कोरोना भाइरस विरुद्धको अभियानमा सार्क राष्ट्रबीच साझा रणनीति बनाउन मोदीको प्रस्तावको स्वागत र समर्थन

नयाँदिल्ली(एजेन्सी)÷विश्वव्यापी महामारीको रुपमा देखिएको कोरोना भाइरस (कोभिड १९) विरुद्धको अभियानमा सार्क
राष्ट्रबीच साझा रणनीति बनाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्नुभएको प्रस्तावको सार्क राष्ट्रहरुले स्वागत र समर्थन गरेका छन् ।
कोरोना भाइरसले भारतमा मंगलबार सम्ममा दुई जनाको मृत्यु भएको छ भने १ सय १४ जनामा संक्रमणको पुष्टि भएको छ । पाकिस्तानमा २९ जनामा संक्रमणको पुष्टि भएको छ भने एकजनाको मृत्यु भएको छ अफगानस्थानमा ९ जना, बंगलादेशमा तीन जना, श्रीलंकामा दुई जना, भुटान र नेपालमा एक एक जना संक्रमित भएको पुष्टि भएको छ ।
विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई विश्वव्यापी महामारीको रुपमा घोषणा गर्नु अगावै भारतले कोरोना भाइरसका विरुद्ध लड्ने तयारी गरिसकेको थियो । पछिल्लो पटक शुक्रबार कोरोना भाइरस विरुद्धको अभियानमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफै नेतृत्व गर्ने संकेत देखाउनु भएको र साझा रणनीतिको प्रस्ताव राख्नु भएको थियो । उहाँले सार्क मुलकबीचमा साझा धारणा बनाउँदै विश्व नेतृत्वलाई सँगै आउन आमन्त्रण समेत गर्नुभएको छ । प्रधानमन्त्री मोदीको यस कदमले प्रमाणित गरिदिएको छ उहाँ विश्वको साथ लिन र नेतृत्व दिने क्षमता राख्नु हुन्छ । कोरोना भाइरस सम्बन्धी अभियानले भारतीय प्रधानमन्त्री मोदीलाई एउटा कुशल राजनीतिज्ञ अर्थात स्टेटमेनको रुपमा चिनाएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकै योजनामा एक अर्ब ३५ करोड जनसंख्या भएको भारतमा कोरोना भाइरसले महामारीको रुप लिन पाएको छैन । भारतीयहरुलाई मात्र नभएर संसारका अन्य देशका सरकार प्रमुखहरुलाई समेत थाहा छ कोरोना भाइरसले महामारीको रुप लिन थालेपछि प्रधानमन्त्री मोदीले भारतमा ‘ग्रुप अफ मिनिस्टर्स’ गठन गर्नुभयो । हरेक दिन उहाँले आफै ट्वीट गरेर स्वास्थ्य सम्बन्धी सन्देशहरु जारी गरिरहनु भयो । जसका कारण कोरोनाले भारतमा महामारीको रुपमा फैलिन पाएन । एपिक सेन्टर चीनको सबैभन्दा नजिक भएर पनि भारतले यो महामारी फैलन नदिएर नियन्त्रमा राख्न सफल भयो । होमियोपैथी, अन्य औषधी र कोरोनाबाट बच्ने उपायका बारेमा मुलुकभरि जागरुकता अभियान चलाइयो । विश्व स्वास्थ्य संगठनले महामारीको घोषण गर्दा भारतीय नागरिकहरु सतर्क भइसकेका थिए ।
पछिल्लो पटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसको महामारीसँग लड्का लागि विश्वका अन्य देशलाई पनि सँगै हिड्न प्रेरित गर्नुभयो । विरामीहरुको भयावह अवस्थालाई हेरेर कैयौ देशले प्रधानमन्त्री मोदीसँगै सहकार्य गरेर अगाडि बढ्ने घोषणा गरिसकेका छन् । जसका कारण मोदी पहिलो राजनैतिज्ञका रुपमा देखिएका छन् जसले कोरोना भाइरसका विरुद्ध संसारका एक अर्का देशसँग पारस्परिक सहयोगको आवहान गरे । शुक्रबार मोदीले सार्क देशलाई ट्विट मार्फत आवहान गर्नुभयो भने आइतबार सार्क देशहरु कोरोना भाइरससँग मिलेर लड्ने प्लेटफर्ममा सहभागी भइरहेका थिए । यो अभियानको मुख्य उद्देश्य पूरै उपमहाद्धिपलाई यो महामारीबाट बचाउन सकियोस भन्ने नै थियो। प्रधानमन्त्री मोदीको अपिल छ सम्पूर्ण देश हात मिलाएर संसारका अगाडि उदाहरण प्रस्तुत गर्न सक्छौ । विहीबार भारतीय पधानमन्त्री मोदीलाई इजरायलका प्रधानमन्त्री बेनजामिन नेतान्याहुको फोन आयो । दुवै प्रधानमन्त्रीबीच सुमधुर सम्बन्ध रहेको छ । इजरायली प्रधानमन्त्रीले कोरोना भाइरसलाई नियन्त्रण गरेरै छाडने बताएका थिए । दुवै बीचमा कोरोना भाइरस कन्ट्रोलकै विषयमा चर्चा भएको थियो । लगत्तै ब्रिटेनका प्रधानमन्त्री बोरिस जोन्सनसँग पनि मोदीले फोनवार्ता गर्नुभएको थियो । दुवै बीच कोरोना भाइरसकै विषयमा चर्चा भएको र मोदीले व्रिटेनकी स्वास्थ्य मन्त्री एन डोरिस कोरोनाबाट पीडित भएकोमा चिन्ता व्यक्त गर्दै सिघ्र स्वास्थ्य लाभको कामना समेत गर्नुभएको थियो ।


यहाँ स्मरणीय कुरा के छ भने भारतीय प्रधानमन्त्री मोदीको घनिष्ट सम्बन्ध अन्य देशका राष्ट्राध्यक्ष, सरकार प्रमुखहरुसँग कोरोना भाइरसलाई लिएर भएका वार्ताले प्रष्टयाउँछ । भारतीय परम्परा नमस्ते आज विश्वका अन्य देशले समेत अनुशरण गर्न थालेका कछन् । यद्यपि नमस्ते नेपालको सन्दर्भमा समेत परापूर्व कालदेखि चल्दै आएको पुरानो परम्परा हो । आज नमस्ते स्टाइलले विश्वभरि चर्चा पाएको छ । कोरोनाकै कारण हात मिलाउने अंगाले मार्ने परम्परा नमस्तेमा परिणत भएको छ । विश्व स्वास्थ्य संगठनको रिजनल डाइरेन्टर पुनम खेत्रपालले कोरोनाका विरुद्ध भारत सरकारले चालेको कदमको सह्राना गरेकी छन् । प्रधानमन्त्री मोदीको प्रस्तावलाई नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल समर्थन गर्नुभएको थियो । यसैगरी श्रीलंका, माल्दिभ्स, भुटान, अफगानस्थान, बंगलादेशले समेत समर्थन गरेका थिए भने पाकिस्तानले समेत प्रधानमन्त्री मोदीको प्रस्तावमा सहकार्य गर्न समर्थन गरेको छ ।
भारतमा कोरोना रोकथामका लागि सीमा नाका बन्द
भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या १ सय १४ पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयले मंगलबार उक्त कुराको जानकारी दिएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार कोविड १९ को संक्रमण अहिलेसम्म १ सय १४ जनामा पुष्टि भएको छ ।
कोरोना भाइरसको अवस्थालाई ध्यानमा राखेर भारत सरकारले आफ्ना सीमाहरु बन्द गर्ने निर्णय गरिसकेको छ । आइतबारदेखि पाकिस्तान, बंगलादेश, नेपाल, भुटान र म्यानमार बोर्डरबाट आवागमनमा रोक लगाइदिएको छ ।
भारतको गृह मन्त्रालयका अनुसार अर्को निर्णय नहुन्जेलसम्म भारतका छिमेकी देशसँगको आवागमन बन्द गरिएको छ । तर केही नाकाहरुबाट जरुरी आवागमन हुन सक्छ ।
भारतमा कोरोना भाइरसका कारण विरामीहरुको संख्या बढिरहेको छ । हाल भारतको महाराष्ट्र प्रदेशमा सबैभन्दा ज्यादा ३१ संक्रमित भएका छन् । यद्यपि सरकारले भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९३ बताएको छ । यसमध्ये दुईजनाको मृत्युु भएको थियो भने १० जना पूर्ण स्वास्थ्य लाभ गरेर फर्किएका छन् । भारतको केन्द्र सरकारले कोरोना भाइरसलाई आपतकालको घोषणा गरेको छ । यसैबीच भारतीय गृह मन्त्रालयले घोषणा गरेको छ कोरोनाबाट मर्नेका परिवारजनलाई ४ लाखको दरले सहयोग उपलब्ध गराइने छ । तर भारत सरकारले पछिल्लो पटक यो निर्णय परिवर्तन गरेको छ । भारत सरकारले भारत बंगलादेश क्रस बोर्डर ट्रेन र बस १५ अप्रिलसम्म बन्द रहने र यसको अवधि अझ बढ्न सक्ने जनाएको छ ।
कोरोना भाइरसकै कारण भारतका आधा राज्यका स्कुल कलेज ३१ मार्च सम्मका लागि बन्द गरिएका छन् । यसमा दिल्ली, उत्तर प्रदेश, महाराष्ट्र, छत्तीसगढ, जम्बु, हरियाणा, केरला रहेका छन् । कोरोना भाइरसको संक्रमण बढेकै कारण सरकारले त्यस प्रकारको कदम चालेको हो । भारत सरकारले आफ्ना नागरिकसँग आग्रह गरेको छ कसैले पनि अन्य देशको यात्रा नगर्नु । सरकारले ठूलो स्तरमा क्वारेन्टाइन र लैब्सको काम शुरु गरेको छ ।
पूर्व पाकिस्तानी क्रिकेटर शोएव अख्तरको चीनमाथि आक्रोस


कोरोना भाइरसले आज विश्व नै आतंकित भएको छ । यसबाट लगातार संक्रमित हुनेहरुको संख्या विश्वमै बढिरहेको छ । हजारौ मानिसको कोरोनाकै कारण मृत्यु भइसकेको छ ।
कोरोना भाइरसका कारण सबै कुरा बन्द हुँदै गएका छन् । कोरोनाका कारण कैयौ खेलको आयोजना बन्द हुँदै गएका छन् । यसैलाई लिएर पाकिस्तानका पूर्व तेज बलर शोएव अख्तरले यो सबै अवस्थाको कारक तत्व चीन रहेको बताएका छन । शायव अख्तरले आफनो युटुव च्यानलमा भिडियो सेयर गर्दै चीनप्रति आक्रोस पोखेका छन् । उनले भनेका छन् तिमीहरुलाई चमगाड खान, उसको
रगत खान, पिसाब खान के जरुरी थियो । यसैका कारण पूरै संसारमा यो भाइरल फैलिएको हो । चिनियाँहरुले संसारलाई आपत्तमा पारिदिएका छन् । उनले भनेका छन् मैले बुझ्नै सकिनँ तिमीहरु चमगाड, कुकुर, विरालो कसरी खान सक्छौं ? मलाई यथार्थमा अत्यन्तै रिस उठेको छ अख्तरले भनेका छन् । यद्यपि म चाइनिज नागरिकको विरुद्धमा छैन तर त्यस प्रकारको लााइफ स्टाइलको विरोधी हुँ । यो तिमीहरुको कल्चर होला तर यसले केही फाइदा हुँदैन । उनले भनेका छन् यो मान्छेलाई मार्ने जस्तै हो । भगवानले जब खानका लागि यत्तिका चीज बनाएका छन फेरि पनि तिमीहरुलाई त्यस्ता कुरा खान के जरुरी छ । उनले भनेका छन् विश्वभरि आज खतरा फैलिएको छ । टुरिजम अस्तव्यस्त भएको छ । अर्थतन्त्रमा नकारातमक असर परेको छ ।
संसारका मानिस कैदी जस्ता भएका छन् ।
इटालीबाट २१८ जना भारतीय नागरिक स्वदेश ल्याइयो
आज संसारका हरेक देश कोरोना भाइरसबाट त्राहिमाम भएका छन् । एसिया, अफ्रिका, युरोप तथा हरेक महाद्धिपमा कोरोनाको संक्रमण बढी
रहेको छ ।भारतमा समेत कोरोनाको भयावह असरहरु देखिन थालेको छ । यद्यपि भारत सरकारले संसारका विभिन्न ठाउँमा पुगेका आफ्ना नागरिकहरुलाई सुरक्षित राख्नका लागि धमाधम स्वदेश ल्याउन थालेको छ ।
कोरोनाबाट नराम्रोसँग प्रभावित इटालीबाट भारतले २१८ जनालाई आइतबार स्वदेश ल्याएको छ । जसमा २११ जना छात्र–छात्रा छन् । यसभन्दा अगाडि इरानमा फँसेका २३० भन्दा बढी आफ्ना नागरिकहरुलाई स्वदेश फिर्ता ल्याएको थियो । ती सबैलाई एयर इन्डियाको दुईवटा विमानबाट ल्याइएको थियो । आफ्ना नागरिकलाई भारत ल्याएको जानकारी दिँदै विदेश
राज्य मन्त्री बी मुरलीधरनले भन्नुभयो जसलाई फिर्ता ल्याइएको छ उनीहरुलाई १४ दिन सम्म अलग राखिन्छ । मुरली धरानले ट्विट गर्दै भन्नुभएको छ मिलानबाट २११ छात्रा समेत २१८ जना दिल्ली आइपुगेका छन् । भारतीय नागरिक जहाँ भए पनि अप्ठेरोमा हुन्छन भने भारत सरकार उनीहरु समक्ष पुग्छ । उनले भनेका छन् इटाली सरकार, इटालिमा भारतीय दल, एयर इन्डिया र विदेश मन्त्री डा. एस जयसंकरको सहयोगका लागि धन्यवाद ।
भारतद्वारा कोरोना विरुद्धको अभियानमा एक करोड डलरको घोषणा
चीन पश्चात कोरोना भाइरसले यतिबेला युरोपलाई अस्तव्यस्त बनाएको छ । फ्रान्समा मात्र कोरोना संक्रमित ५ सय नाघेको छ भने ८० जनाको मृत्यु भइसकेको छ । अनेकौ सावधानी अपनाउँदा पनि यसको प्रकोप घट्नुको सट्टा बढिरहेको छ । इटालीमा २४ घण्टामा ३ हजार ४ सय ९७ जनामा संक्रमण देखिएको छ भने १ हजार ५ सय भन्दा बढीको मृत्यु भइसकेको छ ।
संसारका हरेक देशले कोरोना भइरसका कारण संकटकाल घोषणा गरेका छन् । कोरोनाबाट भारतमा हालसम्म दुईजनाको मृत्यु भएपछि भारतको केन्द्र सरकारले राष्ट्रिय विपतको घोषणा गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले यो विपतसँग लड्न एउटा अभियान नै चलाउनुपर्ने भएको बताउन भएको छ । उहाँले आइतबार सार्क राष्ट्रका सरकार प्रमुख तथा राष्ट्राध्यक्षहरुसँग भिडियो कन्फ्रेन्स गरेर यस सम्बन्धमा चर्चा गर्नुभएको थियो ।
भिडियो कन्फ्रेन्समा श्रीलंकाका राष्ट्रपति गोटवया राजपाक्षे, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, अफगानस्तानका राष्ट्रपति असरफ घानी, माल्दिभ्सका राष्ट्रपति इब्राहिम सोली, भुटानका प्रधानमन्त्री लोटे सेरिङ्ग र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको सहभागिता
रहेको थियो । त्यस अवसरमा भारतीय प्रधानमन्त्रीलाई अन्य देशका राष्ट्राध्यक्ष एवम् सरकार प्रमुखहरुले कोरोना भाइरसको आफ्ना देशमा भएको प्रभावका बारेमा बताएका थिए । प्रधानमन्त्री मोदीले भिडियो कन्फ्रेन्समा भनुभयो आत्तिनु पर्ने अवस्था छैन । एक साथ यसको विरुद्धमा लड्नुपर्छ । खास गरेर सार्क राष्ट्रले सावधानी अपनाउनुपर्छ । उहाँले भन्नुभयो यति छोटो समयमा यस सम्बन्धी चर्चामा तपाइहरुसँग सहभागी हुन पाउँदा सबैलाई धन्यवाद दिन्छु । खास गरी म नेपालका प्रधानमन्त्री केपी शर्मा आलीलाई धन्यवाद दिन्छु किनकी उहाँ उपचार पश्चात यो चर्चामा सहभागी हुनु भएको छ । उहाँले सार्क देशमा इमरजेन्सी फन्ड बनाउनका लागि भारतले एक
करोड डलर दिने घाषणा पनि गर्नुभएको थियो ।
यहाँ स्मरणीय कुरा के छ भने भारतले कोरोनासँग लड्नका लागि पहिलादेखि नै आइसोलेसन क्याम्पको व्यवस्था गरेको थियो । जसका कारण विदेशबाट ल्याइएका आफ्ना नागरिकहरुलाई राख्न सहज भएको छ । भारतले अमेरिका भन्दा पनि पहिला एयरपोर्टमा स्क्रिनिङ्ग टेस्ट शुरु गरेको थियो । भारतले एयरपोर्टहरुमा २२ जनवरीदेखि स्क्रिनिङ्ग टेस्ट शुरु गरेको थियो भने अमेरिकाले २५ जनवरीबाट शुरु गरेको थियो ।

तपाईको प्रतिक्रिया