कोरोना आइरसबाट आक्रान्त अमेरिकी राष्ट्रपतिले भारतीय प्रधानमन्त्रीस“ग सहयोग मागे

नयाँदिल्ली (एजेन्सी)÷चीनले समयमै सूचना नदिएर विब्वलाई नै धोका दिँदा बुहान प्रान्तबाट फैलिएको कोरोना भाइसर (कोभिड १९) ले संसारमै आतंक मच्चाएको छ । अमेरिका जस्तो शक्ति सम्पन्न राष्ट्र समेत नराम्रोसँग प्रभावित भएको छ भने यूरोपका अधिकांश देशमा समेत हजारौले ज्यान गुमाएका छन्, लाखौ प्रभावित भएका छन् ।
पछिल्लो पटक कोरोना भाइरसबाट आक्रान्त अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सहयोगको आग्रह गरेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले शनिवार साँझ भारतीय प्रधानमन्त्री मोदीलाई फोन गरेर सहयोगको आग्रह गर्नुभएको हो ।
फोन वार्तामा अमेरिकी राष्ट्रपति ट्रम्पले कोरोना भाइरसका विरामीहरुमा प्रयोग हुने हाइड्राक्सीक्लोरोक्विन टेवलेटको लागि आग्रह गरेका थिए । कोरोना भाइरस टाक्स फोर्ससँग सम्बन्धित प्रेस कन्फेन्समा भारतीय प्रधानमन्त्री मोदीसँग भएको वार्ताका सम्बन्धमा अमेरिकी राष्ट्रपति ट्रम्पले भने आज मैले भारतीय प्रधानमन्त्री मोदीसँग फोन वार्ता गरें । वार्तामा रोकिएको हाइड्राक्सीक्लोरोक्विन टेवलेट पठाउन अनुरोध गरे । यता भारतइि पधानन्न्त्री नरेन्द्र मोदीले पनि हाइड्राक्सीक्लोरोक्विन पठाउन आग्रह गरेको जानकारी दिँदै ट्रम्प स्वयम्ले यो टेवलेट खाने बताएका छन् । उनले भने म पनि यो टेवलेट सेवन गर्छु । यसकालागि म मेरा डाक्टरसँग सल्लाह लिन्छु ।
अमेरिकी राष्ट्रपति टम्पले अगाडि भन्नुभयो भारतमात्र संसारको त्यस्तो देश हो जसले यो औषधि सर्वाधिक उत्पादन गर्छ । उनले आफ्ना नागरिकहरुलाई यो टेवलेटको आवश्यकता परेको अर्थात भारतका नागरिकहरुलाई पनि यो औषधिको आवश्यकता छ । भारतमा समेत एक अर्ब ३० करोड जनसंख्या रहेको छ । यद्यपि मैले भने हाम्रो माग अनुसार उक्त टेवलेट पठाइदिएमा म अभारी हुन्छु । उता अमेरिकी विदेशमन्त्री माइक पांम्पियो र भारतीय विदेशमन्त्री डा. एस.जयशंकर बीचमा समेत वार्ता भएको थियो । दुवै बीच भएको वार्तामा पनि कोरोना भाइरसका विरुद्धमा कसरी लडने भन्ने कुरा भएको थियो ।
यस भन्दा अगाडि प्रधानमन्त्री नरेन्द्र मोदीले शनिवारै अमेरिकी राष्ट्रपति ट्रम्पसँग टेलिफोन वार्ता भएको जानकारी दिनुभएको थियो । उहाँले आफूहरुबीच अत्यन्तै सौहाद्र्धपूर्ण रुपमा वार्ता भएको कुरा प्रधानमन्त्री मोदीले ट्वीटमार्फत जानकारी दिनुभएको थियो । हामी बीचको वार्ता अत्यन्तै रामो भयो कोरोना भाइरसका विरुद्धमा सँगसँगै कसरी लडन सकिन्छ भन्ने कुरामा केन्द्रित थियो उहाँले टिवीटमा उल्लेख गर्नुभएको छ । कोरोना भाइरसबाट नराम्रोसँग प्रभावित भएको अमेरिकामा हालसम्म ३ लाख एक हजार ९ सय २ जना प्रभावित भएका छन भने ८ हजार १ सय ७५ जनको मृत्युु भइसकेको छ । २४ घण्टाभित्रमा
अमेरिकामा २३,९४९ जना प्रभावित भएका छन् भने १ हजार २३ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया