घण्टाघरबाट हेर्दा

हाननीयको क्याब्रे
ताननीय र छाननीय दुई प्रकारका सभासद रहेका हाम्रो देशाा माघ ८ गतेपछि हाननीय सभासदहरुसमेत देखिएका छन् । ताननीय समानुपातिक प्रक्रियाबाट र छाननीयचाहिा जनताले छानेर पठाएका भित्रैबाट हाननीय माने तोडफोड गर्ने, नाराजुलुस गर्ने र संसदभित्रै क्याब्रे डान्स गर्नेहरुले यसपटक नेपाली जन्तालाई भरपुर मनोरञ्जन दिलाएका छन् । संविधानसभाका थुतुने माने सभामुख सुभाषचन्द्र नेम्वाङ्गले निक्कैबेर टोलाएर हेरेपछि उन्लाई पनि ख्याल मज्जा लागेन छ । तुरुन्तै उन्ले घोषना गरे हाननीय सभासद ज्यूहरु थप कुर्सी भााच्न र एकअर्कालाई ठोकाठोक गर्न थप पााच मिनेटको समय छुट्याइएको छु भनेर घोषणा गर्नासाथ प्रचण्डाउ, बाउराम, मधेशी दलहरु हात उठाइ उठाई, कम्मर मर्काई मर्काई, कुर्सी भााचाभाच माइक तोडफोड फोडाफोड गरेर कम्ता रमाइलो गरेनन् । त्यस्तरी नाच्न, गाउन, उफ्रन पाइने भएसी’ संविधान बनाउने झन्झट कस्ले
गरोस् । जेहोस् हाम्रा हाननीय सभासदज्यूहरुको तीक्ष्ण बुद्धिलाईचाहिा मान्नैपर्छ वा †
वैधाउको चिन्ता
हिजो आज ड्यास माओवादीका अध्येक्षे मोहन वैधाउलाई एउटा चिन्ताले सताउन थाल्या छ । संसदमा त्यत्रा नाराजुलुस लाग्यो तर वैधाउले उठाएका कुनै पनि कुरामा नारा लागेन । यसमा वैधाउको साह्रै चित्त दुख्या
रै’छ । उन्ले संविधानसभा भंग हुनुपर्छ भनेर भन्दै आएका थे । तर नारा जुलुस गर्दा कसैले त्यो कुरा उठाइ दिएनछन् । हुन त नारा लगाउनेले संविधान भंग गर भनेर कसरी भनुन । त्यही साासद भएका कारण लुतुलुतु तलब भत्ता कुम्ल्याउन पाएका छन् । क्याविन रेष्टुरेन्ट र डान्सवारहरुमा चिपिक्क मैयाा च्यापेर बस्न पाएका छन्, राजधानीमा घर घडेरी जोड्न पाएका छन् । त्यस्तो सुविधा पाउादा पाउादै किन भंग होस् भन्थे त ? वैधाउका कुनै सभासद छैनन् । भा’भे ती पनि संविधानसभा भंगको नारा ज्यान गए नि लाग्ने थेनन् ।
खोसार्नको धुलो
संसद भवनमा अस्तिका दिन १० पोका खोर्सानीको धुलो भेटिएछ । जाबो खोर्सानीको धुलो भेटिदा त्यत्रो हागामा किन गर्‍या होला । संसदमा जाबो खोसानीको धुलो त भेटियो नि । बम, हात हतियार त भेटिएको हैन क्यारे । माओवादीकी सभासद ओमसरी घर्तीको कार्यकक्षबाट १० पोका खोर्सानीको धुलो भेटिएछ । विचरीले घरका लागि किनेर घर पुर्‍याउनै नपाई संसदमा आएको थिएन होला । त्यसलाई पहाडै बनाइयो । संविधान बनाउन गएकाहरु जावो खोर्सानीको धुलोदेखि डराएपछि घण्टाको संविधान बनाउाछन् । फेरि ती सुरक्षाकर्मी पनि कस्ता मापाको खोर्सानीको धुलो भेटिएको भोलिपल्ट कडा चेक
गरेछन् । संसद भवनमा छिर्ने सभासदको कोट खोल्न लगाएछन्, अरु पनि के के खोल्न लगाए । हुादाहुादा पेन्ट समेत खोल्न भनेपछि ती सभासद अक्क न बक्क भएछन् । पेन्ट खोल्यो भने त इज्जतै केही नरहने भएसी’ बाहिर आएर भनेछन् यो त हदै भयो । आखिरी खोर्सानीको धुलोले पेन्ट खोल्ने सम्म बनाइदियो ।
धन्न जोगिए
काम न काजका नेपालका
राष्ट्रपति माने रामवरन जादवको पद फेरि एकपटक धरापमा पर्नबाट जोगिएको छ । हुन त भगवान चाहे तो छप्पर फारकर देता है त्यसै भनिएको हैन । माघ ८ गते सविधान बन्या भे’ जादवको पद चैट्ट हुने थियो । अब विचरा ढुक्क भा’छन् । माउवादी लगायतका ३० दलीय मोर्चाले आन्दोलन नगरिद्या भए संविधान आउाथ्यो । संविधान आएको भे जादव शितल निवासबाट आउट हुने थे । हुन त संविधान नबनोस् भनेर जादवले ३० दलको भेटघाटमा सहमतिमै बनाउनु् भनेर उचाल्या थे । उनीहरुलाई पनि उचालिदिए । अब त जादवले ३० दलीय मोर्चाका नेताहरुको फोटो भित्तामा राखेर विहान बेलुकै जदौ गरे हुन्छ । पद जोगिएको छ । पद जोगिनु सानो कुरा हो ? कि कसो हौ ?

तपाईको प्रतिक्रिया