धरान, ८ वैसाख ः लगातारको लकडाउनले सरस्वती बाल अनाथ आश्रमका बालबालिकालाई समस्या परेको भन्दै सप्तरी घर भएका र धरान ११ मा बसोबास गर्दै आउनु भएका घर निर्माण ठेकेदार उमेश शर्माले आश्रममा खाद्यान्न सामाग्री प्रदान गरेका छन् ।
लकडाउनका कारण आश्रममा अफ्ठ्यारो अवस्था सिर्जना नहोस् भन्ने उद्देश्यले नेपाल यातायात मजदुर संगठनका केन्द्रीय सदस्य लक्ष्मी बानियाको पहलमा शर्माले १५ हजार मूल्य बराबरको १ सय ५० केजी चामल, एक कार्टुन तेल, खाजाका लागि चिउरा, भुजा र चाउचाउ प्रदान गरेका हुन् ।
लकडाउनको समयाअवधि लम्बिदै जादा दाताहरुले समेत आश्रमलाई सहयोग गर्न छाडेपछि त्यहा आश्रित बालबालिकालाई सहयोग जुट्न थालेपछि आश्रमका पूर्व अध्यक्ष विकास वनेपालीको पहलमा मजदुर नेता बानियाको पहलमा शर्माले खाद्यान्न सामाग्री उपलब्ध गराएका थिए ।
आश्रममा अप्ठेरो परेपछि आश्रमका पूर्व अध्यक्ष वनेपालीले कुरा राखेपछि शर्मामार्फत सामाग्री वितरण गरिएको नेपाल यातायात मजदुर संगठनका केन्द्रीय सदस्य लक्ष्मी बानियले बताए ।
लकडाउनका कारण दाताहरुले सहयोग जुटाउन नसकेको बेला यस्तो विषम परिस्थितिमा पनि उमेश शर्माले सहयोग गरेकोमा आश्रमका अध्यक्ष दानबहादुर राईले धन्यवाद दिनुभयो ।
खाद्यान्न अभावसंगै सरस्वती बाल अनाथ आश्रमले ३ सय ६५ दिन खाना परियोजना सञ्चालनमा ल्याएको थियो । बर्षमा १ जना व्यक्तिले आश्रममा रहेका व्यक्तिलाई खाना खुवाउने कार्यक्रम हो । दाताहरुका नाम टिपेर महिना महिनामा गर्ने काम समेत लकडाउनका कारण प्रभावित बनेको बेला अहिले सहयोगी हातको खाचो आवश्यक भएको पूर्व अध्यक्ष वनेपालीले बताएका छन् । विगतदेखि नै सहयोगी हातबाट सञ्चालित यो आश्रमलाई अहिलेको विषम परिस्थितिमा अझ सहयोगको खाचो रहेको समत उनले बताए ।
