राजधानी÷सोमबार नेपाली काँग्रेस जिल्ला सभापतिहरुको काठमाण्डौमा भएको भेलाले महासमितिको निर्णय विपरीत संस्थापन पक्षले केन्द्रीय समितिबाट गरेका निर्णयहरु नमान्ने चेतावनी दिएका छन् ।
पार्टी केन्द्रीय समितिको वहुमतको दम्भमा सभापति शेरबहादुर देउवाले पौड्याल सिटौला पक्षले महासमितिले गरेका निर्णय कार्यान्वयन गर्न, नेपाल विद्यार्थी संघ, नेपाल तरुण दललाई पूर्णता दिन माग गर्दैै समयमै १४ औं महाधिवेशन गराउन आग्रह गदै आए पनि संस्थापन पक्षले त्यसमा ध्यान नदिई एकोहोरो पेल्ने ढंगले आफू अनुकूलका निर्णयहरु गर्दै गएपछि सभापतिहरुको भेला काठमाण्डौमा भएको हो ।
काँग्रेसका ५५ जिल्ला सभापतिहरुले केन्द्रीय समितिको पौष ११ गतेको पार्टी विधान संसोधन गर्ने निर्णयको विरोध गरेका थिए । गत बर्ष पुष ८ गते सम्पन्न महासमिति बैठकले पारित गरेको विधान कार्यान्वयनमा नल्याई केन्द्रीय समितिको वहुमतको आधारमा संस्थापन पक्षले संसोधन गरेको
थियो । । पौड्याल र सिटौला पक्षले संयुक्त रुपमा आवहान गरेको भेलामा ५५ जिल्लाका पार्टी सभापतिहरुको उपस्थिति रहेको सुनसरीका पार्टी सभापति राजीव कोइरालाले जानकारी दिनुभयो । उनीहरुले संस्थापन पक्षले वहुमतको दम्भमा सहमति बिना महाधिवेशनको कार्यतालिका ल्याएको, दुइ महिनामा गठन गर्नुपर्ने विभाग अहिले आएर गठन गर्न खोजिएको, महाधिवेशनलाई प्रभावित पार्न विभागको संख्या थप गरेको आरोप लगाएका छन् । पार्टी जिल्ला सभापतिहरुले केन्द्रीय सभापति शेरबहादुर देउवाले गरेको निर्णयहरु नसच्यनएमा पुनः क्षेत्रीय सभापति र महाधिवेशनको भेला बोलाई सभापतिका सबै निर्देशन र पौष ११ गते पछिका निर्णय कार्यान्वयन नगर्ने चेतावनी समेत दिएका छन् ।
