धरान÷जबरजस्ती धर्म परिवर्तन गराउने तथा पश्चिमा धर्म सँस्कृतिले गाँज्दै लगेको अवस्थामा धरानका बौद्ध धर्मालम्बीहरुले बौद्ध धर्म संरक्षणलाई अगाडि बढाएका छन् ।
धरान ८ स्थित बौद्ध दाह सस्कार स्थल धार्मिक वनका अध्यक्ष कर्णबहादुर गुरुङ्गले दौद्ध दाह सस्कार स्थल तीन ढवाङ्गे खोलामा आकर्षक बौद्ध गेट निर्माणको शनिवार शिलान्यास गर्नुभएको छ ।
बौद्ध इतिहासलाई उजागर गर्दै निर्माण गरिने बौद्ध गेटका लागि अध्यक्ष गुरुङ्गले पिता स्व. क्याप्टेन वृषबहादुर र आमा कर्णमाया तमुको मृत आत्माले चीर शान्ति पाउन भनी ७ लाख रुपैयाँ संस्थालाई प्रदान गर्नुभएको थियो । शिलान्यासलमा लामा लोपेन गुरुपेमा रोङदेल तथा लामा गुरु गणेश तमुले स्वस्ती वाचन गर्नुभएको थियो । शिलान्यास समारोहमा बोल्दै अध्यक्ष गुरुङ्गले गेट निर्माण पश्चात उक्त स्थान आन्तरिक तथा वाह्य पर्यटकका लागि आकर्षक केन्द्र बन्ने विश्वास व्यक्त गर्नुभयो ।
