नेपाली कप्तान पारस बने डिभिजन टुको उत्कृष्ट खेलाडी

काठमाडौं । नेपाली क्रिकेट टीमका कप्तान पारस खड्का आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन टूमा उत्कृष्ट खेलाडी घोषित भएका छन् ।
नेदरल्याण्ड च्याम्पियन बनेको छ भने नेपाल चौथोमा सिमित भएको छ । तर, नेपाली कप्तान पारस प्लेयर अफ दि सिरिज घोषित भएका हुन् ।
नामिवियामा खड्काको व्याटिङ र वलिङ दुबै उत्कृष्ट थियो । उनले प्रतियोगितामा कुल ६ विकेट लिएका छन् भने दुई अर्धशतकसहित १८५ रन बनाएका छन्, जसमा २० चौका र ६ छक्का समेत संलग्न छ ।
खासगरी प्रतियोगिताको दुई बलियो टीम नेदरल्याण्ड र नामिबियाविरुद्ध नेपालले जित हात पार्दा कप्तान खड्काको महत्वपूर्ण भूमिका रहयो । नेदरल्याण्डबिरुद्ध नेपालले २ विकेटको जित हात पार्दा उनले २५ रन खर्चेर २ विकेट लिए भने १९ रन पनि बनाए ।
क्यानडाबिरुद्ध ७७ रन बनाउनुकासाथै १ विकेट पनि लिए । जुन खेल नेपालले ७ विकेटले जित्यो । यस्तै नामिबियाबिरुद्ध नेपालले ३ विकेटको जित हात पार्दा पारसले ६४ रन बनाएका थिए । डिभिजन टु मा नेपालको पहिलो खेलमा पारसले १४ रन दिएर युगाण्डाको ३ विकेट लिएका थिए भने ५ रन पनि जोडेका थिए । यस्तै लिग चरणको अन्तिम खेलमा केन्याविरुद्ध २० रन बनाएका उनी तेस्रो स्थानका लागि केन्यासँगै भएको खेलमा भने शुन्यमा नै आउट भए ।

तपाईको प्रतिक्रिया