चीनको गल्तिले आज विश्वले प्रताडित हुनुपरेको छ

डिसेम्बर २०१९ मा चीनको बुआन प्रान्तमा देखा परेको कोरोना भाइरस (कोभिड १९) को वास्तविक सूचना समयमै विश्वका अन्य देशले थाहा पाएका भए आज यो भाइरसका कारण विश्वले प्रताडित हुनुपर्ने थिएन ।
कोरानो भाइरस सम्बन्धी तत्काल चिनियाँ सरकारलाई जानकारी गराउने चिकित्सक र नर्सलई चीनले चेतावनीयुक्त जवाफ दिएपछि बा“की विश्वले यस सम्बन्धी यथार्थ थाहा पाउनै सकेनन् । अन्तत ः ती चाइनिज चिकित्सकको समेत कोरोना भाइरसकै कारण मृत्यु भएको छ भने विश्व आतंकित भएको छ ।
यति ठूलो महामारी सम्बन्धी प्रकोपको रहस्यलाई चीनले किन लुकायो ? प्रजातन्त्र र मानव अधिकारविहीन चीनले लापार्बाही गर्दा ठूलो संख्यामा चिनियाँ नागरिकहरुको समेत मृत्यु भएको छ । लाखौ प्रभावित भएका छन् । विश्व स्वास्थ्य संगठनले पछिल्लो पटक १३ हजारको मृत्यु भइसकेको आँकडा बाहिर ल्याएको छ । तर विज्ञहरु यो तथ्यांकलाई मान्न तयार छैनन् । चीनमा मात्र कोरोना भाइरसबाट ५० औ हजार मानिसको मृत्यु भएको, लाखौ प्रभावित भएको अनुमान गरिरहेका छन् । चीनले सरकारले तयार पारेको फर्जी आकंडा बाहिर ल्याएको हो । स्वतन्त्र विज्ञहरुलाई चीनले प्रवेश दिएर यो तथ्यांक बाहिर आएको होइन । इटालीमा यो संक्रमणबाट मुत्यु हुनेको संख्या ५ हजार भन्दा बढी रहेको छ । इरानमा १७ सय मानिसले कोरोना भाइसकै कारण ज्यान गुमाइसकेका छन् । विश्वका १ सय ९५ मुलुकमध्ये कोरोना भाइरसको सक्रमणबाट १ सय ८८ वटा मुलुकमा पुगिसकेको छ । तीन लाख भन्दा बढी मानिसमा यसको संक्रमण पुष्टि भइसकेको छ ।
कोरोना भाइरसका कारण चीनले यतिबेला विश्व आतंक फैलाइएको छ । अमेरिका, बेलायत, अष्ट्रेलिया, इरान, स्पेनमा हजारौे ज्यान गुमाएका छन् । ती निर्र्दोष नागरिककको मृत्युको कारण चीन नै हो । नेपाल जस्ता साना विकासोन्मुख मुुलुकहरु समेत कोरोना सन्त्रासबाट बाहिर आउन सकेका छैनन् । यद्यपि नेपालमा आजसम्म कोरोनाकै कारण कसैको मृत्यु भएको पुष्टि त भएको छैन तर निश्चिन्त बस्ने अवस्था पनि छैन । काँचो छलाको व्यापार, खानपानमा मनवीय सम्भयता विपरीतका गतिविधि जस्ता अनेकौ कारणले चीनबाट कोरोना फैलिएको पुष्टि भइसकेको छ ।
कोरोनाको भयावह चीनमा घटेका छैन । यद्यपि उसले डावाडोल बन्दै गएको आफ्नो अर्थतन्त्रलाई ध्यानमा राखेर कोरोना भाइरसबाट मुक्त हुँदै गएको भनेर दुष्प्रचार गरिरहेको छ ।
नेपालको निकट छिमेकी मुलुक भारतमा समेत चीनबाट फैलिएको कोरोनाबाट नराम्रोसँग प्रभावित भएको छ । भारतका २ राज्यमा कोरोना भाइरस भेटिएको पुष्टि भइसकेको छ । उद्योग, धन्दा कलकारखाना, शिक्षा संस्था, सीमानाकाहरु सबै बन्द गरिएका छन् । सार्वजनिक यातायातका सवारी साधन, हवाई उडान, रेल, मेट्रेरल सबै बन्द गरिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष सक्रियता र तत्काल उठाइएका कदमका कारण भारतमा ज्यान गुमाउनेहको संख्यामा बृद्धि भएको छैन । अझ सेल्फ क्रोन्टाइन, सेल्फ आइसुलेसन, जनता कÏर्यु जस्ता प्रभावकारी योजना प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक कार्यान्वयनमा ल्याएका प्रभावकारी कार्यक्रमबाट समेत कोरोनाले भारतमा अन्य मुलुकको तुलनामा प्रभावित पारिसकेको छैन । एकपछि अर्को प्रभावकारी कार्यक्रमहरु भारतले अगाडि सादै ल्याएको छ ।
आज चीनको गैर जिम्मेवारीपनलाई विश्वले दुत्कार्नुपर्ने हुन्छ । मानवीय क्षति, अर्थतन्त्रमा डावाडोल सम्पूर्ण कुराको जिम्मवारी चाइनाले लिनुपर्छ । आÏनै मुलुकको अस्तव्यस्त अवस्थालाई सम्हाल्न नसकिरहेको चीनले नेपाल जस्ता देशलाई कोरोना नियन्त्रण गर्न औषधि, चिकित्सक, मास्क पठाउने आश्वासन दिएर हास्यास्पद पात्र बनेको छ । आज जुन जुन स्थानमा चाइनिजहरु पुगेर विविध थरिका व्यवसाय गरिरहेका छन त्यो नै विश्वका लागि अभिषाप हो । आर्थिक क्षेत्रसँग सम्बन्धित निकायहरु बन्द हुँदा आज प्रभावित मुलुकको अर्थतन्त्रसमेतमा प्रभाव पर्दा जुन ती देशहरुलाई वौरिन बषौ लाग्ने गर्छ । तत्कालका लागि विश्व रंगमञ्चमा हुने चीनको हरेक आर्थिक गतिविधिमाथि सचेतना अपनाउनुपर्ने हुन्छ । जसबाट उसले आगामी दिनमा सूचना लुकाउने उसको आजको प्रवृत्ति पुन ः आगामी दिनमा नदोहोरियोस ।

तपाईको प्रतिक्रिया