एसियाकै साहित्यिक स्रष्टाहरु राजधानीमा ओहिरिए

यतिबेला दक्षिण एसियाका साहित्यकारहरुको ठूलो संख्या राजधानी काठमाण्डौ आएको छ । नेपाल भ्रमण बर्ष २०२० को पूर्व सन्ध्यामा दक्षिण एसियाका साहित्यकारहरुको आगमन हिजो मंगलबार भएको हो ।
चिनिया साहित्यकारदेखि  भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, माल्दिभ्सबाट आएका श्रष्टाहरुले साहित्यका विविध पक्षमाथि बहस, अन्तरक्रिया गर्नुका साथै आ–आफ्नो देशको संस्कृति सम्बन्धी एक अर्कालाई जानकारी गराउनेछन् । उनीहरुले नेपालका प्रसिद्ध धार्मिर्क तथा पर्यिटकीय क्षेत्रहरुको भ्रमण गर्दे नेपाली समुदायको विविधताको अवलेकन समेत गर्नेछन् ।
यस प्रकारको साहित्यिक सम्मेलन एवम् जमघट गत बर्ष चीनको छेन्दुमा सम्पन्न भएको थियो । हाल साहित्यकारहरुको जमघट त्यसैको दोस्रो संस्करण हो । नेपाल प्रज्ञा प्रतिष्ठान आयोजक रहेको यो साहित्यिक सम्मेलन केही दिन चल्ने बताइएको छ । प्रतिष्ठानले सोमबार
राजधानीमा एक पत्रकार सम्मेलन गरी दक्षिण एसियाका साहित्यकारहरुको आगमन र उनीहरुसँग परिचय समेत गराएको थियो । सम्मेलनमा १६ जना विद्वानहरुले विविध विषयमा गोष्ठीपत्र प्रस्तुत गरिने प्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्यायले बताउनुभयो । उहाँले भन्नुभयो चिनियाँसँगै दक्षिण एसियाका साहित्यिक गतिविधिसँगै भावि सहकार्यसम्मको बहस हुने भएकोले सम्मेलन उपलब्धीमूलक हुने बताउनुभयो । सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो मंगलबार उद्घाटन गर्नुभएको थियो । उक्त अवसरमा विभिन्न प्रकारका झाँकीहरु समेत प्रस्तुत भएका थिए ।
साहित्यकारहरुको जमात आज बुधबार चन्द्रगिरीमा नेपाल पर्यटन बोर्डको तर्फबाट हुने नेपालमा साँस्कृतिक पर्यटनको सम्भावना सम्बन्धी वृहत अन्तरक्रिया सरिक हुने भएको छ ।

तपाईको प्रतिक्रिया