धरान÷ः नेपाल सरकारले कोरोना भाइरस (कोभिड १९ को संक्रमणलाई मध्यनजर गर्दै चैत्र १० लामा दूरीका सवारी साधन चल्न रोक लगाएसंगै आइतबार धरानबाट चल्ने अधिकांश लामो दूरीका सवारी साधन ठप्प हुदा यात्रुहरु धरानमै अलपत्र परेका थिए ।
सरकारको निर्देशनलाई पालना गर्दै यातायात व्यवसायीहरुले धरानदेखि विराटनगर, पूर्व काकडभिट्टा, कोशी राजमार्ग अन्तर्गतको पहाडी सेवा तथा काठमाण्डौसम्मको यातायात बन्द गरेपछि गन्तव्यमा हिडेका यात्रुहरु अन्यौलमा परेका थिए ।
विश्वभरि नै माहामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणले हरेक क्षेत्रमा लक डाउन गर्दै आएको सरकार्ले आवाजत जावतमा समेत लक डाउन लगाउदा यात्रुहरु विचल्ली परे पनि उनीहरुले भयावह अवस्थामा यसरी यातायात बन्द गरेकोमा भने दुखेसो पोखेका छैनन् ।
काठमाण्डौबाट महालक्ष्मी नगरपालिका वडा नं. ३ चानुवा डाडागाउ हिड्नु भएका कृष्ण पाचकोटीले लामा दूरीका सवारी साधन चल्न रोक लगाउनु सह्रानीय काम भएको भएपनि यात्रुहरुको विचल्लीलाई मध्यनजर गरेर व्यवस्था गर्नुपर्ने बताउनुभएको थियो ।
यस्तै इटहरीबाट पाचथर हिड्नु धरान आएका दुई दाजुभाई विजय तामाङ र डोसाङ तामाङले पनि विश्वमै आतंकित बनाएको कोरोना भाइरसको संक्रमण नेपालमा जोखिम बढ्न नदिन सरकारले चालेको कदमको स्रहाना गर्दै विचल्ली भएका यात्रुहरुलाई सरकारले उचित व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका थिए ।
यता यातायात व्यवसायीहरुले यो बन्दको समर्थन जनाएका छन् । तरे सरकारले बिना तयारी बन्द गरेको बताउदै अलपत्र परेका यात्रुहरुबाटै कोरोनाको संक्रमण बढ्ने अवस्था भयावह हुने भएकोले यसतर्फ सचेत हुनुपर्ने तीनजुरे सुनसरी यातायात प्रा.लिका अध्यक्ष अमृत भजुलेले बताउनुभयो । उहाले कोशी पहाडी जिल्ला जाने ५ सय भन्दा बढी यात्रुहरु धरानमा अलपत्र परेको बताउदै उनीहरुलाई प्रहरी प्रशासन, यातायात व्यवसायीसंग मिलेर गन्तव्यसम्म पु¥याउने काम गरेको बताउनुभयो ।
