आन्तरिक तथा वाह्य पर्यटकको पहिलो रोजाई गोरखा होटल प्रा.लि. पा“चतारे होटलको सेवा सुविधा–४२ कोठा रहेको होटलमा स्विट, एक्जुकेटिव, डिलक्स

नेपाल सरकारले घोषणा गरेको पर्यटन बर्ष २०२० लाई व्यक्तिगत रुपमै भए पनि सफल बनाउन गोरखा डिपार्टमेन्ट स्टोका प्रबन्ध निर्देशक बलराम आचार्यले पाँचतारे होटलकै सेवा, सुविधा प्रदान गर्ने उद्देश्यले पौष १६ गतेदेखि गोरखा होटल प्रा.लि. सञ्चालनमा ल्याउनु भएको छ । यतिबेला गोरखा होटल प्रा.लिमा आन्तरिक तथा वाह्य पर्यटकहरुले अग्रिम बुक गरेर आफ्नो बासस्थान सुरक्षित गर्न थालेका छन् ।
होटमा बास स्थानका लागि स्विट, एक्जुकेटिव, डिलक्स सहित ४२ वटा कोठा रहेका छन् भने कुनै कार्यक्रम गर्न, सेमिनार गर्न उपयुक्त आकर्षक हल समेत रहेको छ । यतिमात्र नभएर पाँचतारे होटलमै काम गरिसकेका अनुभव प्राप्त दक्ष जनशक्तिबाट आगन्तुकको सेवा, होटलमै प्राकृतिक दृश्यावलोकन गरी आफूले चाहेको खानाको स्वाद लिन सकिने र वारको समेत व्यवस्था रहेको छ ।

आन्तरिक एवम् वाह्य पर्यटकहरुका लागि पूर्वाञ्चल पहिलो रोेजाइमा परे तापनि उपयुक्त सुविधा सम्पन्न बासका लागि
स्तरीय होटल नहुँदा विगतमा पर्यटकहरुले अनेकौ समस्याहरु झेल्दै आएका थिए । अब भने उनीहरुले यस्तो समस्या झेल्नु नपर्ने भएको छ ।
पूर्वाञ्चलमै एउटा सफल व्यवसायीको परिचय बनाउनु भएका समाजसेवामा समेत समर्पित बलराम आचार्यले पर्यटकहरुकै सेवा र सुविधालाई ध्यानमा राखेर ४० करोडको लागतमा अत्यन्तै सुविधा सम्पन्न होटल सञ्चालनमा ल्याउनु भएपछि पूर्वाञ्चल भ्रमणमा आउने आन्तरिक तथा वाह्य पर्यटकहरु बासको समस्याबाट मुक्त भएका हुन् ।
गोरखा डिपार्टमेन्ट स्टोरका म्यानेजर श्रीप्रसाद गौतम भन्नुहुन्छ १५ दिन अगाडिदेखि नै होटलका रुमहरु बुक हुन थालेका छन् । खास गरेर पश्चिम नेपाल, भारत, भुटान, बंगलादेशबाट समेत बुक हुने गरेको गौतमले बताउनुभयो । आफ्नो व्यवसायीक प्रतिष्ठानहरुलाई विस्तार गर्ने क्रममा गोरखा होटल प्रा.लि पछिल्लो छनौटमा परेको र यसले व्यवसायसँगै आउने पाहुनाहरुको सेवामा कुनै कसर बाँकी नराख्ने मान्यता होटलको रहेको म्यानेजर गौतमको कथन छ । होटल सञ्चालनमा आएपछि आन्तरिक तथा वाहय पर्यटकहरुले पूर्वाञ्चलको भ्रमण गर्ने गरेको र गोरखा डिपार्टमेन्ट स्टोरमा स्वदेशी तथा विदेशी ब्राण्डका सामानहरु समेत खरिद गर्ने गरेको पनि गौतमले बताउनुभयो ।
होटल सञ्चालनको प्रमुख उद्देश्य मुलुकको पर्यटकीय क्षेत्रको विकास, विस्तार नै भएको गोरखा डिपार्टमेन्ट स्टोरका प्रबन्ध निर्देशक बलराम आचार्य बताउनुहुन्छ । पर्यटकीय गतिविधिलाई बढाउने उद्देश्यले भ्रमण बर्ष २०२० लाई सफल बनाउने उद्देश्यका साथ हामीहरु अभियानमै लागेका छौ, आचार्यको कथन छ । होटल सञ्चालनमा आएपछि भ्रमण बर्ष २०२० सफलताको लागि सानो सहयोग पुग्ने कुरामा उहाँ विश्वस्त हुनुहुन्छ ।

गोरखा किचनमा पारिवारिक भीड

गोरखा डिपार्टमेन्ट स्टोरको चौथो तलामा रहेको गोरखा किचनमा पछिल्ला केही महिना यता पारिवारिक भीड बढेको छ । किचन इन्चार्ज विष्णु खड्का भन्नुहुन्छ किचनमा ग्राहकको भीड बढेको हो ।
हुन त गोरखा डिपार्टमेन्ट स्टोर धरान शाखामा किचनमा मात्र नभएर ग्रोसरी, इलेक्ट्रोनिक्स, लत्ता कपडा, जुत्ता चप्पल, अर्गानिक साग सब्जी, बेकरी आइटम, गिÏट आइटम सबैतिर ग्राहकको भीड उस्तै देखिने गरे तापनि पारिवारिक वातावरणमै किचेनमा बसेर धरानसँगै
वरपरका रमणीय दृश्यको अवलोकन गर्दै इच्छा अनुसारको भेराइटीको स्वाद लिन अधिकांश ग्राहकहरु पहिला किचनमै पुग्ने गरेका छन् ।
गोरखा डिपार्टमेन्ट स्टोर धरान शाखाका किचन इन्चार्ज विष्णु खड्का भन्नुहुन्छ अहिले ग्राहकहरुको संख्या ह्वात्तै बढेको छ । ग्राहकहरुको संख्या ह्वातै बढ्नुमा प्रमुख दुई कारण रहेको इन्चार्ज खड्काको ठम्याई छ । पहिलो त एसीसँगै विभिन्न भेराइटीको स्वादिष्ट परिकार र दोस्रो चाहिँ हालै सञ्चालनमा आएको गोरखा सिनेप्लेक्स । गोरखा डिपार्टमेन्ट स्टोरको पाँचौ तलामा रहेको गोरखा सिनेप्लेक्समा सिनेमा हेर्न आएका ग्राहकहरु गोरखा किचेनमा भेराइटीको स्वाद लिएर मात्र हलमा प्रवेश गर्ने गरेका छन् । किचन इन्चार्ज खड्का भन्नुहुन्छ हाल दैनिक पाँचसयको हाराहरीमा ग्राहकहरु आउने गर्नुभएको छ । अत्यन्तै सफा, आफूले चाहेको भेराइटीका लागि लामो समय कुर्नु नपर्ने, काठमाण्डौ र पोखराका फाइव स्टार होटल र थ्रि स्टार होटलमा काम गरिसकेका दक्ष कुकहरुद्वारा तयार पारिएका भेराइटी खान ग्राहकहरु लालयित नहुने कुनै भएन । बजारमा अन्यत्र नपाइने भेराइटीको उपलब्धता, साधारण खानाको रु ५० र चिकेन खानाको रु ९० मै भरपेट खान पाइने भएपछि अधिकांश गाहकहरु यतिबेला गोरखा किचनमा परिवार सहित पुग्ने गरेका छन् ।

लत्ता कपडामा अत्याधिक भीड

जाडोको मौसम, त्यसैपनि हरेक मानिसलाई न्याना लुगाहरुको चाहना हुनु स्वभाविक हो । तर आफूलाई चाहिए जस्तो न्याना लुगाहरु खोज्दै भौतिरिनेहरुका लागि गोरखा डिपार्टमेन्ट स्टोर नै सबैका लागि गन्तव्य स्थान भएको छ । आÏना ग्राहकहरुको चाहना र मौसम प्रतिकूलतालाई ध्यानमा राखी स्टोरले अनेकौ प्रकारका न्याना लुगाहरु ल्याएको छ । सिंगापुर, हङ्गकङ्ग, थाइल्याण्ड,
कोरिया, जापान, भारत र नेपालमा समेत तयार गरिएका त्यस्ता न्याना लुगा
खरिद गर्ने उपभोक्ताहरु गोरखा डिपार्टमेन्ट स्टोरमा विहानैदेखि देखिन्छन् । कार्तिक अन्तिम सातादेखि नै यस्ता न्याना लुगाहरुको विक्री बढेको छ ।
अझ डिपार्टमेन्ट स्टोरको पाँचौ तलामा आÏना नानीहरुका लागि खोजेजस्तो र नानीहरुले रोजेजस्तो कपडा छान्नेहरु दंग देखिन्छन् । बाहिरी बजारमा अक्सर नपाइने यदाकदा पाइहालिए पनि अत्यन्तै महँगो मोलमोलाई गर्नुपर्ने झन्झटबाट मुक्त पाउन पनि नानीहरुको न्याना लुगा किन्न पनि अभिभावक त्यहाँ पुग्छन् । जन्मेदेखि ५ बर्ष मुनिका नानीहरुका लागि डिपार्टमेन्ट स्टोरको पाँचौ तला प्रख्यात छ । ट्राउजर, ज्याकेट, टावल, टोपी, जुत्ताका नयाँ नयाँ डिजाइन र न्यानो उनीका अन्य कपडाहरु उक्त तलामा खातै लागेको छ । डिपार्टमेन्ट स्टोरको उक्त तलामा २० हजार भन्दा बढी आइटमका कपडा रहेको स्टोरका सुपरभाइजर खेम खत्रीले जानकारी दिनुभयो । उक्त तलामा दैनिक २ हजारदेखि दुई हजार पाँच सयसम्म ग्राहकहरु आफू तथा आफ्ना नानीहरुका साथमा आउने गरेका छन् ।

 

 

तपाईको प्रतिक्रिया