बसन्तटार अर्गानिक खेति गर्ने स्थल बन्दै

धरान÷ तत्कालीन पाँचकन्या गाविस हालको धरान उपमहानगरपालिकाको ५ मा पर्ने बसन्तटार अहिले देशै भरिका कृषकहरुको लागि अग्र्यानिक कृषिको अवलोकनको थलो बन्दै गएको छ । ३४ वर्षे युवा कृष्ण राईको १९ वर्षको अग्र्यानिक अभियानले कृषि पर्यटनका लागि गन्तव्यको रुपमा परिचित हुन थालको छ ।
०५६ सालतिर कृष्ण राईले आफ्नै बारीमा काउली रोप्दा गाउँलेहरुले ’फलाएर त देखा, कान काटिदिन्छु’ सम्म भने । उहाले मेहनत गरेर काउलीसँगै टमाटर, सिवि, काक्रो, बोडी पनि फलाउनुभयो । त्यसपछि मात्र छरछिमेकहरु तरकारी खेतीमा तानिए । कृष्णले ०६२ सालदेखि रासायनिक मल र बिषादी न्युनिकरण अभियान शुरु गर्नुभयो । वसन्तटारको १ सय ५० घरधुरीमा अहिले व्यवसायिक रुपमा अग्र्यानिक तरकारी खेती अग्र्यानिक अभियन्ता कृषक कृष्ण राई बताउनु हुन्छ ।
अग्र्यानिक उत्पादनलाई प्रोत्साहन गर्दै राईले सोताङ अग्र्यानिक एग्रीकल्चर सेन्टर स्थापना गर्नुभयो । त्यो संगै गाउँले किसानलाई अग्र्यानिक कृषि तर्फ आकर्षण गराउँदै वसन्तटार कृषि सहकारी संस्थाको पनि अगुवाई गरिरहनु भएको छ् । अग्र्यानिक खेतीबाटै वार्षिक रुपमा करिब १५ लाख रुपैयाको कारोबार गर्ने
गरेको उहाँ बताउनु हुन्छ ।
अग्र्यानिक तरकारी खेती र विधि हेर्न विभिन्न जिल्लाबाट कृषक समुहहरु अध्ययन भ्रमणमा आइ
रहन्छन् । अग्र्यानिक तरकारीको आउटलेट, अग्र्यानिक रेष्टुरेष्ट र होम स्टे शुरु गर्ने योजना छ । त्यसका लागि उत्पादन बढाउन कम्मर कसेर उहाँ लाग्नु भएको छ् ।

तपाईको प्रतिक्रिया