इटहरी÷विगत २१ बर्षदेखि बजार मूल्य भन्दा अत्यन्तै कम मूल्यमा गुणस्तरीय समानहरु एउटै छानामुनिबाट उपलब्ध गराउदै आएको गोरखा डिपार्टमेन्ट स्टोरले आफ्ना ग्राहक तथा उपभोक्तालाई वर्तमान प्रतिकूल अवस्थामा समेत दैनिक अत्यावश्यकीय उपभोग्य सामान उपलब्ध गराउँदै आएको छ ।
संसारभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को उच्च जोखिममा नेपाल समेत रहेको चेतावनी विश्व स्वास्थ्य संगठनले दिएपछि बढ्दो प्रकोप नियन्त्रण गर्ने उद्देश्यले नेपाल सरकारले चैत्र ११ गतेदेखि जारी गरेको लकडाउनका कारण उपभोक्ताहरु दैनिक उपभोग्य सामानबाट बञ्चित नहुन भनेर गोरखा डिपार्टमेन्ट स्टोर इटहरी शाखाले होम डेलीभरीको व्यवस्था गरेको हो ।
स्टोरले इटहरी आसपासका ग्राहकहरुलाई मध्यनजर गरेर पहिलो चरणको होम डेलिभरि कार्यक्रम सम्पन्न गरेको छ । स्टोरका प्रबन्ध निर्देशक बलराम आचार्य भन्नुहुन्छ हामीले अत्यावश्यकीय दैनिक उपभोग्य सामानको होम डेलीभरि पहिलो चरणको कार्यक्रम सम्पन गरेका छौं । इटहरी शाखाले पहिलो चरणमा होम डेलीभरीको कार्यक्रम सञ्चालन गरे पनि अन्य शाखाबाट त्यस प्रकारको कार्यक्रम सञ्चालन गरिएको छैन । प्रबन्धक आचार्य भन्नुहुन्छ तराईमा बस्ने उपभोक्ताहरु खानाकै अभावमा अप्ठेरोमा पर्छन् जस्तो मलाई लागेन । हरेकले अपवादबाहेक एक दुई महिनाको लागि जोहो गरेका छन् ।
प्रवन्ध निनर्दैशक आचार्य भन्नुहुन्छ नेपाली उपभोत्ताहरु अझसम्म पनि समयप्रति त्यति सचेत नभएको पाइयो । होम डेलिभरिका लागि सम्पर्क गर्नुहुने ग्राहकहरुकोमा सामान लिएर जाँदा एक घण्टा दुई घण्टा ढिलो गरिदिने, समयमै सामान किन नल्याएको भेनर रिसाउने, पु¥याएको समान फिर्ता लैजानुस भन्ने गरेको पाइयो । यस्तो प्रतिकूल अवस्थामा पनि सामान घरमा पु¥याउँदा सहर्ष धन्यवाद दिनुपर्नेमा त्यस्तो देखिएन । यसबाट पनि प्रष्ट हुन्छ खानै नपाएर कुनै उपभोक्ता अप्ठेरोमा पर्लान जस्तो मलाई लाग्दैन, आचार्यले भन्नुभयो । धरानमा होम डेलीभरीको व्यवस्था छ छैन भन्ने सवालमा आचार्यले भन्नुभयो हाल धरानबाट त्यस्तो व्यवस्था गरिएको छैन । उहाँ भन्नुहुन्छ धरानमा बसोबास गर्नुहुने अधिकांश मानिसको तराईका विभिन्न स्थानमा जग्गा जमिन छ । आफ्नै जग्गा जमिनको उब्जनी उहाँहरु प्रयोग गर्नुहुन्छ । जग्गा जमिन नभएकाहरुले समेत पन्द्र दिन महिना दिनका लागि जोहो गर्नु भएको हुनुपर्छ । फेरि हाल स्थानीय निकायबाट विभिन्न सघ संस्था, राजनैतिक पार्टीहरुको सौजन्यतामा राहतको व्यवस्था गरिएको छ । राहतका प्याकेटहरु वितरण
गरिएको छ । पहाडतिरका उपभोक्ताहरुलाई चाहिँ अप्ठेरो परेको होला । वैदेशिक रोजगारको लागि युवाहरु पलायन भएपछि खेतियोग्य जमिन सबै बाँझै छन् । आपूर्ति व्यवस्था सहज नभएमा पहाडमा अप्ठेरो पर्ला, अन्यत्र त्यस्तो अवस्था छैन ।
स्टोरको पथरी र विराटचौक शाखा तीन घण्टा खुल्ला
गोरखा डिपार्टमेन्ट स्टोरका पाँच शाखामध्ये अन्य शाखाहरु पूर्ण रुपमा बन्द भएपनि मोरङ्गको पथरी शाखा र विराटचौक शाखा दैनिक तीन घण्टा खुल्ला हुने गरेको छ ।
पथरी नगरपालिका र सुन्दर हरैचा नगरपालिकाको आगह र स्थानीय उपभोक्ताको अनुरोध पश्चात ती दुई स्थानमा दैनिक अपरान्ह ३ बजेदेखि ६ बजेसम्म खुल्ला रहने गरेको छ । स्थानीय उपभोक्ता कृष्ण राई भन्नुहुन्छ गोरखा डिपार्टमेन्ट स्टोर बन्द हुँदा १० रुपैयाको सामानको पाँच गुणा बढी ५० रुपैयामा स्थानीय व्यापारीहरुले बेच्न थालेपछि दैनिक केही समय स्टोर खोलिदिन हामीले आग्रह ग¥यौ । यसका लागि स्थानीय सरकारसँग समेत अनुरोध ग¥यौं । जसका कारण हाल स्टोरका ती दुई शाखा सञ्चालनमा आएका छन । तीन घण्टा सञ्चालन हुँदा पथरी र विराटचौक आसपासका धेरै उपभोक्ताले राहतको महसुस गरेका छन् ।
स्टोरका सञ्चालक आचार्य भन्नुहुन्छ तीन घण्टामा दैनिक १५ सय देखि दुई हजार सम्म ग्राहकहरु आउनुहुन्छ । सबैलाई निश्चित दूरी कायम गरेर उपभोग्य देखि अन्य सामानको विक्री गरिने गरिएको छ । विराटचौक शाखामा उत्तरमा जाँते, केराबारी, बेलबारी, सलकपुर, रंगेलीसम्मका ग्राहकहरु आउने गरेको पनि आचार्यले बताउनुभयो ।
हरियो सागसब्जीको अभाव
लकडाउनका समयमा गोरखा डिपार्टमेन्ट स्टोरले नियमित रुपमा स्टोरबाट हरियो सागसब्जी विक्री वितरण गर्ने योजना बनाए पनि हाललाइ त्यो सम्भव नभएको स्टोरका म्यानेजर श्रीप्रसाद गौतमले बताउनुभयो ।

नेपाल सरकारले जारी गरेको लकडाउले हिरियो सागसब्जीको बजारमा अभाव हुँदै गएको छ । स्टोरले गोरखा गल्लीको सब्जी स्टोर खुल्ला गरेर विक्री वितरण गरे पनि प्रहरी प्रशासनको अनुरोधमा हाल बन्द गरिएको छ । यतिमात्र होइन स्टोरको हलगडामा रहेको बेकरी उद्योग समेत बन्द गरिएको छ । स्थानीयहरु भन्छन् बेकरी अत्यावश्कीय उद्योगमा पर्छ ।
सरकारले अत्यावश्यकीय उद्योगलाई हाई अलर्ट र प्रोटेक्सनका साथ सञ्चालन गर्न दिने शुक्रबार निर्णय गरेपनि प्रहरी प्रशासनकै अनुरोधमा हाल बेकरी उद्योग समेत बन्द गरिएको छ । उद्योगले दर्जनौ प्रकारका बेकरीहरु उत्पादन गर्दै आएको थियो । बेकरी उद्योग बन्द हुँदा निम्न वर्गका मानिसकहरु थप मारमा परेका छन् ।




