धरान÷इसवार कँग्रेसन जीतान वस्ते गाछ चुनाव चिन्हमा मतदान करा, धरान नेतृत्वमा बदलाउ चाव ह, बर्षौसे एकी पार्टी के नेतृत्व धरानम विकास कोनी होया, अव्यवहारिक और वेफाल्तुका कर नेकपा पार्टी धरानम उपहारमा दिह ।
यी माथिका पंक्तिहरु धरानका मारवाडी समुदायका आपसी वार्ताका हुन् । आगामी मंसिर १४ गते धरान उपमहानगरपालिकाको उप निर्वाचन नजिकिदै गर्दा झण्डै तीन हजार मतदाता रहेका मारवाडी समुदायहरुले नेपाली काँग्रेसलाई रुखमा छाप लगाएर जिताउने निर्णय नै गरिसकेका छन् । दुई चार जना केही अपवाद होलान् तर आम मारवाडी समुदायको भोट काँग्रेसलाई नै जान्छ धरानका एक अगुवा मारबाडीको कथन छ ।
मारवाडी समुदाय मात्र होइन मधेशी समुदायको चार हजार र मुस्लिम समुदायको ६७५ मत समेत एकलौटी नेपाली काँग्रेसमै जाने भएको छ । उनीहरुको कथन मारवाडी समुदायको जस्तै छ यसपटक धरानले नेतृत्व परिवर्तन चाहेको छ । बर्षौदेखि धरानमा एउटै दलको नेतृत्व हुँदा विकास भएन, अव्यवहारिक अनावश्यक कर नेकपाले धरानेहरुलाई उपचार दिएको छ । एकातिर नेकपा आफ्नो पुरानो शाख जोगाउन लागि परेको छ भने बर्षोदेखिको एकलौटी नेतृत्व हुँदा समेत धरानमा विकासका कुनै काम नभएकोले नेतृत्व परिवर्तन हुनुपर्ने काँग्रेसको अभियानमा यसपटक सर्वसाधारण मतदाता, सुकुम्बासी, यातायात मजदर र विगतमा एमालेलाई मतदान गर्दै आएका मतदाताहरु समेत काँग्रेसलाई विजयी गराउने पक्षमा देखिएका छन् ।
घर दौलोमा नेपाली काँग्रेसलाई मतदाताको भव्य स्वागत चुनावी प्रचारका क्रममा घरदैलो मत माग्दै हिडेका नेपाली काँगेसका मेयका प्रत्यासी तिलक राईलाई यसपटक धरानका आम मतदाताहरुले भव्य स्वागत गर्दे आफूहरुले परिवर्तन चाहेकोले काँग्रेसलाई मतदान गर्ने बताउने गरेका छन् ।

शनिवार धरान १७ को घरदैलो अभियानमा पुग्नु भएका राइलाई स्थानीयले भव्य स्वागतमात्र गरेनन् विजय गराएरै छाड्ने बताए । धरान उपमहानगर पालिकामा भएको भष्ट्राचार अन्त्य गर्ने, अव्यवहारिक र मनपर्र्दी कर घटाउने, महँगी नियन्त्रण गर्ने बचन मतदाताहरुलाई उहाँले दिनु भएको थियो । उहाँले रेल्वे, एश्वर्य लाइन, स्मृति मार्ग, खहरे टोल, डाडाघोपा, फोकल्याण्ड, पट्नाली, लोकप्रिय मार्गका मतदाता भेट्नु भएको थियो । धरान वडा नं. १७ मै सोमबार तिलक राईको घर दैलो अभियानका क्रममा विभिन्न दलका ३५ जना नेपाली काँग्रेसमा प्रवेश गरेकाहरुलाई फूलमाला लगाएर स्वागत गर्नुभएको थियो ।
धरान १७ को शान्ति चौक टोल विकास समितिका अध्यक्ष तथा माओवादीका पूर्व लडाकू सूर्यबहादुर तामाङ्गको नेतृत्वमा राजेश मोक्तान, मेनुका राई, संगीता तामाङ्ग, मिनकुमार श्रेष्ठ, काजी राई, टंक प्रधान, लक्ष्मी कुमार मोक्तान, धनबहादुर मगर, क्षेत्र गुरुङ्ग, राजेश मगर, जीवन विक, कुमार कालिकोटे, जीवन रसाइली लगायत नेपाली काँग्रेसमा प्रवेश गर्नुभएको थियो । सो अवसरमा पार्टी प्रवेश पश्चात बोल्दै सूर्यबहादुर तामाङ्गले भन्नुभयो धरानको विकासका लागि काँगेसमा प्रवेश गरेको हुँ । प्रत्यासी राइको धरान १३, धरान ६ पानमारा, धरान २० विष्णुपादुकामासमेत भव्य स्वागत मात्र गरिएको थिएन सैयौ युवाहरु काँग्रेसमा प्रवेश गरेका थिए । धरान १५, धरान ८, धरान १६, धरान ४, धरान ५ मा समेत आम मतदाताहरुले यसपटक काँग्रेसलाई विजयी गराउनुको विकल्प नरहेको बताएका थिए ।
नेकपासँग सुकुम्बासीहरुआक्रोसितधरानका विभिन्न वडामा बर्षौदेखि बसोबास गर्दै आएका सुकुम्बासीहरुले आफूहरुलाई नेकपाले झुटा आश्वासन देखाएर झुक्याउदै आएकोले यसपटक नेपाली काँग्रेसलाई विजयी गराउने बताएका छन् । झण्डै १३ हजारको संख्यामा रहेका धरानका सुकुम्बासीहरुलाई नेकपाले आफ्नो चुनावी भोट बैंकको रुपमा विगतदेखि नै प्रयोग गर्दैै आएको छ ।
चुनावको बेलामा धनीपूर्जा दिन्छौ भनेर आजसम्म झुक्काउदै आएको धरान ११ सर्दु खोला किनारमा रहेको सुनौलो बस्ती, वान डाडा, प्रगति मार्ग, गौरी टोल लगायतका स्थानका सुकुम्बासीहरुले शुक्रबार अब कम्युनिस्टबाट सुकुम्बासीको हित नहुने भन्दै काँगेसलाई भोट दिने जनाएका छन् । सुकुम्बासी लागि लामो समयदेखि काम गर्दै आउनु भएका अरुण कटुवालले कम्युनिस्टहले आफूहरुलाई गरिब, सुकुम्बासी भनेर भोट लिने गरेको स्मरण गर्दे २०४५ सालको भुकम्प पश्चात
धरानमा कोठा भाडामा बस्ने परिवारहरुले विकल्पको लागि बसोबास गरेको सुनौलो वस्ती खाली गर्न पूर्व एमालेका मेयरले बारम्बार प्रयास गरेको तर काँग्रेस नेतृ सुजाता कोइरालाको पहलबाट सम्भव नभएको बताउनुभयो । विगतमा एमालै मेयरले धरान ८ रेडियो नेपाल दक्षिण, धरान ३ को बस्तीमा डोजर लगाएर सुकुम्बासीको उठीबास गराएको उनीहरुले बताएका थिए । उनीहरुको आरोप छ भ्रममा पार्न हाल नगरपालिकाले सुकुम्बासीलाई घर नम्बर दिएर कर असुल्न थालेको छ, अब हामी भ्रममा रहन चाहन्नौं ।
व्यवसायीहरु आक्रोसित धरान १ लक्ष्मी मार्गका सामान्य व्यवसायी संग्रामसिंह तामाङ्ग भन्छन् कम्युनिस्टलाई भोट दिएर अब आफनो खुट्टामा बञ्चरो हानिदैन । गत बर्ष आफ्नो सानो पसलको नविकरण गराउदा २७ सय लिएको थियो भने यसपटक ६३ सय माग्यो । के आधारमा त्यो कर लगाइयो । म अरुकोमा काम गर्छु । घरमा परिवारलाई बसी बियालो होस् भनेर झोलामा लगेर सामान दिन्छु । करको सम्बन्धमा चर्काचर्की प¥यो । पछि वाणिज्य संघका एकजनाले फोन गरिदिएपछि २४ सय मात्र लिएर मिलाए । त्यो ज्यादति हो त्यसैले विगतमा एमालेलाई भोट दिए पनि यसपटक कँग्रेसमा हाल्छु । अरुलाई पनि मैले यस्तै भन्ने गरेको छु । धरानका घनश्याम रिजाल समेत यसपटक परिवर्तन आवश्यक भएकोले नेकाको उमेद्वारलाई विजय गराउन आग्रह गर्नुहुन्छ । यी दुई प्रतिनिधि पात्र मात्र हुन साना मात्र हैन ठूला व्यापारीहरु समेत नेकपाको कार्यशैली प्रति आक्रोसित छन्, नेतृत्व परिवर्तन हुनैपर्छ उनीहरु भन्छन् ।
