प्रदेशन न. १ का उत्तरी सीमा नाकाहरु कोरोना भाइरस (कोभिड १९) को उच्च जोखिममा संखुवासभा, ताप्लेजुङका नाकाहरुबाट निर्वाध भित्रिन्छन् चिनिया नागरिक ः संघ, प्रदेश र स्थानीय निकाय बेखबर

संखुवासभा (भोटखोला)÷नोवल कोरोना भाइरस (कोभिड १९) ले विश्वव्यापी रुपमा महामारीको रुप लिइरहेको अवस्थामा नेपालले उच्च शतर्कता अपनाउन उदासीनता देखाउँदा प्रदेश नं. १ को उत्तरी सीमा संखुवासभा,ताप्लेजुङ्गका दर्जनौ नाकाहरुबाट चिनियाँ नागरिकहरु निर्वाध भित्रिइरहेका छन् ।
चीनको बुआनबाट फैलिएको कोरोना भाइरसबाट जोगिनकै लागि चिनियाँ नागरिकहरु संखुवासभा जिल्लाको भोट खोला वडा नं. ११ किमाथांकाबाट विभिन्न वहानामा नेपाल प्रवेश गनै गरेको त्यहाँका स्थानीइहरुले बताएका छन् । नेपाल र चीनको महत्वपूर्ण नाकाका रुपमा रहेको किमाथांका हुँदै नेपालीहरु समेत तिब्बतको नजिक रहेको रियु बजार पुगेर दैनिक उपभोग्य सामानसँगै लत्ता कपडा खरिद गर्ने गरेका छन् ।


भोटखोला अर्थात किमाथांका हालसम्म सडक सञ्जालसँग नजोडिएको, अत्यन्तै विकट, राज्यको शून्य उपस्थिति भएकोले पनि चिनियाँहरुलाई यो नाका भएर नेपाल प्रवेश गर्न सहज भएको स्थानीय नर्वु भोटेले बताए । हालसम्म कोरोनाको सन्त्रास नदेखिए पनि स्वास्थ्य, यातायात, सञ्चारको समेत सुविधा नभएको भोटखोलाका स्थानीय सन्त्रासमा रहेका छन् । मुलुक संघीय संरचनामा जाँदा साविकका हटिया, चेपुवा, किमाथां भोट खोला गाउँ पालिका बनेपछि यसको एउटा वडाबाट अर्को वडामा पुग्न समेत दुई दिन हिड्नुपर्ने स्थानीयको बाध्यता छ । पातलो बस्ती र थोरै जनसंख्या भएकै कारण चिनियाँ नागरिकहरु महिनौसम्म स्थानीयका घरमा बस्ने
गरेको चेपुवाका ञीङ्गमा शेर्पा बताउँछन् ।
एकै खालको रहनसहन र सँस्कृति भएकोले पनि बाहिरकाले को स्थानीय को चिनियाँ नागरिक हुन भन्ने छुटयाउन सक्दैनन् । किमाथांकामा चीनले स्थानीयलाई सोलार निःशुल्क रुपमा जोडिदिएको छ । त्यसको मर्मत सम्हार गर्ने वहानामा चिनियाँ नागरिकहरुलाइ भोटखोलामा प्रवेश गर्न झनै सुविधा भएको शेर्पाको कथन छ । चिनियाँ नागरिकहरुले निर्वाध प्रवेश गर्ने गरेको चर्चा हुन थालेपछि सरकारले हाल आएर चीनसँग सीमा जोडिएका संखुवासभा र ताप्लेजुका नाकाहरुमा चिनियाँ नागरिकलाई प्रवेशमा रोक लगाउने निर्णय सोमबार गरेको छ । संघीय सरकारको समन्वयमा प्रदेश सरकारले चीन आवतजावतमा दुवैतिरका नागरिकरुहरुलाइ कडाई गर्ने, रोक लगाउने निर्णय गरे पनि निर्णय कार्यान्वयन हुने कुरामा भोटखोलाका स्थानीयमा विश्वास छैन ।
कोराना भाइरस फैलन नदिन र उच्च शर्तकता अपनाउन यस प्रकारको निर्णय गरेको प्रदेश न. १ को सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाका प्रमुख डा.सुरेश मेहताले बताए । यभन्दा अगाडि सखुवाभा र ताप्लेजुङ्गका विभिन्न नाका भएर निर्वाध आउजाउ हुने गरेकोमा अब यस्तो नहुने पनि उनले बताए । सोमबार संघीय सरकारको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका प्रमुख भोगेन्द्रराज डोटेलको नेतृत्वमा आएको टोेलीसँग छलफल भए पश्चात प्रदेश नं. १ ले त्यस्तो निर्णय गरेको हो । निर्णय प्रदेश सरकारले संखुवासभा, ताप्लेजुङ्ग, सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारीलाई निर्देशनका रुपमा पठाइसकेको छ । छलफलले चीनसँग नाका जोडिएका स्थानमा मात्र नभएर भारतसँग सीमा जोडिएका पाँचथर, इलाम,झापा, मोरङ्ग, सुनसरीका नाकाहरुमा समेत आवातजावतमा उच्च शतर्कता अपनाउने निर्णय छलफलले गरेको छ ।
केन्द्रीय प्रतिनिधिसँग प्रदेश सरकारले गरको छलफलमा अस्पतालहरुको अवस्थाको बारेमा समेत व्यापक चर्चा भएको थियो । कोरोना भाइरसका कारण विशेष अवस्था सिर्जना भएमा अस्पतालमा के कस्तो पूर्व तयारी भएको छ भन्ने बारेमा जानकारी लिइएको थियो । केन्द्रीय प्रतिनिधि मण्डलको टोलीले प्रदेश नं. १ का सामाजिक विकास मन्त्री र त्यस मन्त्रालयका कर्मचारीहरु बीचमा समेत छलफल गरेको थियो । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशखाका प्रमुख भोगेन्द्र प्रसाद डोटेलले भन्नुभयो हामीले प्रदेश सरकारका जिम्मेबार व्यक्तिसँग छलफल गरेका छौं । कोरोना भाइरसको सक्रमण रोक्न प्रदेश सरकारलाई सचेतनामूलक कार्यक्रम गर्न, सतर्कता अपनाउन आग्रह गरेका छौं । केन्द्रबाट आएको टोलीले प्रदेश नं. १ लाइ व्यक्तिगत सुरक्षाका ५ स्थान सामाग्री र इन्फ्राइरेटर थर्मामिटर समेत उपलब्ध गराइएको थियो । हाल प्रदेश सरकारले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरको कोशी अञ्चल अस्पतालमा कोरोना उपचारका लागि आइसोलेसन वेड तयारी अवस्थामा राखेको छ ।

 

तपाईको प्रतिक्रिया