अन्तर्राष्ट्रिय मुस्लिम सम्मेलन चासो र चुनौति

सप्तरीको मुस्लिम वाहुल्यक्षेत्र बोदे बरसाइनको जाजरमा अन्तर्राष्ट्रिय इस्लामिक सम्मेलन इज्त्तिम सम्पन्न भएको छ ।
औपचारिक रुपमा नेपाल र भारतका मुस्लिमहरुको मात्र सम्मेलनमा सहभागीता रहने जनताएपनि सम्मेलनमा नेपाल भारत बाहेक बंगलादेश, पाकिस्तान, मेलेसिया, कतार,इराक, इरान, अफगनस्थान लगायतका देशहरुबाट समेत मुस्लिम प्रतिनिधिहरुको सहभागिता देखिनुले सम्मेलनप्रति सबैका चासो देखिनु स्वभाविक हो भने त्यसलाई नेपालले हल्का रुपमा लिएपनि भारतका लागि त्यो चुनौतिपूर्ण नै हो ।
आज विश्वमा आतंक मच्चाउने समूहमा मुस्लिमहरु अग्रपंक्तिमा देखिएका छन् । चाहे ती तालवानीका नाममा होस्, चाहे आइएसआइका नाममा होस, चाहे लस्कर ए तोइवाका नाममा होस चाहे कुनै नाममा होस । भारत पटक पटक मुस्लिम आतंककारीको निसानामा परिसकेको छ । नेपालमा भाएको मुस्लिम सम्मेलनका विषयलाई लिएर भारतले औपचािरक धारणा सार्वजनिक त गरेको पाइँदैन । यद्यपि सम्मेलन नेपाल भारतको सप्मा नजिक हुनु, त्यो पनि मुस्लिम वाहुल्य क्षेत्रमै हुनु र विभिन्न देशका मुस्लम प्रतिनिधिहरुको सम्मेलनमा सहभागिता रहनुले संसय भने अवस्यै पैदा गर्छ ।
त्यसैपनि नेपाल आतंककारीहरुको आश्रय स्थल भएको यस भन्दा अगाडि विभिन्न देशका आतंकारीहरु प्रक्राउ पर्नुले स्पष्ट गरिसकेको छ । नेपाललाई आतंककारीहरुले सेल्टरको रुपमा प्रयोग गर्दै आएको तथ्य समय समयमा सार्वनिक हुने गरेका छन् । वाह्य देशका आतंककारीहरुको नेपालसँग कुनै प्रकारको स्वार्थ नगाँसिएका कारण नेपालमा कुनै आतंककारी हमला भएको छैन र भविष्यमा पनि नहोला । तर नेपालमा हुने विभिन्न गतिविधिमाथि समयमै निगरानी, सशर्तकता, सावधानी नअपाउने हो भने परिस्थिति सदैव एक रुपको होला भनेर कल्पना गर्न सकिदैन । प्रचार गर्दा अन्तर्राष्ट्रिय मुस्लिम सम्मेलन भनिए तापनि अन्तमा त्यसलाई धार्मिक सम्मेलनको पगरी गुथाउनुले पनि संसय पैदा हुनु स्वभाविक हुन्छ । विगतमा समेत नेपालका मुस्लिम वहुल्य क्षेत्रहरु सुनसरी, मोरङ्ग, रौतहट, बारा, पर्सा, सिरहामा यस्ता यस्ता धार्मिक सम्मेलनहरु भएका थिए । त्यसबेला अन्तर्राष्ट्रिय मुस्लिम सम्मेलनको नाम दिएको थिएन भने त्यस्ता सम्मेलनमा निर्वाध रुपमा बाहिरी देशका मुस्लिमहरुले सहभागिता जनाएका थिए ।
यस पटक नेपाल सरकारले सप्तरीमा भएको मुस्लिम सम्मेलन (धार्मिक ?) लाई रोक्न आदेश दियो । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन पश्चात गृह मन्त्रालयले मातहतका सम्पू्र्ण सुरक्षा निकायलाई सम्मेलन नगर्न गरेको कडाई अन्तमा नेपाल र भारतका मुस्लिमहरुको मात्र सकभागिता रहने प्रतिबद्धता आयोजकले गरेपछि त्यसलाई सञ्चालन गर्न दिइयो । आयोजक प्रति विश्सास नभएकै कारण सम्मेलन अवधिभरि ठूलो संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी,राष्ट्रिय अनुसन्धानका कर्मचारीहरुले निगरानी गरे । सम्मेलनमा नेपाल र भारतका मात्र मुलिमहरु आएनन अन्य देशका मुस्लिम प्रतिनिधिहरु समेत आएका थिए । त्यसरी बाहिरबाट आउने अधिकांशलाई आयोजकहरुले सम्मेलन स्थलबाटै फर्काइदिएका थिए । एकै प्रकारको रहनसहन, भोष भुषा, बोलीचालीका कारण सहभागी प्रतिनिधिहरु कुन देशका हुन भन्ने कुरा प्रहरी, प्रशासनले छुट्याउन सक्ने कुरा पनि भएन । झण्डै दुईलाख मुसलमानहरुको सहभागिता रहेको सम्मेलनमा धार्मिक आवरणमा सम्पन्न भएको छ । आयोजकहरुका अनुसार सममेलनमा मौलानाहरुले धार्मिक प्रवचन दिएका थिए, १०÷१२ जनाको टोली बनाएर मुस्लिम बाहुल्य रहेका स्थनमा मस्जिदमा भेला गराई इस्लाम धर्मका सम्बन्धमा प्रचार गरिएको, मुस्लिम वाहुल्य रहेका स्थानमा मस्जिदमा भेला गराई इस्लाम धर्मका सम्बन्धमा प्रचार गरिएको, उनीहरुको आर्थिक अवस्थाको जानकारी लिएको, शिक्षा र स्वास्थ्यका सम्बन्धमा चासो राखिएको आयोजकको भनाई छ । सम्मेलन यस्तै सकारात्मक कुरामा केन्द्रित रहेको भए त्यसलाई सकारात्मक रुपमै लिनुपर्छ ।

तपाईको प्रतिक्रिया