झुटो बोल्ने मन्त्रीको राजीनामा माग

विराटनगर÷कोरोना भाइरसले विश्व आतंकित बनिरहेको र यसको प्रकोपबाट बच्न र सावधानी अपनाउन अनेकौ उपाय गरिरहेको अवस्थामा प्रदेश नं १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले संफेद झुट बोलेको भन्दै सोमबार उनको राजीनामा मागिएको छ ।
प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतक केदार कार्की लगायतले उनको राजीनामा मागेका हुन् । मन्त्री घिमिरेले कोशी अञ्चल अस्पतालमा आइसोलेसन वार्ड तयारी अवस्थामा रहेको केही दिन अगाडि संसदलाई जानकारी गराएका थिए । साउदीबाट केही दिन अगाडि मात्र आएका दुई जना कोशी अञ्चल अस्पताल पुग्दा अस्पतालले आइसोलेसन नभएको भन्दै उनीहरुलाई धरानस्थित बीपी
कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरेको थियो ।
प्रमुख सचेतक कार्कीले भन्नुभयो सरकारका एक जिम्मेवार मन्त्रीले संसदलाई मात्र सफेद झुट बोलेका छैनन् प्रदेश नं. १ का जनतामाथि नै विश्वासघात गरेका छन् । यस्तो भयावह अवस्थामा झुटको खेति गर्ने मन्त्रीले पदमा रहनुको औचित्य नरहेको भन्दै कार्कीले आक्रोस समेत पोख्नु हुँदा मन्त्री घिमिरेको अनुहार हेर्न लायक भएको थियो । उनी नाजवाफ भएका थिए । कोशी अञ्चल अस्पताल स्रोतले दिएको जानकारी अनुसार भर्खरै मात्र अस्पतालमा आइसोलेसन वेडहरु तयार हुँदैछ । वेड तयार हुन केही समय लाग्ने अस्पतालले जनाएको छ ।

तपाईको प्रतिक्रिया