धरान÷ धरान उपमहानगरपालिकाको दुई दिन बसेको नगरसभाले गरेका निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीहरुले सभाले गरेको निर्णय स्पष्ट नआएको प्रतिक्रिया दिएका थिए ।
उपमहानगरपालिकाको फागुन २ र ३ गते सुनसरी उद्योग वाणिज्य सघको हलमा गरेका निणय सुनाउने क्रममा सञ्चारकर्मीहरुले धेरै कुरा नसमेटिएको र प्रेस विज्ञप्तीमा सम्पूर्ण कुरा नआएको बताएका थिए ।
खानेपानी समस्या समाधानको सम्बन्धमा सभामा विषय नै नपाएपछि जनप्रतिनिधिहरुले नै विरोध जनाएपछि समस्याका विषयमा पहिलो बुदामै समेटिएको भएपनि एसियाली विकास बैंकको ऋण अनुदानमा सहरी विकास आयोजना अन्तर्गत नगरपालिकाले शुरु
गरेको खानेपानी परियोजना समयसीमा सकिदा पनि परियोजना नसकिएको, बोर्डमा हस्तान्तरण नभइकन नगरपालिका बोर्डले पानी वितरण गर्ने महसुल लिने लगायतका गैर जिम्मेवारी काम गरेको सञ्चारकर्मीहरुले जिज्ञासा राख्दा नगरप्रमुख तिलक राईले खानेपानी समस्या समाधान फागुनभित्रै गर्ने निर्णय भएको बताउनुभएको थियो ।
यस्तै उपमहानगरपालिकाले विनियोजन ऐन २०७६ का अनुसूचिहरुमा केही शंसाधन गरेको जनाएको छ । बजेट अभावका कारण धरान नगरका गौरवका योजनाहरु अलपत्र परेकोले यस आर्थिक बर्षमा नगरको गौरवमा परेको योजनाहरु धरान ३ मा रहको जल्पा रोड, धरान १६ मा रहेको जनपथ र धरान १५ मा रहेको आडासडकलाई पूर्णता दिने जनाएको छ । यसका लागि प्रदेश सरकारले ३ करोड ५७ लाख रुपैया सहयोग गर्ने प्रमुख राईले बताउनुभयो ।
यस्तै तीनकुने सुन्दरबस्ती जग्गा एकीकरण आयोजष्नाका समस्या समाधान प्रक्रिया अगाडि बढाउने, नगर क्ष्ँेत्रका सडक ममृतको लागि दीगो संयन्त्रको विकास ग्री व्यवस्थापन गर्ने, धरान उपमहानगरपालिकाको सेवा सम्बन्धि ऐनको निर्माण गरिएको समेत उहाले बताउनुभयो ।
धरान उपमहानगरपालिकाको कार्यपालिका सभाहलमा आयोजना भएको पत्रकार सम्मेलनमा नगरसभाले गरेका सम्पूर्ण कामक फेरिस्त नभई झारा टराई तरिकाले प्रेस विज्ञप्ती प्रकाशित गरेको सो अवसरमा सञ्चारकर्मीहरुले आरोप लगाएका थिए । पत्रकार सम्मेलनकै क्रममा सञ्चारकर्मीहरुले नगरसम्मेलनका विस्तृत कुरा प्रस्तुत नगरी सार्वजनिक गरिएकोले खाली यो सूचनाको रुपमा मात्र आएको प्रतिक्रिया दिएका थिए ।
सम्मेलनमा सहभागी सञ्चारकर्मीहरुले नगरपालिकाले शुरु गरेका गुरु योजना जस्तै सप्तरंगी पार्क, लखन थापा हेल्थ पार्क जस्ता भौतिक संरचना निर्माण पूरा नभई लथालिंग अवस्थामा रहेको, खानेपानी परियोजनाको म्याद सकिए निर्माण सम्पन्न नगरेको ्र बोर्डलाई हस्तान्तरण नगरी बोर्डले खानेपानी खुवाउनु जायज कि नजायज जस्ता
कुरा सञ्चारकर्मीहरुले उठाएका थिए । यस्तै धरानको बसपार्कमा विवाद समाधान भइसकेका बताइरहदा नगरसभाका एउटा बुदामा सुन्दर्बस्ती जग्गा एकीकरण आयाजना समस्या समाधानको प्रक्रियामा अगाडि बढाउने बुँदाले बसपार्कको विषयमा अन्यौलता देखिएको सञ्चारकर्मीहले सो अवसरमा बताएका थिए ।
