धरान÷ आफ्नो संस्कृति र पहिचानलाई विश्वमा परिचित गराउन भुजेलहरुले चलचित्र निर्माण गरेका छन् । निर्माण सम्पन्न लगत्तै उनीहरुले देश विदेशमा प्रदर्शनलाई समेत निरन्तता दिन थालेका छन् ।
चलचित्र निर्माण गर्नुको प्रमुख उद्देश्य उनीहरुले संस्कृतिको माध्यमबाट आफ्ना पहिचान स्थापित गराउने रहेको बताएका छन् ।
भुजेल सेवा समिति र भुजेल चलचित्र संघको संयुक्त आयोजनामा निर्माण भएकोे चलचित्र निः प्हुगाल’ प्रदेश नंं १ मै पहिलोपटक धरानमा प्रदर्शन गरिएको छ । चलचित्र प्रदर्शन गर्नुको प्रमुख उद्देश्य भुजेलको संस्कति अरुले पनि थाहा पाउन सकून भन्ने रहेको भुजेल सेवा समितिका सुनसरी अध्यक्ष रवि भुजेलले बताउनुभयो ।
भुजेल जातिको बसोबास र्हेको तनहु आदिमुलमा बसोबास गर्ने भुजेल जातिका ७५ घर परिवारलाई समेटी बनाइएको चलचित्र ५० प्रतिशत सोही स्थानमा र बाकी पोखरामा छायांंकन गरिएको उहाले बताउनुभयो । आदिवासी जनजातिमा सुचिकृत भुजेल समुदायको भाषा, संस्कृति र पहिचान गुम्ने अवस्था पुगेकोले चलचित्रमार्फत प्रदेश नं. १ मा भुजेलको पहिचान र संस्कृतिलाई देखाउन चलचित्र प्रदर्शन गरिएकोे भुजेल सांस्कृतिक संघका डिकबहादुर भुजेलले बताउनुभयो ।
यहाँका जनप्रतिनिधिको सहभागितामा माघ २५ गते धरान १२ मा रहेको होटल पूर्वी स्टार र माघ २७ गते धरान ८ मा रहेको गोर्खा सिने कम्प्लेकसमा प्रदर्शन गरिएको छ । ३५ लाखमा निर्माण भएको चलचित्रको निर्देशन पोखराका कृष्ण गुरुङ र लेखन लमजुङका कमल भुजेलल गर्नुभएको हो ।
