कोरोना भाइरस (कोभिड १९) बाट भारतमा चारसय जना संक्रमित ः दश भन्दा बढी राज्य पूर्ण रुपमा बन्द

एजेन्सी÷भारत सरकारले चीनको वुहान प्रान्तबाट फैलिएको प्राणघातक कोरोना भाइरस (कोभिड १९) बाट आफ्ना नागरिकको
सुरक्षामा अनेकौ उपायहरुको अवलम्बन गर्दै आएको छ । यद्यपि उक्त भाइरसबाट भारतमा चारसय जना संक्रमित भएको, आठ जनाको मृत्यु भएको छ भने दश भन्दा बढी राज्य पूर्ण रुपले बन्द भएका छन् ।
भारत सरकारले कोरोना भाइरसबाट आफ्ना नागरिकहरुको सुरक्षामा सम्पूर्ण ध्यान केन्द्रित गरेपनि सक्रमितको संख्या घट्नुको सट्टा बढिरहेको छ । पछिल्लो चौवीस घण्टामा ५० भन्दा अधिक मानिस कोरोनाबाट संक्रमित भएको र त्यसमध्ये तीजनाको मृत्यु भइसकेको छ ।
दिल्ली, राजस्थान, विहार, पञ्जाब, उत्तराखण्ड, छत्तीसगढ, झारखण्ड, जम्बु कस्मिर, तेलंगा, आन्द्र प्रदेश, नागालैण्ड, अरुणाचल प्रदेशमा कोरोना भाइरसका कारण चैत्र १८ गते अर्थात मार्च ३१ तारेखसम्म लकडाउन गरिएको छ । यसका अलावा उत्तर पदेशको १६ जिल्लालाई पनि २५ मार्चसम्म लक डाउन गरिएको थियो । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीका सबै सीमा शिल गरिदिएका छन् । उनले निर्माण कार्य, धार्मिक स्थल, डिटीसी बस सञ्चालनमा कटौती, पाँच जना भन्दा बढी मासिन जम्मा नहुन, अत्यावश्यक काम भन्दा बाहेक घरबाट ननिस्किन आग्रह गरेका छन् । खाद्यन्न तथा खानपिनका दोकान खुल्ला रहने, पेट्रोल पम्प, सीएनजी पम्प, एलजीपी ग्याँस, अस्पताल, खुल्ला रहने घोषणा गरेका छन् । यी नियमको उल्लघन गर्नेमाथि कानुनी काबाही गर्ने पनि उनले बताएका छन् ।

 
कोरोना भाइरसका विरुद्ध सम्पूर्ण भारतीय एकजुट
देशभरि तीब्र रुपमा फैलिरहेको महामारी कोरोना भाइरसका विरुद्धमा आइतबार सम्पूर्ण भारतीयहरुले आपसी आग्रह पूर्वाग्रह भुलेर एकता देखाएका थिए । जनता कÏर्युका समयमा आफ्नै घरमा बसेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्नुभएको आग्रहलाई उनीहरुल्े स्वागत गरेका थिए सम्पूर्ण देशबासीले यस्तो भयावहको अवस्थामा पनि नगारिकको सेवामा समर्पितहरुको ताली र थाल बजाएर धन्यवाद दिएका थिए । सबैभन्दा रोचक कुरा त के देखियो भने भारतीय प्रधानमन्त्री नरेन्द मोदीकी ममतामयी आमा हिरावेनले पनि जनता कÏर्युका समयमा जरुरी सेवामा समिर्पतहरुलाई थाल बजाएर हौसला प्रदान गर्नुभएको थियो । उता राष्ट्रपति रामनाथ कोविंद, रक्षामन्त्री राजनाथ सिंह र उप
राष्ट्रपति बंकैया नायडुले आफ्ना घर
परिवारसँग ताली र घण्टी बजाएर जनता कÏर्युका दिन सेवामा समर्पितहरुको हौसला बढाउनु भएको थियो । प्रधानमन्त्री नरेन्द्र मोदीको आग्रहलाई भारतभरि स्वागत गदै जनता कÏर्युको पालना गरी साँझ पाँच बजे आफ्नै घरमा बसेर ताली, घण्टी, संख, थाल बजाएर आफनो जीवनको प्रवाह नगरी जनताको सेवामा समर्पितहरुको हौसला बढाएका थिए ।
कोरोना भाइरस परीक्षण केन्द्रहरुमा बृद्धि
कोरोना भाइरसका कारण देशका दश राज्य पूर्ण रुपमा बन्द भएका छन् भने भारत सरकारले कोरोना भाइरस परीक्षण केन्दहरु थप गरेको छ ।
सरकारले विरामीहरुको जाँचका लागि २७ वटा नयाँ परीक्षण केन्द्रको स्थापना गरेको छ । हालसम्म ८९ परीक्षण केन्द्रमा कारोना भाइरसको परीक्षण भइरहेको थियो भने अब यो संख्या बढेर १ सय १६ भएको छ । यसका अलावा ६ वटा प्राइभेट क्लिनिकहरुलाई समेत भारत सरकारले
परीक्षण गर्ने अनुमति दिएको छ । अहिलेसम्म आन्द्र प्रदेशमा १, विहारमा ३, छत्तीस गढमा १, चण्डीगढमा ६, दिल्लीमा २६, गुजरात १८, हरियाणामा २३, हिमांचलमा २, जम्बु कस्मिरमा ४, कर्नाटकमा २६, केरालामा ६७, लद्वाखमा १३, मध्य प्रदेशमा ६, महाराष्ट्रमा ७४, ओडिसामा २, पदुचेरीमा १, पञ्जावमा १३, राजस्थानमा २५, तामिलनाडुमा ७, तेलंगामा २७, उत्तर प्रदेशमा २९, उत्तराखण्डमा ४, पश्चिम बंगालमा ७ जना कोरोना संक्रमित भएका छन् ।
सिएए र एनआरसीको विरोधका धर्ना कार्यक्रम बन्द


कोरोना भाइरसको प्रकोपबाट बच्नका लागि उत्तर प्रदेशको लखनउमा भइरहेको सिएए र एनआरसीको विरोधमा निरन्तर भइरहेको धर्नाका कार्यक्रम स्थगित भएको छ ।
प्रदर्शन स्थगित गरेपछि धर्नामा बसेका महिलाहरुले आफूले ओढेका सल धर्ना स्थलमै छोडेर हिडेका छन् । उनीहरुको भनाई छ कोरोना भाइरसको प्रकोप कम भएपछि हामी पुन ः धर्ना स्थलमा आउँछौं । कोरोना त्रासका कारण धर्ना स्थल छोडेका सबै महिलाहरुलाई प्रहरीले घर घरपु¥याइ दिएको थियो । १७ जनवरी देखि नै महिलाहरुले लनखउको घण्टाघरमा बसेर विरोध प्रदर्शन गर्दै आएका थिए । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्य नाथले जनता कफर्युप्रति संकेत गर्दे आगामी दिनमा यस्ता कफ्र्युका लागि जनता तयारी अवस्थामा बस्नुहुनेछ । प्रधानमन्त्री मोदीले आवहान गर्नुभएको जनता कफर्यु उत्तर प्रदेशमा समेत पूर्ण रुपले सफल भएको थियो । त्यहाँका सम्पूर्ण जनताले कफर्युको समर्थन गरेका थिए । सडक पूर्णरुपले खाली भएका थिए । युपीका प्राय ः सम्पूर्ण सहरका मानिसहरु आफ्नै घरभित्र बसेका थिए ।
आफूलाई बँचाउनुस्, आफ्नो परिवारलाई बँचाउनुस्
भारतले देशका कैयौ राज्यमा कोरोना भाइरसको प्रकोपलाई लिएर लकडाउन गरिदिएको छ । लक डाउन गर्दा समेत कतिपय भारतीय नागरिकले त्यसलाई गम्भीरतापूर्वक नलिएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार एक ट्विट गर्दे आफ्नो कुरा राख्नु भएको छ ।
प्रधानमन्त्री मोदीले आफनो ट्विटमा भन्नुभएको छ सरकारले गरेको लक डाउनलाई कतिपयले गम्भीरतापूर्वक लिएको देखिएन । कृपया आफू बाँच्नुस् र आफ्नो परिवारलाई बँचाउनुस । उहाँले अगाडि भन्नुभएको छ, सरकारको निर्देशनलाई गम्भीरतापूर्वक पालना गरिदिनुहोस् । राज्य सरकारसँग मेरो अनुरोध छ नियम र कानुनको पालना गर्नुहोस् ।
शाहीनबागको प्रदर्शनमा बसेकाले रणनीति बदले
दिल्लीको शाहीनवागस्थित नागरिकता कानुनको विरोधमा धर्ना बसेकाहरुले आफ्नो धर्नाको रणनीति बदलेका छन् ।
चीनको बुहानबाट शुरु भएको कारोना भाइरस विश्वव्यापी रुपमा फैलिएर आतंक सिर्जना गरेपछि संसारका सबै देशमा सन्त्रास फैलिएको छ । भाइरसका कारण जनजीवन त्रस्त बनेको छ । भारतको कैयौ राज्यमा लकडाउन भइसकेको छ । देशका विभिन्न स्थानमा भइरहेका प्रदर्शनका कार्यक्रमहरु समेत रोकिएका छन् । नागरिकता कानुनको खिलाफमा महिनौदेखि प्रदर्शनमा बसेका शाहिनवागका महिलाहरुले आफनो रणनीति बदलेका छन् । धर्नामा महिलाहरुले अब पाँच पाँच जनाको संख्यामा मात्र धर्ना गर्ने बताएका छन्। महाराष्ट्रको मुम्बईमा शाहीनवागकै जस्तो गरेर भइरहेको प्रदर्शन समेत कोरोना भाइरसका कारण रोकिएको छ । त्यहाँको मोरलैंड रोग नै ढाकेर ५० दिनदेखि प्रदर्शन भइरहेको थियो ।
कपुरसँग सम्पर्क भएकामा संक्रमण भेटिएन


बलिउडकी गायिका कनिका कपुरसँग हिमचिम र सम्पर्क भएकाहरुमा कोरोना भाइरसको संक्रमण भेटिएन । गायिका कपुरको कोरोना रिपोर्ट संक्रमित भएको पुष्टिसँगै त्यसले सबैमा सन्त्रास फैल्याएको थियो ।
उनीसँग सम्पर्कमा आएका सबैको कोरोना रिपोर्ट नेगेटिव आएको छ । कनिका कपुरका परिवारकका सदस्य र उनीसँग सम्पर्कमा आएकाहरुका लागि यो अत्यन्तै शुभ समाचार हो । कनिका कपुरसँग सम्पर्कमा आएकहरुको जाँचका लासग कानपुरबाट १९ र लखनउबाट १६ जनाकोे सेम्पल लिइएको थियो । त्यस भन्दा अगाडि कपुरको कोरोना भाइरस टेष्ट पोजेटिव आएको थियो । उनीसँग पार्टीमा कैयौ विशिष्ट मानिसहरु आएका थिए । राजस्थानका पूर्व मुख्यमन्त्री वसुंधरा राजे र उनका छोरा दयन्त सिंह पनि पार्टीमा सहभागी भएका थिए । उनीहरुको रिपोर्ट पनि नेगेटिव आएको छ । यद्यपि पार्टीमा आएका अधिकांश सांसदले सावधानी अपनाएका छन्, कतिपय सेल्फ आइसोलेसनमा बसेका छन् । कनिका फागुन २६ गते अर्थात मार्च ९ का दिन लण्डनबाट आएकी थिइन । भारत आएपछि उनी ४ वटा पार्टी र पारिवारिक भेटघाटमा सामेल भएकी थिइन् । यस्तै एउटा पाटी फागुन ३० गते अर्थात मार्च १३ मा लखनाउको ताज होटलमा भएको थियो । ताज होटलको त्यस पार्टीमा एक सय जना सहभागी थिए ।

तपाईको प्रतिक्रिया