घण्टाघरबाट हेर्दा

बालिकाले हालिछन्
उहिले उहिले गिर्जाउ भन्थे कम्निष्टहरु आफ्नै कारणले सिद्धिन्छन् । त्यसबेला ती पिण्ड खाने बेला भएका बुढाले के नचाहिँदा कुरा ग¥या होला भनेर घण्टाघलाई अचम्म लाग्थ्यो । बात सोह«ैआना ठीक रै’छ । यतिबेला सत्तामा बस्ने कम्निष्टहरु कि भ्रष्टाचारमा गन्नहाएका छन् कि बलात्कारी भएर स्वलित भएका छन् । कम्निष्टका विद्यार्थी नेतादेखि सत्तामा बस्नेहरुले छोरीचेली त देख्नै नहुने भयो । कम्निष्ट गामघरतिर आउँदैछन छोरीचेली जोगाउ भन्ने बेला पो आयो त गाँठे । बालिका भन्ने महिलाले पर्देश नं. १ का मुखमन्त्रीका विरुद्धमा दायाबाया गरेको भन्दै अस्तिका दिन अदालतमा अंश मुद्दा हालिछन् । मुखमन्त्री भएदेखि नै आफूलाई हातपात ग¥यो भनेर चिच्चाउँदै आ’थिन् । दुईतिहाइको मैमत्त सरकारले तिन्को कुरा नै सुनेनन् । सबैतिर तिनले मुखमन्तरीले आफूमाथि हातपात ग¥या कुरो सुनाइन् । कसैले सुनेन । अन्तेमा आएर अदालतै पुगिछन् । बुद्धि खुस्केकी आइमाई अदालतले त दोषीलाई चोख्याउने पो हो त ? दोषीलाई दोषी बनाउने त होइन नि । मोहराबाट पाठ सिक्नु पर्दैन ? बरु यसो मुख मन्तरीसँग गएर रोइकराई ग¥या भए अवस्यै तिनको फोक्सो फुल्थ्यो ।
घुस्याहाको बेइज्जत भयो रे
अस्तिका दिन पूर्व थुतुने मन्तरी आच्या सञ्चारमन्तरी बीचमा गज्जबको वार्ता भएछ । छुद्र घण्टाघरले ती दुई बीच भएको वार्ता सुनिहाल्यो । गोÏले वास्कोटाले बडो फूर्ति लगाएर आÏना वालाई सुनाए विजय प्रकाश मिश्रले आफूलाई घुस माग्या अडियो दुनियाँलाई सुनाइ देछ । मैले नि गाली वेइज्जति मुद्धा हाल्दिएँ । त्यसपछि पर्धानमन्तरी खप्रओले गोÏलेका पिठ्युमा धाप मार्दै भनेछन स्याबास केटा † मन्तरी छोडे नि हास्य व्यंग्य चाहिँ छोड्ने छौं । अब त जमाना पनि कस्तो आयो गाँठे । कसैले घुस माग्यो भने थपक्क कसैलाई नसुनाई दिनुपर्छ । कसैलाई सुनायो भने घुस्याहाले आफ्नो अपमान सम्झन्छ । तुरुन्तै त्यसले अदालतमा गएर गाली व्यइज्जति मुद्दा दर्ता गर्छ । अबदेखि घुस्यालाई घुस दिँदा तथानाम गाली गरेर सकभर कालो मोसो नै दलेर घुस दिम । आखिरी उस्ले गाली व्यइज्जतिमा मुद्दा हालिहाल्छ । भिज्युअल, अडियो पनि नदेखाम । ती घुस्याहा घुस माग्नेका हुँदै हुँदैनन् । गोÏले बास्कोटा पनि आजकल त्यसै भन्दै हिड्दै छन् । मिश्रले उदांगो पारेको अडियो उन्को हुँदै होइन रे ।
ओलीको केक काण्ड
खप्रओको केक काण्डले यतिबेला सबैतिर बबाल मच्चाएको छ । आखिरी खप्रओ जे गर्छन् जे बोल्छन् त्यसले बबालै मच्चाउँछ । विचराले जिन्दगीमा पहिलो पटक वर्थ डे मनाए केक काण्डले बबाल मच्चाइ दियो । जोरी पारीहरुले के निहुँ पाउँ कनिका बुक्याउ भनेर बस्या हुन्छन् । केकमा नेपालको नक्सा राखेर काटे भनेर उत्पात मचाएका छन् । बर्थ डेमा ७० लाख खर्च गरे, १५ केजीको केक हेलिकोप्टरबाट ओसारे के के जाति हो के के जाति भन्या पनि केकमा नेपालको नक्सा नराखे अमेरिकाको राख्नु त भएन होला । नेपालको पर्धानमन्तरी त्यो पनि दुई तिहाइको भएसी नेपालको राख्या होलान् भनेर तै चूप मै चूप हुनु नि । बुरुक बुरुक उफ्रेर नेपालको नक्सा काट्यो भनेर रडाको मच्चाका छन् मच्चाका छन् । पर्धानमन्तरीको वर्थ डेमा जाबो ७० लाख खर्च हुँदा किन बमान्डर मच्चाउनु ? १५ केजीको केक हेलिकोप्टरमा पु¥याए भनेर किन चिच्याउनु । खप्रओ त पर्धानमन्तरी पो हुन त ? जतिसुकै उफ्रे पनि केही लछारपाटो लाग्ला जस्तो छैन । दुई बर्षमा कत्रा कत्रा काण्ड गर्दा त केही भएन । वित्थामा ।
६ महिने मन्तरी नखाने रे
बोकाको थुतुनोमा कुभिण्डो आँटदै आट्दैन । आँट्ने कुरा पनि भएन । त्यसै बोकाको मुखमा कुभिण्डो भन्या होइन नि । अब हेरम न अरथमन्तरी युवराज खतौडाले अस्तिका दिन बाल्वाटारमा लुसुक्क छिरेर पर्धानमन्तरी खप्रओसँग भनेछन् म ६ महिनो मन्तरी खादै खाँदिन । खप्रओले क्रेनले तानेर सांसद र मन्तरी बनाएका थे । गोला प्रथामा दुई बर्षमात्र सांसदको चिर्कटो परेछ । फागुनदेखि सांसदसँगै मन्तरी समेत चैट हुने भएसी खतौडा यतिखेर छटपछिटन थाल्या छन् । यतिका दिन हालीमुहली गरेर डकारेर बसेका खतौडा फागुन ६ पछि सडकमै पुग्ने भएपछि खप्रओसँग हारगुहार गर्दे हिड्न थालेका छन् । सांसद गए नि ६ महिना अरथ मन्त्री बनाउने खप्रओले आश्वासन द्या छन् । तर उनी ६ महिने मन्तरी नखाने रे । अरु भए दुई चार बर्ष मन्तरी त खान्छन् । खतौडाचाहिँ नखाने भनेर घुर्की लगाउँदै छन् । विचरा खपओकै टुंगो छैन । वात पनि त अलिकति बुझ्नुपर्छ । वाल हठ त गर्नु भएन नि †
बुढुवा सड्या गेले
तराईतिरको भाषामा बुढाको बुद्धि बिग्रिएछ भन्नुपर्दा वुढुवा सड्या गेले भन्छन् । लामो कम्निष्ट आन्दोलनमा लागेका मोहन वैध किरणको बुद्धि पनि सड्यागेले जस्तो छ । अस्तिका दिन वैधे बुढाले भन्या खप्रओ र प्रचण्डाउ भतुवा कम्निष्ट हुन रे । त्यति साह«ो त भन्नु नहुनुे बुढाले । त्यस्ता कुरा त मनमा पो राख्नुपर्छ त । ब्याङ्गै भन्दा अदालतमा गाली बेइज्जतिको मुद्धा हाल्देलान् नि । कस्ता कम्निष्ट हुन् भन्ने कुरा त लडाकु शिविरको अरबौ रुपैयाँ दायाँ बायाँ, वाइडवडी, न्यारो बडी ललिता निवास, एनसेल काण्ड, फोरजी काण्डबाटै जन्ताले थाहा पाइसक्या छन । थाहा पाउँदा पाउँदै पनि ठाम न ठहर बुढीको रह भनेझै ठाउँ कुठाउँमा फलाक्नु त भएन नि † बुढेशकालमा अप्ठेरो पर्ला है वैधे वा †
इश्वरले छोेडे साथ
सबै बलेकै आगो ताप्ने त हुन् नि । निभेको आगोबाट न राप आउँछ न ताप आउँछ । हिजो आफ्नै सम्झेर रक्षे मन्तरी बनाएका, वाल्वाटार काण्डमा जाकिन लागेका इश्वर पोखेल, विष्णु पौड्यालले पर्धानमन्तरीको साथ छोडे रे । होला पनि । खप्रओ वाको अब शरीरले नि साह«ै काम गर्ला जस्तो छैन, पर्धानमन्तरीको पदमा पनि साह«ै टिक्लान् जस्तो छैन । सत्तामा नभएका, कमजोर रोगीका पछि कोचाहिँ सति जान्छ र ? म¥या मान्छेलाई जुम्राले छोडेजस्तो खप्रओलाई क–कस्ले छोडेने हुन् हेर्दै जाम । खान पाउन्ज्याल पो पछि लाग्छन् त ? खान नपाएपछि किन पछि लाग्थे ? विचरा खप्रओलाई यतिखेर कम्ता टेन्सिन छैन । आफन्तले लुतु लुतु छोडन थाल्या छन् । पर्धानमन्तरीबाट पनि आफन्तैले राजीनामा माग्न थाल्या छन् । पार्टी फुटाउन पनि चालीस पर्तिशत सांसद पु¥याउनुपर्छ । चालीस पर्तिसत पनि नपुग्ला जस्तो भएपछि के गरम के गरम भनेर विचरा चिन्तित भा’छ । आफन्तैले पछाडिबाट छुरी हान्न थालेपछि सिद्धिगो नि । कि कसो हौ ?
योगेशको किर्तिमान
रविन्द्र अधिकारीको अपुतालीमा मन्तरी भा’का योगेश बाजेले अब नागरिक उड्यान मन्त्रालयमा नयाँ रेकर्ड राख्ने भा’छन् । सबैले थुतुनो विटुलो बनाएका बेला योगेशले मात्र चोखो बनाउनुपर्छ भन्ने के छ ? मन्तरी योगेशले २१ जनालाई सित्तैमा भत्ता दिएर नेपाल वायु सेवा निगमको जहाजबाट जापान घुम्न पठाउँदै रै’छन् । उत्तम कार्य । यस भन्दा अगाडिका कुनै पनि मन्तरीले भत्ता दिई दिई त्यसरी पठाउँदै पठाएनन् । सबै केैटे थिए । आफै मात्र हसुरम भन्थे । नेपाल वायु सेवा निगम डुब्ने भयो भनेर सबैले चिन्ता गरेछन् । हैन हौ अहिलेसम्म कस्लेचाहिँ उकासेका छन् ? जो आए पनि दुहुने त हो नि । पञ्चायत कालमा पुटुस्स भएको नेपाल वायु सेवा निगमलाई प्रजातन्त्र, गणततन्त्र आएपछि सुकेनाशले गाँजेको छ । तर मन्तरीका भुडीचाहिँ डम्म दमाहा जस्तो फुल्या छ फुल्या छ । सबैले भुडी फुलाएर गएसी’ योगेशलेचाहिँ किन स्यापे बनाउने ? जति सक्यो दुहुने हो । नदुहुने भए त मन्तरी बन्नै हुँदैन । दुहुनै मन्तरी बन्ने हो । योगेशले अति उत्तम काम ग¥या छन् । जोरी पारिहरुको अर्थोक कामै छैन । कसैले यसो गरि खाएको कत्रो डाहा र औडा हँ ?
अन्तेमा
बामदेउले यतिबेला पार्टी र सरकारमै बबाल मच्चाई दिएका छन् । नामै बाउदेउ । बबाल मच्चाउन त तिन्लाई कस्ले भेट्ने ? कहिले
राष्ट्रपतिकोमा पुगेर आफूलाई राष्ट्रिये सभामा लैजान सुझाउँछन् । कहिले प्रचण्डाउलाई भेटेर आफूलाई पर्धानमन्तरी बनाउन संविधान संसोधन गर्न अह्राउँछन् । कहिले पर्धान मन्तरीकोमा पुगेर नानाथरी फलाक्छन् । बर्दियाबाट निर्वाचन हारेपछि बाउदेउ सधै चर्चामै छन् । एकपटक पार्टी भत्काएर हिडेका थिए । फेरि भत्काउलान् जस्तो छ । तिन्ले भन्या नमानम भने पार्टी भत्कने मानम भने कानुनले नदिने । क्या फसाद † प्रचण्डाउ, माकुन्याउ, झल्लाझलु लगायत सबैलाई टुनामुना गरेर आफूतिर एकोहो¥याइ सकेछन् । जे होस बाउदेउ भन्या वाउदेउ नै हुन् । तिन्ले बबाल मच्चाएपछि मच्चियो मच्चियो ।

तपाईको प्रतिक्रिया