इनरुवा÷उद्योग वाणिज्य संघ सुनसरी इनरुवाको अध्यक्षमा प्रजाान्त्रिक समूहका वीरेन्द्र साह सहित अन्य सम्पूर्ण पदाकिधिकारी निर्वाचित भएका छन् ।
दुई तिहाइ वहुमको ध्वाँस पिट्दै आएका नेकपा पहिलो पटक देशका विभिन्न स्थानमा भएका संघ संस्थाको निर्वाचनमा नराम्ररी चिप्लन थालेको छ । गत हप्ता सम्पन्न उद्योग वाणिज्य संघ इनरुवाको निर्वाचनमा समेत नेकपा चिप्लिएको छ । स्वयम् प्रधानमन्त्री केपी शर्मा ओलीको गृह नगर दमक उद्योग वाणिज्य संघको निर्वाचनमा समेत नेकपाले नमिठो पराजय भोगेको थियो । इनरुवा नेकपा प्रदेश नं. १ का इन्चार्ज भीम आचार्यको गृह नगर हो ।
अध्यक्षमा निर्वाचित वीरेन्द्र साहले नेकपाका तर्फबाट अध्यक्षमा उमेद्वार भएका पञ्चदेव मेहतालाई ४६ मतले पराजित गरेका थिए । यसैगरी प्रजाान्त्रिक समूहका गिरिराज अटल उपाध्यक्ष, रोशन खड्का सचिवमा, सह सचिवमा सुरेन्द्रकुमार साह, कोषध्यक्षमा उमेश श्रेष्ठ, महिला सदस्यमा रितादेवी साह र जुनु रावल विजयी हुनु भएको छ ।
