घिमिरेलाई मातृशोक

इटहरी/कोशी अञ्चल यातायात व्यवस्थापन समितिका कोषाध्यक्ष, सार्वजनिक सिद्धार्थ यातायात व्यवसायी संघका अध्यक्ष धु्रवराज घिमिरेलाई मातृशोक परेको छ ।
केही समयदेखि अस्वस्थ रहनुभएकी घिमिरेकी ममतामयी आमा नर्मदा घिमिरेको गत मंगलबार ७६ बर्षको उमेरमा निधन भएको छ । नेपाली कााग्रेस सुनसरीको एउटा खम्बाका रुपमा रहनु भएका धु्रवराज घिमिरे पार्टी प्रतिबन्धित अवस्थामा पञ्चायतका विरुद्धमा सक्रिय रहनु भएको थियो । २०३६ सालको जनमत संग्रह, २०४२ सालको सत्याग्रह, २०४६ सालको जनआन्दोलन तथा २०६२/०६३ सालको आन्दोलनमा उहााले जिल्लामा उल्लेखनीय भूमिका निर्वाह गर्नुभएको थियो । केही समयदेखि पार्टीको जिम्मेवारीबाट अलग रही आफ्नै व्यवसायमा आवद्ध घिमिरे नेपाल यातायात व्यवसायी महासंघको पूर्व केन्द्रीय सदस्य समेत हुनुहुन्छ । स्व. नर्मदा घिमिरेका ६ भाइ छोरा र तीन
छोरी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया