धरान÷नेपाली काँग्रेसको युवा दस्ता नेपाल तरुण दलले आसन्न मंसिर १४ गतेको निर्वाचनलाई लक्षित गरी सुनियोजित ढंगले केही सञ्चारमाध्यम र अनलाइन समाचारमा तरुण दलका नेतासहित डेढ दर्जन युवा नेकपामा प्रवेश गरेको भन्ने समाचारप्रति आपत्ति जनाएको छ ।
नेपाल तरुण दल धरान उपमहानगर समितिका सचिव मनोहर श्रेष्ठद्वारा जारी विज्ञप्तीमा भनिएको छ जहिले चुनाव आउँछ धराने जनतालाई कम्युनिस्टहरुले गलत अफवाह फैल्याउने र झुटको खेति गर्दे आम धरानबासीप्रति गलत सन्देश प्रवाह गदै चुनावी
परिणाम हात पार्न सफल भएको छ र अहिले हुने उप निर्वाचनमा समेत नेपाल तरुण दल धरान उपमहानगर समितिका सदस्य नै नरहेका युवा सुभाष राईको नाम लिई पार्टी प्रवेश गराइएको समाचार सुन्दा कम्युनिस्टहरु जाली काम गर्न कति सिपालु हुन्छन् भन्ने कुरा प्रष्ट पारेको छ । विज्ञप्तीमा भनिएको छ हामी तरुण दल धरान उपमहानगर मितिका पदाधिकारीहरु लगायत सबै वडा समितिका तरुण मित्रहरु नेपाली काँग्रेसको चुनाव प्रचार प्रसारको कार्यक्रममा घरदैलो गर्दे हिडिरहेको जानकारी गराउँदछौैं र त्यस्ता दिग्भ्रमित खबरहरुप्रति सचेत रहन समेत आग्रह गर्दछौ विज्ञप्तीमा भनिएको छ ।
