धरान÷धरानको प्रतिष्ठित व्यवसायिक प्रतिष्ठान बराह ज्वेलरी इण्डष्ट्रिज प्रा.लि.मा कार्यरत इन्द्र विश्वकर्माको ५० हजार रुपैयाँ खाताबाटै गायव भयो, धरान १६ का पूर्ण बहादुर घिमिरेले लिएको ओडी कर्जाको सम्पूर्ण सावा व्याज तिरेपछि बैंकले जारी गरेको स्टेटमेन्टमा कुनै बाँकी बक्यौता नरहेको स्पष्ट गरे पनि दुई बर्षपछि व्याज बाँकी रहको भन्दै ताकेता गरेर दुःख दिएको, अर्का एक व्यवसायीको दुई लाख रुपैया अर्कैको खातामा हालेर रकमै गायव बनाइदिएको घटना हिमालय बैंक धरान शाखाका नियमित प्रक्रिया हुन् ।
ऋणी तथा निक्षेपकर्ताको रकम चरम रुपमा बदनियतपूर्ण लार्पाबाही गर्दै आएको हिमालयन बैंकले पछिल्लो समय उच्च अदालत र सर्वोच्च अदालतको निर्णलाई समेत धोती लगाउँदा सम्बन्धित निकायको मौनता थप रहस्यमय देखिएको छ ।
धरान १६ का नेपाली सेनाका पूर्व सैनिक पूर्णबहादुर घिमिरेले २०६३ पौषमा हिमालयन बैंकको धरान शाखाबाट १६ लाख ओडी कर्जा माग गर्दैदेखि बैंकले ठगीको जाल बुनेको बताउनुहुन्छ । ओडीबाट रकम लिँदा बंैकले ओडीतर्फ १० लाख ५० हजार र सुविधातर्फ ४ लाख ५५ हजार
गरी दुईवटा शीर्षकमा रकम राख्न लगायो । उहाँ भन्नुहुन्छ सुविधाको समय पाँच बर्षको भए पनि चार बर्षमै सम्पूर्ण कर्जा चुक्ता गर्दा २ प्रतिशत हर्जना व्याज बैंकले लियो । उहाँसँग ओडीतर्पmको १० लाख ५० हजारको शुरुदेखि ८ हजार ९ सय १० रुपैयाँ व्याज बुझाएको भौचर
रहेको र ऋण चुक्ता गर्नु भन्दा अगाडि तिरेका व्याज ३६ हजार ३ सय ७८ र बाँकी साँवा १० लाख ५० हजार रहेको बैंक स्टेटमेन्टमा प्रष्ट छ ।
ऋण लिएको ६५ दिनपछि चुक्ता गर्न जाँदा १२ प्रतिशतले रु २३ हजार व्याज हुनुपर्नेमा बैंकले बद्नियतपूर्ण ढंगले ८१ हजार असुलेको बैंक स्टेटमै प्रष्ट छ । त्यसपछि घिमिरे राष्ट्र बैंक हुँदै जिल्ला अदालत सुनसरी पुग्नुभयो । सुनसरी जिल्ला अदालतले सम्पूण भौचर, बैंक स्टेटमेन्ट हुँदा हुँदै पनि माग दाबी नपुगको भन्दै बैंककै पक्षमा फैसला ग¥यो । खाएको विस लाग्छ नखाएको विष लाग्दैन भन्दै उहाँ उच्च अदालत पुग्नुभयो । उच्च अदालतले जिल्ला अदालतको फैसला उल्ट्याउदै घिमिरेको पक्षमा फैसला दियो । बैंक पुनः सर्वोच्च गयो । सर्वोच्चले समेत उच्च अदालको फैसलालाई सदर गरिदियो । उहाँले सर्वोच्चको फैसला लिएर आफूले पाउनुपर्नै ६२ हजार ८ सय ४६ रुपयाँ बैंकसँग माग गर्नुभयो । बैैकले उक्त रकम नदिएपछि फैसला कार्यान्वयनका लागि उहाँ जिल्ला अदालत पुग्नुभयो । तर कार्यान्वयन भएन । उहाँ पुनः फैसला कार्यान्व्यन निर्देशनालय पुग्नुभयो । २०७४ असार १८ गते बैंकलाई आफ्नो आधिकारिक अडिट झिकाउन भन्दा त्यसवापत घिरिमेसँग उल्टै अडिट खर्चवापत १ लाख रुपैया माग ग¥यो । उहाँले उक्त रकम नदिएपछि विराटनगरका मनोज अधिकारीलाई बोलाई घिमिरको अनुपस्थितिमा अडिट गरायो । ज्यालादारीमा आएका अडिटरले उल्टै घिमिरेसँग ९ हजार ७१ रुपैयाँ बैकलाइ दिनुपर्ने देखायो । २०६८ देखि २०७३ सम्म यो रकम किन देखिएन, किन बैंक स्टेटमेन्टमा यो रकम देखिएन ? यो सबै बदनियततपूर्ण ढंगले गरिएको घिमिरे बताउनुहुन्छ ।
उता इन्द्र विश्वकर्मा भन्नुहुन्छ धरानमा हिमालयन बैंक खुल्दा आफूलाई पनि चिनेजानेका साथी रञ्जित मास्केले खाता खोल्न आग्रह गर्नुभयो । यसै अनुसार खाता खोलेका विश्वकर्माले २०६४ सालमा ५० हजार रुपैया आफ्नो खातामा जम्मा गर्नुभयो । पछि एटिएमबाट पैसा निकाल्न खोज्दा खातामा पैसा नभएको पाइयो । तपाईको रकम जम्मा नै छैन भन्यो, विश्वकर्मा भन्नुहुन्छ । राजु मास्केलाई कुरा गर्दा जम्मा गरेको भौचर लिएर आउनु भन्यो । भौचर लिएर गएँ । ठीक छ म हेर्छु भनेर भौचर आफैसँग राखे । हप्ता दिनपछि फोन गर्छु भनेको थियो तीन महिनासम्म पनि फोन नआएपछि पैसा लिएको अर्थात बैंकमा राखेजस्तो लाग्छ मात्र भने । आफूले जम्मा गरेको
रकमको भौचर माग्दा पनि हराइदिए । म्यानेजरसँग भेट गर्न खोज्दा दिएनन् । अर्को दिन पुन ः बैंकमा हल्लीखल्ल्ीि गरेपछि मेनेजरलाई भेट्नु भन्यो । भेट्दा सिसी क्यामेरा हेर्न आफ्ना स्टाफलाइ अह्राए । तीन महिनापछि क्यामेराका सबै दश्य डिलिट भएको भनियो । त्यसपछि मेनेजरको सरुवा भयो, आफूसँग डिलिङ्ग गरेको स्टाफलाई सरुवा गरे । त्यसपछि हिमालयन बैंक टेकेको पनि छैन, डाकाहरुले रकमै खाइदिए । विश्वकर्मा भन्नुहुन्छ म त्यही हुँदा एउटा केस आएको थियो । एकजनाले आफ्नो खातामा हाल्न दिएको दुई लाख रुपैया अर्कैको खातामा हालिदिएछन् । जसको खातामा पैसा गयो उसले पैसा निकालेर लग्यो । पछि पैसा लैजानेलाई बोलाएर केरकार गदै थिए । उसले पनि मेरो खातको पैसा तैले झुक्किएर हाले भनेर हुन्छ भनेर चकाचर्की पर्दै थियो विश्वकर्माले भन्नुभयो ।
