अब बुढासुब्बा गोल्डकपमा भिडियो एसिस्टेन्ट रेफ्रि (भिएआर) को प्रयोग गरिदै

धरान÷ मोफसलकै लोकप्रिय एवम् इतिहास बोकेको प्रतियोगिता बुढासुब्बा गोल्डकप अखिल नेपाल फुटबल संघ (एन्फा) ले ‘क’ श्रेणीमा राखेसंगै यसपटक भने प्रतियोगितामा भिडियो एसिस्टेन्ट रेफ्री (भिएआर) प्रविधि अपनाउने भएको छ ।
फागुन १० देखि १७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा यसपटक भिएआर प्रविधिको शुरुवात गरिने धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले बताउनुभयो । आयोजक धरान फुटबल क्लबले धरानमा पत्रकार सम्मेलन गर्दै दिएको जानकारी अनुसार २२ औं संस्करण अन्तर्गतको प्रतियोगितामा दुईवटा विदेशी टिम सहित नेपालका ए डिभिजन तथा विभागीय टिम गरी ८ टिमले सहभागिता जनाउनेछन् ।
प्रतियोगितामा पहिलो पटक जापान फुटबल लिग टिम र युके एफसी भारतले प्रतियोगितामा सहभागिता जनाउदै छन् भने एमएमसी क्लब काठमाण्डौ, मच्छिन्द्र क्लब काठमाण्डौ, नेपाल पुलिस क्लब, बेलबारी फुटबल क्लब, मेची नेत्रालय कांकडभिट्टा फुटबल टूेनिङ सेन्टर झापा तथा आयोजक धरान फुटबल क्लबले प्रतियोगितामा प्रतिष्पर्धा गर्ने निश्चित भएको छ ।
धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले विगतमा मोफसलका प्रतियोगिताहरुमा जति चाम थियो त्यो नभएको बताउदै यसपटक क्लबले बुढासुब्बाको चामलाई फर्काउने प्रत्यन्न अनुरुपको प्रतियोगिता गराउने दाबी गर्नुभयो । उहाले खेलाडीलाई व्यवसायिकता नबनाई प्रतियोगिताले उचाई नलिने बताउदै क्लबले यसपटक व्यवसायिकतातर्फ बढी ध्यान केन्द्रित गर्ने बताउनुभयो ।
अखिल नेपाल फुटबल संघ (एन्फाका मानार्थ उपाध्यक्ष एवम् एन्फा एक नं. प्रदेशका अध्यक्ष समेत रहनु भएका राईले मोफसलको प्रतियोगता गराउन अत्यन्तै चुनौति भएपनि बुढासुब्बा गोल्डमा प्रत्येक बर्ष नयाँ नयाँ कुरा थप गर्दै लगेको बताउनुभयो । उहाँले खेलाडीलाई प्रोत्साहन गर्न र भवितव्य हुदा सहज होस् भन्ने उद्देश्यले यसपटक देखि खेलाडीको विमा गरिदिएको बताउनुभयो ।
धरान १६ रंगशालामा हुन लागेको प्रतियोगिताको विजेताले नगद १० लाख पाउनेछ भने उपविजेताले नगद ५ लाख पाउनेछ । उत्कृष्ट खेलाडीलाई डियो स्कुटी एक थान दिइनेछ भने प्रत्येक खेलको म्यान अफ दि म्याचले नगद १५ हजार पाउनेछ ।
यसैगरी उत्कृष्ट किपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्टूाइकर र उत्कृष्ट कोचले जनही नगद २५ हजार पुरस्कार पाउनेछन् भने सर्वा्धिक गोलकर्ताले नगद ३५ हजार पाउनेन् ।

तपाईको प्रतिक्रिया