धरान÷ सडक विभागको ढिलाईले धरान स्थित कोशी राजमार्गमा पर्ने भोटेपुलको सडक मर्मत सम्भार हुन सकेको छैन् । स्थानीय निकायले मर्मत गर्न सक्ने भए पनि बेरुजुमा पर्ने भए पछि धरान उपमहानगरपालिका पनि सडक विभागलाई नै पर्खनु पर्ने बाध्यतामा रहेको छ ।
धरान हुँदै जाने कोशी राजमार्गको खाल्डाखुल्डी मर्मत हुन नसक्दा एकातिर सडक दुर्घटनाको जोखिम रहेको छ भने अर्को तिर दैनिक हजारौं संख्यामा कुदने सवारी साधनले धुलो उठाउँदा स्थानीय आक्रोशित छन् । कोशी राजमार्गको मर्मत सम्भारको जिम्मेवारी सडक विभागको हो । तर विभागले समयमै काम गर्न नसक्दा स्थानीयले सास्ती भोग्नु परेको छ । स्थानीय निकायले आफै पनि सडक मर्मत गर्न सक्थ्यो तर बेरुजुमा पर्ने भए पछि विभागलाई पर्खनु पर्ने बाध्यता रहेको धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारी सुवेदीले बताउनुभयो ।
धरान ८ स्थित भोटेपुलको बाटो हुँदै दैनिक सभामुख, संघीय संसद, प्रदेश संसदहरु हिड्ने गर्छन् । तर पनि सडक मर्मतमा चासो नदिएको स्थानीयको गुनासो पनि बढ्दै गएको छ । धरानका स्थानीयवासीको गुनासो बढ्न थाले पछि सभामुख प्रदिप कुमार भण्डारीको पहलमा सडक मर्मतका लागि बजेट विनियोजन भईसकेको भण्डारीले जानकारी दिनुभएको छ ।
धरान उपमहानगरपालिका सडक निर्माणमा देशकै लागि उदाहरणिय बनेको छ । तर पनि सरकारको कानुनी जटिलताले आफै मर्मत गर्न सकेको छैन् । विभागले स्थानीय निकायलाई मर्मतको जिम्मेवारी दिए स्थानीयले समस्या भोग्नुपर्ने अवश्था नआउने थियो ।
