बीपी चिन्तन प्रतिष्ठानद्वारा मेलमिलाप दिवस भव्य रुपमा सम्पन्न

धरान÷बीपी चिन्तन प्रतिष्ठान
धरानले ४४ औ राष्ट्रिय एकता तथा मेलमिलाप दिवस भव्यताका साथ मनाएको छ ।
वि.सं. २०३३ साल पौष १६ गते नेपाली काँग्रेसका संस्थापक नेता बीपी कोइराला र गणेशमानसिंह लगायतका नेताहरु राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किएकोले नेपाली काँग्रेसले पौष १६ गतेलाई राष्ट्रिय एकता तथा मेलमिलाप दिवको रुपमा मनाउदै आएको छ ।
सो अवसरमा बोल्दै नेपाली काँग्रेस सुनसरीका पूर्व जिल्ला सचिव गिरिराज आचार्यले तत्कालीन पञ्चायती व्यवस्थामा बीपीमाथि सातवटा मुद्दाहरु अदालतमा चलिरहेको, बीपीलाई मृत्यु दण्ड सम्मको सजाय माग गरिएको अवस्थामा राष्ट्र नै संकटमा परेको गम्भीर अवस्थालाई ध्यानमा राखेर उहाँहरुले आफ्नो जीवनको प्रर्वाह नराखी स्वदेश फर्किएको प्रसंग उल्लेख गर्नुभएको थियो । पूर्व महासमिति सदस्य समेत रहनु भएका आचार्यले तत्कालीन पञ्चायती शासकहरुले नेपाली काँग्रेसका कार्यकर्ताहरुलाई चरम दमन र यातना दिएको समेत स्मरण गर्नुभएको थियो ।
यसैगरी प्रदेश नं. १ का पूर्व प्रमुख डा. गोविन्द सुब्बाले वर्तमान अवस्थामा बीपीको राष्ट्रिय मेलमिलाप नीति अझ सान्दर्भिक बन्दै गएको भन्दै यतिबेला राष्ट्रिय अस्मितामाथि नै संकट परेको बताउनुभयो । सुब्बाले भन्नुभयो यतिबेला देशका सीमाहरु मिचिएका छन्, वर्तमान शासकहरुले देशका सीमाहरुको सुरक्षा गर्न सकेका छैनन । यसैगरी बीपी विचार
राष्ट्रिय समाज प्रदेश नं. १ का अध्यक्ष दिपक लोहनीले २०३३ सालमा दक्षिण एसियामा चरम राजनैतिक अस्थिरता कायम भएको थियो । राष्ट्रलाई बचाउनकै लागि बीपी गणेशमानसिंह लगायतका नेताहरु स्वदेश फर्कनु भएको प्रष्टयाउनु भएको थियो ।
बीपी चिन्तन प्रतिष्ठान सुनसरीका सभापति डा. आनन्द आचार्यको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रजातान्त्रिक विचार समाज सुनसरीका अध्यक्ष जीवन कुमार राई, नेपाली काँग्रेस सुनसरीका पूर्व जिल्ला उप सचिव विकास आचार्य, पूर्व प्रअ गोकुलप्रसाद श्रेष्ठ, नेपाल शिक्षक संघ सुनसरीका संस्थापक अध्यक्ष सिसाम्बर झा, नेपाल महिला संघ क्षेत्र न. १ की क्षेत्रीय सभापति श्रीमति नेत्रकुमारी
राई, श्रीमति सरिता सुब्बा, पे्रम पौड्याल, बीपी चिन्तन प्रतिष्ठानका सचिव पुष्प ढकाल लगायतले पनि राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका सम्बन्धमा आफ्नो धारणा व्यक्त गर्नुभएको थियो । पौष १६ गते राष्ट्रिय टोपी दिवस समेत परेकोले कार्यक्रममा अतिथिहरुलाई आयोजकले नेपाली टोपी समेत लगाइ दिएका थिए ।

तपाईको प्रतिक्रिया