बुढासुब्बा गोल्डको खेल तालिका स¥यो

धरान÷ मोफसलकै पुरानो मानिएको बुढासुब्बा गोल्डकप प्रतियोगिता सरेको छ । धरान
रंगशालामा विहीबारदेखी शुरु हुने भनिएको गोल्डकप सरेको आयोजक धरान फुटबल क्बलबले जनाएको
छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले सार्वजनिक गरेको खेल तालिका अनुसार २२ औं संस्करणको बुढासुब्बा गोल्डकप मंसिर १९ बाट २८ गतेसम्म हुने भनिएको थियो । तर, उपनिर्वाचन, साफ गेम र शहिद स्मारक लिगका कारण बाध्य भएर गोल्डकप सार्नुपरेको क्लवका अध्यक्ष किशोर राईले बताउनुभयो । उहाँले गोल्डकप सार्न एन्फालाई दुई हप्ता अघि जानकारी गराउदै पत्राचार गरेको स्पष्ट पार्दै एन्फाले अब नयाँ खेल तालिका सार्वजनिक गरेपछि मात्र टुङगो लाग्ने बताउनुभयो ।
अहिले साफ गेम भइरहेको छ भने मंसिर २८ देखी फाल्गुन ५ गतेसम्म शहिद स्मारक ए डिभिजन लिग हुने भएको छ । यसपटको गोल्डकपमा दुई विदेशी टिम सहित १० वटा टिमको सहभागीता हुने क्लवका महासचिब प्रताप तामाङले जनाउनुभयो । बुढासुब्बाको २१ औं संस्करण विजेता विदेशी टिम दाउफिन्स एफसीले जितेको थियो ।

तपाईको प्रतिक्रिया