धरान÷सांस्कृतिक कार्यक्रम गरी गरिब तथा असहायहरुलाई सहयोग गर्र्दै आएको युवाहरुहरुको ब्लिङ्क इभन्ट्स प्रा.लि.ल यस बर्ष पनि किरात राईहरुको नयाँ बर्ष यले दोङ ५०८० को अवसर पारेर धरानमा आयोजना गर्न लागेको तेस्रो यले साँझ २०७६ बाट उठेको केही रकम अनाथ बालबालिकालाई सहयोग गर्ने भएको छ ।
प्रालिले कार्यक्रमबाट उठेको रकममध्ये ५० हजार अनाथ बालबालिकालाई सहयोग गर्ने जनाएको छ ।
विगतमा यलम्बर साझको आयोजना गर्दै आएको प्रा.लिले यसपटक यले साझ नामाकरण गरी आयोजना गर्न लागेको हो । आगामी माघ ३ गते धरान १२ स्थित पब्लिक माविको मैदानमा हुन लागेको कार्यक्रमबाट उठेको रकम यसरी अनाथलाई सहयोग गर्ने प्रा.लिका अध्यक्ष अमित राईले बताउनुभयो ।
यस भन्दा अगाडि भएको पहिलो सँस्करणबाट उठेका रकम संस्थाले बोनम्यारो क्यान्सर पीडित नाइसा शाक्यको उपचारार्थ ५० हजार सहयोग गरेको थियो भने दोस्रो सँस्करणबाट एचआइभी संक्रमित तथा प्रभावित बालबालिकाहरुको शिक्षाको लागि हातेमालो अक्षय कोषमा ८० हजार र एक जना क्यान्सर पीडितलाई २५ हजार सहयोग प्रदान गरेको अध्यक्ष राईले बताउनुभयो ।
सहयोगसंगै नेपाल भ्रमण बर्ष २०२० को अभियान लक्षित गरी कार्यक्रमको आयोजना गरिएको अध्यक्ष राईले बताउनुभयो ।
कार्यक्रममा नेपालकै चर्चित द एज ब्याण्डको प्रस्तुति, स्टाण्डअप कमेडियन सुजन जिम्बाको प्रस्तुतीसंगै स्थानीय कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ । विगतमा समेत यसलाई निरन्तता दिदै संकलन भएको रकमको केही हिस्सा सामाजक कार्यमा खर्चिने कामलाई निरन्तरता दिने अध्यक्ष राईले बताउनुभयो ।
