छुरा प्रहार गरी सख्त घाइते बनाउने तीन युवा प्रक्राउ

धरान÷ पछिल्लो समयमा सानो विवादमा आक्रमणका घट्नाहरु हुन थालेका छन् । विशेष गरी युवाहरु यस्ता घट्नामा बढी सक्रिय भएका देखिन्छन् । यस्तै घट्नामा संलग्न तीन जनालाई धरान प्रहरीले प्रक्राउ गरी सार्वजनिक गरेको छ ।
प्रहरीले धरान १८ बस्ने २१ बर्षीय विकास साह, सोही ठाउका २१ बर्षीय इश्वर राई र धरान १७ का १८ बर्षीय सागर खड्कालाई एक युवकमाथि छुरा प्रहार गरी सख्त घाइते बनाएको भन्दै प्रक्राउ गरेको हो ।
यी तीन जनाको समूहले माघ २५ गते बेलुका ७ः३० को समयमा सामान्य विवादमा धरान २० एन्जल मार्गमा बस्ने बर्ष २१ का सुजन मगरलाई छुरा प्रहार गर घाइते बनाएका थिए ।घाइते मगरको अहिले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । घाइतेको अवस्था सुधार हुदै गएको प्रतिष्ठानका चिकित्सकहरुले बताएका छन् । प्रक्राउ गरिएका तीन जनालाई ज्यान मार्ने उद्योगमा मुद्दा चलाइएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले बताउनुभयो ।

तपाईको प्रतिक्रिया