जाडोमा विद्यालयका बालबालिकालाई न्यायो टोपी वितरण

इनरुवा÷बढ्दो जाडोलाई मध्यनजर गर्दै सामाजिक अभियान्ता दिनेश लम्सालले इनरुवाका विद्यालयमा न्यायो टोपी वितरण थालेका छन् ।
लम्सालले विपन्न, दलीत र गरिव परिवारका बालबालिकालाई लक्षित गरी न्यायो टोपी वितरण थालेका हुन् ।
विद्यालयमै पुगेर अभियान्ता लम्सालले विद्यार्थीहरुलाई टोपी लगाई दिने गरेका छन् । व्यक्तिगत खर्चमा उनले विद्यार्थीहरुकालागि टोपी
वितरणको कार्य सुरु गरेका हुन् ।
लम्सालले नगर भित्र भएका सबै विद्यालयमा पुगेर जाडोमा लगाउने न्यायो टोपी वितरणगर्ने बताए ।
तराईका जिल्लाहरुमा जाडोका कारण विद्यालय पुग्ने विद्यार्थीको संख्यामा कमीआउने गरेको छ ।

तपाईको प्रतिक्रिया