लोक संगीतको जगेर्ना गर्ने उद्देश्य अनुरुप अवार्ड प्रदान गरिने

इटहरी÷लोक संस्कृतिकोप्रतिको माया जनमानसमा जगाउनका लागि पूर्वमै पहिलो पटक पूर्वेली म्युजिक अवार्डको आयोजना हुन लागेको छ ।
लोकसंस्कृति भन्दा पनि पश्चिमा शैलीका गीतसंगीतको लहड दिनप्रतिदिन बढ्दै गएको बेला पुराना लोक संस्कृति झल्कने गीत अर्थात लोक भाका गीतहरु हराउदै गएको भन्दै पूर्वेली मिडिया नेटवर्क प्रा.लि.ले फागुन १४ गते अवार्डको आयोजन गर्न लागेको हो ।
२०७० सालदेखि ०७५ सालसम्म बजारमा आएका पूर्वेली लोक भाकालाई समेटेर २२ विधामा अवार्ड वितरण गर्न लागिएको आयोजक संस्थाका प्रबन्ध निर्देशक सुरेशचन्द्र दाहालले बताउनुभयो ।
अवार्डमा उत्कृष्ट नयाँ गायक,बर्षको उत्कृष्ट गीत,उत्कृष्ट प्रस्तुति (पुरुष) उत्कृष्ट प्रस्तुति (महिला) उत्कृष्ट आवाज,उत्कृष्ट संगित,उत्कृष्ट शब्द,उत्कृष्ट लय, उत्कृष्ट शब्दलाई अवार्ड प्रदान गरिने छ । यसैगरी बिभिन्न भाषा र संस्कार संस्कृतिको सम्मान गर्ने उद्धेश्यका साथ उत्कृष्ट लिम्बु गीत,उत्कृष्ट तामाङ गीत,उत्कृष्ट शेर्पा गीत,उत्कृष्ट मगर गीत,उत्कृष्ट राई गीत,उत्कृष्ट गुरुङ गीत,उत्कृष्ट मैथिली गीत,उत्कृष्ट थारु गीत,उत्कृष्ट राजबंशी गीत,बर्षको उत्कृष्ट गीत,उत्कृष्ट भिडियो,उत्कृष्ट दृश्य सम्पादन, उत्कृष्ट भिडियो सम्पादन,उत्कृष्ट मोडल महिला र पुरुष दुबै बिधामा र एकजनालाई लाईफटाईम अचिभमेन्ट अवार्ड समेत प्रदान गरिने
छ । यो कार्यक्रम पूर्वमै पहिलो र ऐतिहासिक हुने दाबी आयोजकको छ । यसले पूर्वमा भएका लोकसंस्कृति जर्गेनामा ठूलो सहयोग पुग्ने र युवा पुस्तालाई समेत लोक गीत संगीतको विषयमा जानकारी हुने आयोजकको बुझाई छ ।

तपाईको प्रतिक्रिया