झुक्का÷नेकपाका दोस्रा अध्यक्ष प्रचण्डले कैलाली टिकापुरमा डेढ बर्षीय बालकसहित आठ जनाको हत्यामा दोषी ठहर भइ जेलमा रहेका रेशम चौधरी चाँडै नै छुट्ने र टिकापुर घट्नामा सम्पूर्ण मुद्दाहरु खारेज हुने बताएका छन् ।
थारु समुदायको महान पर्व जितियाका अवसरमा आइतबार रामधुनी नगरपालिकामा आयोजित जितिया
समारोहलाई सम्बोधन गर्दै प्रचण्डले उक्त कुरा बताएका हुन् ।
जुन समुदायको कार्यक्रम हुन्छ त्यही समुदायलाई उकास्ने प्रचण्ड एउटा प्रवृत्ति नै हो । कहिले उनी खल्तीबाट निकालेर जातीय राज्य दिन्छन्े, कहिले के भन्छन् । आइतबार रामधुनी नगरपालिकाको झुक्कामा आयोजित जितिया पर्वमा पनि उनले त्यही पवृत्ति दोहो¥याए । उनले भने रेशम चौधरीलाई मुक्त गर्ने सवालमा सरकारमा छलफल भइरहेको छ । उनले भने आफ्नो कारणले थारु समुदायलाई छुट्टै पहिचान दिलाएको, थारुलाई मधेशी र जनजाति कोटामा नराखी छुट्टै पहिचान दिलाउन संवैधानिक थारु आयोग बनाएको समेत बताए । उनले भने अघिल्ला सरकारहरुले छुट्टै थारु आयोग बनाएका थिएनन् । उनले भने रेशम चौधरी एउटा निर्वाचित सांसद हुन् । जनताले निर्वाचित गरेका सांसदलाई जेलमा राख्न मिल्दैन ।
उनले भने मुलुक एकात्मक राजतन्त्रबाट संघीय गणतन्त्रमा प्रवेश गरेपछि थारु समुदायले अधिकार र पहिचान पाएको दाबी समेत गरे । तर यतिबेला हिजोका राजा महाराजाको पक्षमा गतिविधि बढेको भन्दै त्यसलाई छुट दिन नसकिने पनि उनले बताए । सो अवसरमा पार्टीका स्थायी कमिटी सदय एवम् प्रदेश नं ं १ इन्चर्ज भिम आचार्य, कृषि तथा पशुपंक्षी राज्यमन्त्री रामकुमारी चौधरीले समेत बोलेका थिए ।
