सुनसरीका दुई विद्यालयमा ८३ लाख बराबरको भवनहस्तान्तरण गरिएको छ ।
नेपाल डेभलपमेन्ट सोसाइटी काठमाण्डौको सहयोगमा हरिनगरमा निर्मित कक्षाकोठा सहितको भवन विद्यालयलाई हस्तान्तरण गरिएको छ ।
सोसाइटीले भुटाहामा रहेको बालकृष्ण माबि र घुस्कीको हिलाल पब्लिक स्कूलमा सुविधा सम्पन्न कक्षा कोठा सहितको भवननिर्माण गरि दिएको हो ।
सहयोगी संस्थाका प्रमुख नजरुल हसनका अनुसार विद्यालयमा पठनपाठनको सहजता सँगै गुणस्तरीय शिक्षाको उद्देश्यसाथ सहयोग उपलब्ध गराइएको हो ।
एनडीएसले नेपालका १४ जिल्लामा शिक्षा, स्वास्थ्य, खानेपानीका साथै विपन्न, दलीत, गरिव र असहाय समुदायको क्षेत्रमा काम गर्दै आएको जनाएको छ ।
