नेकपा तत्कालीन एमालेले बर्षोदेखि एकलौटी वर्चस्व कायम गर्द आएको धरान उपमहानगरपालिकाबाट हालै सम्पन्न उपनिर्वाचनबाट लज्जास्पद हार व्यहोरेपछि आत्मरतिकै लागि भएपनि यतिबेला उनीहरु बेतुकका समक्षात्मक बैठकलाई निरन्तता दिन थालेका छन् ।
एमालेकै शब्दमा भन्नुपर्दा धरान उनीहरुको लालकिल्ला थियो, चीनको सांघाई थियो । उनीहरुमा यति उग्रता थियो कि धरानमा लठ्ठी उठाए पनि, कुकुरलाई उठाए पनि लालकिल्ला कसैले हल्लाउन नसक्ने दाबी थियो । तर धराने जनताले त्यसलासलाई हल्लाइदिएका मात्र छैनन जरैदेखि भत्काइदिएका छन् ।
यतिबेला चरम छटपटाहट, आत्मग्लानी र यहाँका स्रोत साधनमाथि एकलौटी वर्चश्व गुमाउनु परेको पीडाले उनीहरु विचलित भएका छन् । प्रजातन्त्र स्थापना भएको २८ बर्षसम्म धरान उपमहानगरपालिकालाई तत्कालीन एमालेले दुहुनो गाईमात्र बनाए । नगरको विकासलाई भन्दा पनि आफू बनिने, आफ्ना कार्यकर्ता पाल्ने, पोस्ने काम मात्र
गरे । नेपालका सबै स्थानीय निकायको तुलनामा धरान उपमहानगरपालिकालाई सर्वोच्कृष्ट भ्रष्टाचारको अखडा बनाए, अत्याधिक कर बृद्धिले धराने जनतालाई कम्युनस्टिको निरन्तर नेतृत्वप्रति सोच्न बाध्य बनायो ।
जनतालाई केन्द्रमा राखेर काम गर्न नसक्दा जनताले कम्युनिस्टको नेतृत्व परिवर्तन गरिदिए, अस्विकार गरिदिए । धरान नगरपालिकामा वास्तवमै भन्ने हो भने कम्युनिस्टको नेतृत्व यति अराजक बनेको थियो कि म नै राज्य हुँ मैले जे गर्दा पनि हुन्छ भन्ने अहंकार नै धरानमा कम्युनिस्टको पतनको कारण बन्यो । अझ २०७४ सालको निर्वाचनपछि धरानमा विकासको नाममा समान्य सडक मर्मत गर्ने काम समेत भएन । तत्कालीन धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाको असमायिक निधनपछि कावा मेयरको जिम्मेवारी सम्हालेकी उपमेयरको कर्यशैलीप्रति अराजक भयो कि विगत २८ बर्षदेखि एमालेलाई मतदान गर्दै आएका मतदाताहरु, एमालेका साधारण, संगठिगत सदस्यहरु, मजदुर फाँटका व्यक्तिहरु, धरानमा अव्यवस्थित बसोबास गर्दै आएका सर्वसाधारणहरु, उद्योगी, व्यवसायी सबै कोही खुलेर कोही आन्तरिक रुपमा असहयोगको कित्तामा उभिए । धरानको छातौकदेखि भानुचौकसम्म एक करोड ७० लाखको लागतमा बनाइएको रेलिङ्ग, पुरानो अस्पताल अगाडि बनाइएको विश्राम स्थल, भोटेपुलदेखि लक्ष्मी सडकसम्मको सोलार बत्ती कावा प्रमुखको भ्रष्टाचारको दरिलो माध्यम बन्यो । आज न सडककमा सोलार बत्ती बल्छन् न रेलिङ्गले धरान बजारको सौन्दर्य बढाउने काम ग¥यो । धरानको पुरानो हस्पिटल अगाडि बनाइएको विश्राम स्थलको चार पटक विल बनाएर भुक्तानी लिइएको थियो । यी त देखिएका चर्चा गर्न लायकका नमूनामात्र
हुन । यस्ता ५० औं उदाहरणहरु रहेका छन् । आफ्ना कार्यकर्ता भर्र्ति गरेर धराने जनताले तिरेको करको दुरुपयोग गर्ने भन्दा एमाले (नेकपा) ले कुनै स्मरणीय योग्य काम गरेको पाइएन ।
निर्वाचन हार्नुको असंख्यौ कारणहरु नेकपाका अगाडि छर्लङ्ग छन् । तर पनि उनीहरु दैनिकजसो समीक्षात्मक बैठकहरु गरिरहेका छन् । उनीहरुकै कार्यकर्ता त्यस्ता समीक्षात्मक वैठकप्रति व्यंग्य गर्दे भन्छन् समीक्षात्मक बैठकको औचित्य छैन । काम नगरेपछि हार्नुको विकल्प छैन । भ्रष्ट कर्मचारीहरुले सेवागाहीलाई शासक बनेर सताएको, बिना लेनदेन कर्मचारीहरुले कामै नगरिदिने, भ्रष्ट कर्मचारीहरुसँगै साँठगाँठ गरेर कावा प्रमुख र अन्य कम्युनिस्ट निकटका जनप्रतिनिधिहरु कमाउ धन्दामा सलग्न हुनु समेत धरानमा कम्युनिस्टको हारको प्रमुख कारण मान्छन् उनीहरु । समीक्षात्मक बैठकमा एक अर्कालाई दोष देखाएर पाखुरा सुर्कने क्रम जारी छ । अधिकांशको रोषको कारण कावा प्रमुख नै देखिएको छ । उनीहरु नव महारानीको पगरी गुथाउन समेत पछाडि परेका छैनन् । धेरै कारणले धरानमा कम्युनिस्टको पतन भएको देखिन्छ । एकले अर्कालाई दोष दिएर उम्कने घृष्टता गर्नुभन्दा आफूहरुले रामो काम गर्न नसक्दाको परिणाम हो भनेर आत्म समीक्षा गर्नु नै वेश हुन्छ । अबका जनता कसैका पछि बग्गीमा नागरिको घोडा होइनन् । उनीहरु असल र खराब छुट्याउन सक्छन् ।
