धरान ८ वैसाख ः जोखिम मोलेर काम गर्ने क्षेत्रमा जति कोरोनाको सन्त्रास हुन्छ त्यति नै सामाजिक दृष्टिले हेर्ने दृष्टिकोणमा पनि फरक हुन्छ । विशेष गरेर प्रहरी प्रशासन, सुरक्षाकर्मी, चिकित्सक तथा सञ्चारकर्मीको हकमा यस्तो अवस्था आउने गरेको छ ।
त्यसमा पनि अस्पतालमा काम गर्ने चिकित्सक, सुरक्षाकर्मी त झन् यस्तो अवस्थाबाट बढी त्रसित हुन्छन् । उनीहरुलाई समाजबाट प्रँेत्साहन गर्नुपर्नेमा संवेदनशील क्षेत्रमा काम गर्नेबाट कोरोनाको जोखिम बढी हुने भन्दै हेयको भावनाले हेर्ने प्रवृत्तिको विकास हुदै गएको छ । यसलाई मध्यनजर गरी नेपाल राष्ट्रिय सुरक्षा गार्ड श्रमिक सघ इकाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अध्यक्ष राजु श्रेष्ठले बस्ने, खानेको व्यवस्था गरिदिनुभएको छ ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विषम परिस्थितिमा पनि १ सय ३२ जना सुरक्षाकर्मी अहोरात्र खटिएका छन् । कोरोनाको संक्रमण भएको व्यक्ति आएमा पहिलो पंक्तिमा सबै चाजोपाजो मिलाउने उनीहरु नै हुने गर्छन् । यी मध्ये करिब १० जना धरान बाहिरबाट प्रतिष्ठान धाउने गर्छन् । उनीहरुलाई एकातिर गाउ समाजले कोरोनाको संक्रमणको बढी जोखिम भएको व्यक्तिको रुपमा हेर्ने गरिएको छ भने अर्कातर्फ कोरोनाका संक्रमण भइहाले कसरी परिवारलाई जोगाउने भन्ने चिन्ता एकातिर छ ।
सुरक्षाकर्मी लक्ष्मी वाग्लेले अस्पतालमा काम गर्दा पछिल्लो पटक छिमेकीहरुले मनोवैज्ञानिक त्रासले आफूलाई पनि पनि रोग सार्ने हो कि भन्ने भयका कारण यो विषम परिस्थितिमा अफ्ठ्यारो अवस्था आएको बताउनुभयो ।
यस्तै अर्का सुरक्षाकर्मी रेवत प्रधानले प्रतिष्ठानमा काम गर्दा संक्रमणको जोखिम अधिक भएको बताउदै अहिले सुरक्षाकर्मीलाई सामाजको दृष्टिकोणलाई चिर्न र परिवारलाई जोगाउन अत्यन्तै मुस्किल भएको बताउनुभयो । उहाले अहिले होम कोरोन्टाइनकै स्वरुपमा अध्यक्षले लकडाउन अवधिभरी बस्ने खाने व्यवस्था गरिदिदा सुरक्षाकर्मीलाई सहज हुने बताउनुभयो ।
संघका अध्यक्ष राजु श्रेष्ठल बीपी प्रतिष्ठानमा १ सय ३२ कार्यरतमध्ये १० जना धरान बाहिरका रहेको बताउनुभयो् । उहाले उनीहरूलाई लकडाउन अवधिभरिको लागि आफ्नै होटलमा खाने बस्ने व्यवस्था गरिदिएको बताउनुभयो । यउसका लागि धरान–१८ नम्बर वडा कार्यालयले खाद्यान्नका लागि सहयोग गर्ने र आफूले सञ्चालन गरेको धरान–१८ मा रहेको होटल ब्लुवर्ड एण्ड लजमा कोठाको व्यवस्था गरिएको बताउनुभयो ।
लकडाउनको समयमा होटल व्यवसाय ठप्प भएको समयालाई सदुपयोग गदै टाढाबाट आएकाहरुलाई खानपिनसंग बसोबासको व्यवस्था गरिएको हो । यसले उनीहरुको मनोवैज्ञानिक त्रासलाई हटाउदै आफ्नो कार्यमा उत्साह थपिने स्वयम् सुरक्षाकर्मीहरुले नै बताएका छन् ।
