वर्माको छागा छहरा सार्वजनिक

छातीमा अनमोल गोल सुनका घैला सरिका स्तन
देख्नेको दिल चञ्चल हुन गई सक्दैन थाम्नै मन
कट्टु सानु छ पेन्टीसरीको तीघ्रा पहोला सेता
झट्टै नेत्र स्पर्श हुन गई झुम्मिन्छन् धेरठिटा
माथिका कविताका हरफ हुन अमरबहादुर वर्मा (दाहाल) को हाल बजारमा अएको छाागा छहरा गीत, कवितासंग्रहभित्रको एउटा कुइनेटाका र उन्मत्त भैरवसाग तुलना गर्न सकिने माथिका कविताका पंक्तिले कविलाई रोमान्टिक धारमा बगाएको मात्र छैन झण्डै साढे ६ दशक उमेरलाई आजका सोडसी युवती छरपस्ट हाउभाउ र त्यसमा लोभिएका मौसमी भैरवहरुका चत्रिसाग कविले आफूलाई उभ्याउन खोजेको देखिन्छ ।
वि.सं. २००५ सालमा ओखलढुंगामा जन्मिएका कवि बर्माले वि.सं. २०६३ सालमा व्यंग्य विनोद गीत कविता संग्रह बजारमा ल्याउनु भएको थियो । समयको प्रतिविम्व कविताम कसरी गर्ने भन्नेमा कवि पोख्त देखिन्छन् । कविका कविता तथा गीतमा जीवनका यथा तथ्यको कलात्मक प्रशोनधनका लागि आवश्यक सीप र रचना खोपन उचाई ग्रहण गरिसकेका संग्रहभित्रका रचनाले स्पष्ट गरेको छ । मुलुक, नागरिकका पीडा र असन्तुष्टीहरु जहाातही हुर्हुरिएर प्रकट भएका छन् ।
आध्यारो छ चारैतिर बत्ती बाले पनि
चप्पल लगाउने हाम्रा सांसद बनिसके धनी
जसले जहाा जे गरे नि आाखा देख्ने हैन
सबै सांसद मिली खान्छ् घच्घच्याउने छैनन् ।
संग्रंह भित्रका यी पंक्तिले कवि मुलुकको वर्तमान राजनैतिक अवस्थाको सबैभन्दा ठूला दोषी सांंसद तथा राजनैतिक नेतृत्व नै भएको ठोकुवा गर्छन् । कवितामा प्राज्ञिक गहुागोपनको अपेक्षा गर्नेहरुलाई कविले
निराश हुन दिएका छैनन् । शब्द र अर्थ सम्प्रेषणको सहज मिलनले संग्रहभित्रका कवितालाई ओजपूर्ण बनाएको छ । विकृति, विसंगति र मौलाउदै गएको छाडापनप्रति तिर्खा वाण प्रहार गर्न कविले सरल ढंगले शब्दको चयन गरेका छन् । जसले संग्रहभित्रका हरेक रचनालाई मिठास बनाइदिएको छ ।
दुईसय चालीस बर्षको दह्रो शासन राजाको
खोसेर सत्ता हातमा लियौ यही जानेको
राजाले जति गरेर देखाउ च्यालेन्ज भो तिमीलाई
सुख र शान्ति, संविधान देउ यो चाहियो हामीलाई ।
कवि बर्मा आफ्ना अन्स्करणका असन्तुष्टि पोखन चतुर देखिन्छन् । आजका प्रखर भनिएका अधिकांश कवि नेतृत्वको चाकडीमा अल्मलिन पुगेको अवस्थामा कवि वर्माले नेतृत्व नालायक, अक्षम भएको र हुति भए २ सय ४० बर्षको शासन सञ्चालन गर्दा राजाले जे जति कामहरु गरे त्यति गरेर देखाउन वर्तमान नेतृत्वलाई हााक दिएका छन् । ८० पृष्टमा प्रकाशित छाागा छहरा गीत कविता संगं्रहभित्र १ सय १५ वटा रचना समावेश गरिएका छन् । संग्रहमा समाजसेवी सूर्यप्रसाद उपाध्याय, सुनसरी साहित्य प्रतिष्ठान धरानका अध्यक्ष एवम् पूर्व प्रशासक कृष्ण कोइराला, पिण्डेश्वर क्याम्पसका सह प्राध्यापक सागरमणि सुवेदी, साहित्य अनुसन्धान परिषद् नेपालका अध्यक्ष केशव वाग्लेका शुभकामनासागै कविताका आफ्ना कलमीय समेत समेटिएको छ । पुस्तककको मूल्य १ सय र संस्थागत दुई सय राखिएको छ ।

तपाईको प्रतिक्रिया