धरान÷नेपाली काँग्रेसका प्रवक्ता तथा प्रभावशाली युवा नेता विश्वप्रकाश शर्माले कम्युनिस्ट नेतृत्वमा विगतमा चार चार वटा सरकार बनेपनि संविधान बनाउन नसकेको तर काँग्रेसको बोली नबुझिने नेताको नेतृत्वमा बनेको सरकारले संविधान जारी गरी तीनै तहको निर्वाचन गराएको बताउनु भएको छ ।
प्रवक्ता शर्माले उक्त कुरा नेपाली काँग्रेसको सुनसरी जिज्ला स्तरीय दोस्रो जागरण अभियान समापन समारोह लाई हिजो धरानमा सम्बोधन गर्दे बताउनु भएको हो ।
नेपाली काँग्रेस सुनसरी जिल्ला कार्य समितिको आयोजना तथा धरान उपमहानगर समितिको व्यवस्थानमा अयाोजित दोस्रो जागरण सभालाई सम्बोधन गर्दै प्रभावशाली युवा नेता शर्माले गत हप्ता राजधानीमा आयोजित गणेशमान स्मृति प्रतिष्ठानले पूर्व प्रधानमन्त्री शुशिल कोइरालालाई मरणोपरान्त जन आन्दोलन स्वर्ण पदक प्रदान गर्ने कार्यक्रममा काँग्रेस सभापति शेरबहादुर देउवाले बोलेको बुझिएन भन्दै मज्जाले हाँसेको प्रति इंगित गर्दैै राष्ट्रपति विद्यादेवी भण्डारीलाई पूर्व राष्ट्रपति डा. रामबरण यादवसँग ट्युशन पढ्न आग्रह समेत गर्नुभएको थियो ।
उहाँले भन्नुभयो राष्ट्रपति भण्डारीले काँग्रेस नेताहरुको बोली बुझ्नु भएनछ । उहाँको प्रश्न थियो मुलुकको संविधान कस्ले जारी ग¥यो ? शान्तिपूर्ण रुपले तीनै तहको निर्वाचन कस्ले गरायो ? स्व. सुशिल कोइराला र शेरबहादुर देउवाको बोली नबुझ्नेले आज आफनो कर्म पनि भुलेका छन् । सत्तासीन कम्युनिस्टहरुले आज आफनो कर्म भुल्दा नेपाली जनतामा व्यापक असन्तुष्टि छाएको छ । कम्युनिस्टका कारण बढेको भ्रष्टाचार, अराजकता मनपरी तन्त्रका कारण राज्य प्रणाली प्रति नै वितृष्णा जाग्नु विडम्बना हो शर्माले भन्नुभयो । नेपाली काँग्रेसले हिमाल, पहाड, तराई–मधेश राष्ट्रिय जागरण अभियान दुई तिहाइको बलियो कम्युनिस्ट सरकार विरुद्ध धरान उपमहानगर समितिसँग जिल्लाका चारवटै निर्वाचन क्षेत्र, गाउँ नगरबाट धरानमा भेला भएकाहरुलाई सम्बोधन गर्दै भन्न्नुभयो अब कम्यनिस्टहरुका विरुद्धमा सम्पूर्ण नागरिक एक हुने बेला भएको छ । उहाँले आगामी मंसिर १४ गते हुने रिक्त स्थानको उप निर्वाचनमा कम्युनिस्ट बढारिने पनि ठोकुवा
गर्नुभयो ।
यसैगरी नेपाली काँगे्रसका केन्द्रीय सदस्य एवम् पूर्व गृहमन्त्री कृष्ण प्रसाद सिटौलाले कम्युनिष्टहरुलाई मत दिएर यतिबेला नेपाली जनता पछुताइ रहेका छन् । आडम्बर युक्त आश्वासनका भरमा नेपाली जनताले कम्युस्टलाई भोट दिएको पनि उहाँको कथन थियो । नेपाली काँगेसका पूर्व महामन्त्री समेत रहनु भएका सिटौलाले भन्नुभयो वर्तमन सरकार केवल दुई तिहाइको दम्भमा सविधान विपरीतका कामहरु गर्दै गएको छ । आज स्वयम नेकपाका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओली यही रवैयाले सरकार चलेमा चाँडैनै कम्युनिस्ट सरकार पतन हुन्छ पञ्चायत भन्दा पनि निकृष्ट काम हुदै गएको, गुट उपगुटका स्वार्र्थी समूहका कारण युरोपमा जस्तै नेपालमा पनि कम्युनस्टको पतन नजिक छ भनेर बोल्न थालेको प्रति इंगित गर्दै सिटौले अब उनीहरुलाई आफैप्रति विश्वास नभएको बताउनुभयो । दुई तिहाइको सरकारको डंका पिटेर मात्र हुदैन जन अपेक्षा अनुरुप काम गर्न नसकैले सडकमा चर्का नारा लागेको र त्यसलाई दबाउन राज्य सत्ताको दुरुपयोग गरेको समेत उहाँको कथन थियो । नेपाली जनताले कम्युनिस्टको त्यो पनि दुई तिहाइको सरकार हेरि सकेका छन् । अब जनता कम्युनिस्टको सरकार चाहँदैनन भन्ने प्रष्ट भइसकेको पनि सिटौलाको बुझाई थियो ।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी, समाजवादी र अन्य विभिन्न दलहरु परित्याग गरी झण्डै ३ सय कार्यकर्ताहरु नेपाली काँग्रेसमा प्रवेश गरेका थिए । उनीहरुलाई काँग्रेसका केन्दं्रीय प्रवक्ता विश्व प्रकाश शर्मा र केन्द्रीय सदस्य कृष्ण प्रसाद सिटौलाले टिका लगाएर स्वागत गर्नुभएको थियो । नेपाली काँग्रसका सुनसरी सभापति राजीव कोइरालाको सभापतित्वमा सम्पन्न कार्यक्रममा सांसद सीताराम मेहता, चन्द्रप्रसाद श्रेष्ठ, धरान उपमहानगर समितका सभापति तिलक राई लगायतले बोल्नु भएको थियो ।
