल भएकैले सम्झौता भन्दा बाहेक थप दुई वटा वेल खनेको हो । त्यो पनि भास्सिएर कामै नलाग्ने भएको छ । आयोजना आफ्ना मान्छे भर्ति गर्ने केन्द्र भएको छ । आयोजना असफल भएपछि
धराने जनताको आँखामा छारो हाल्न सम्झौता भन्दा बाहेक दुईवटा वेल थप गरेको छ र तर त्यो पनि भासिएको छ । हिजाको दिनमा खानेपानी संस्थान एडिवी वा बोर्डमा गाभ्न पाइदैन भनेर ज्ञापनपत्र बुझाउने अहिलेका काँगे्रसबाट निर्वाचित मेयर तिलक राईले नै बोर्डमा लैजाने नेतृत्व गरेको देख्दा दुःख लागेर आएको छ । अब हामी कानुनी उपचारमा जान्छौ । तर बोर्डमा संस्थानलाई गाम्भ दिँदैनौं । यसका लागि हाम्रा अन्य वाटाहरु पनि छन् ।

योजना प्रमुख राजु पोख्रेल हावा गफ गरेर हिड्दैछन्

लक्ष्मण बस्नेत–सामाजिक अभियन्ता धरान उपमहानगरपालिका वडा नं. १६
दुई अर्ब २२ करोड लगानीमा एसडवीले पानी ल्याउँछु भनेर काम ग¥यो तर जनपथमा कुनै काम भएको छैन । एडिवीको पानी नै छैन । पानीको अवस्था नाजुग छ । पछिल्लो पटक एक करोड ३ लाख लिटर पानी झानै भनेर सम्झौता गरेका छन् तर पानी झार्न सकेका छैनन् । कन्सल्टेन्ट अनिल नेपाल भन्ने व्यक्तिलाई योजना पमुख भनिने राजु पोख्रलले कामै नसकी कसरी विदा दिए ? १२ करोड निकासा गरेर काम सम्पन्न ग¥यो भनेर पठाए । यो खोजी हुनुपर्छ । धराने जनताले यो खोज्छन् । यो दुर्भाग्य हो । यसका दोषी को को छन् तिनीहरुमाथि कारबाही हुनुपर्छ । धरानमा एडिवीबाट पानीको नाममा पैसा ल्याएर खोलाकै पानी बेच्ने नियत रहेछ एडिवीका योजना प्रमुखहरुको । तत्काल हेर्दा धरानमा संस्थानको विकल्प एडिवी हुनै नसक्ने देखियो । संस्थानको २० र १० लाख लिटरका दुई वटा ट्यांकी छन् । एडिवीका दलाल राजु पोख्रेलले ३० लाख लिटर पानी झार्छु भनेकोमा १२ लाख भन्दा बढी पानी झार्न सकेनन् । यसबाट के प्रष्ट हुन्छ ? यस्तो असफल योजना धरान उपमहानगरपालिकाका मेयरले बुझ्नु हुँदैन । अनिल नेपालले कति पानी उत्पादन गर्छु भनेका थिए त्यो खै ? अहिले बोर्डका निर्देशक
राजु पोख्रेल गोयल्सवादी हल्ला पिटाउदै छन् । उनी भन्दै छन् हामीले गरेको सम्झौता भन्दा बढी पानी आएको छ । यस्तो हावादारी गफ गफ गर्नु हुँदैन । अब आर्थिक अनियतिमता भएको उच्च स्तरीय छानविन समिति गठन गर्नुपर्छ । तत्काल मेयरले जिम्मा लिए भने उनी पनि समाप्त हुन्छन् र नेपाली काँग्रस पनि धरानबाट सिद्धिन्छ ।

तपाईको प्रतिक्रिया