धरान÷ धरानका एक सुन पसल एक सुन पसलेले रकम डुबाएर भागेका भन्दै घर घेराउ गरेका छन्
धरान ३ मा आफ्नै घरमा न्यू जयन्ति सुन पसल सञ्चालन गर्दै आएका उनी एक महिनादेखि गायव भएपछि आफ्नो रकम डुब्ने डरले घर घेराउ गर्नुका साथै वडा प्रहरी कार्यालय धरानमा उजुरी समेत गरेका छन् ।

पीडितहरुका अनुसार उनी एक महिना भन्दा बढी समय देखि गायब भएका छन् । १८ प्रतिशत व्याज ा छन् । १८ प्रतिशत व्याज दिन्छु भन्दै रकम लिने गरेका उनी फरार भएपछि आफ्नो रकम डुबेको भन्दै पीडितहरुले घर घेराउ र प्रहरीमा उजुरी दिएको धरान उपमहानगरपालिकाका वडा नं. ३ का वडा सदस्य विकास वनेपालीले बताउनुभयो ।
उहाले १८ प्रतिशत व्याज दिन्छु भन्दै सर्वसाधारणको १२ करोड भन्दा बढी रकम लिएका बुझिएको बताउनुभयो । रकम डुबेका सर्वसाधारणहरुले उनलाई झिकाई रकम फिर्ता गरिदिन प्रहरीमा उजुरी समेत हालेका छन् ।
